Home News ग्रेटर नेपाल र राष्ट्र संघमा बृहत छलफल |प्रस्न र प्रमाण प्रस्तुत |गणतंत्र...

ग्रेटर नेपाल र राष्ट्र संघमा बृहत छलफल |प्रस्न र प्रमाण प्रस्तुत |गणतंत्र दिवश इन्डियालाई महगो पर्यो (हाम्रो जमिन फिर्ता गर्ने दबाब स्वरुप सेयर गराै)

392
0

ग्रेटर नेपाल र राष्ट्र संघमा बृहत छलफल |प्रस्न र प्रमाण प्रस्तुत |गणतंत्र दिवश इन्डियालाई महगो पर्यो (हाम्रो जमिन फिर्ता गर्ने दबाब स्वरुप सेयर गराै)




याे समचार पनि पढ्नुहोस्
ठाउँअनुसार केही हदसम्म प्रविधि र प्रणाली फरक होला, तर फेसबुक वा इन्स्टाग्राममा फोटो हेरेकै भरमा अमेरिकालाई स्वर्ग देख्नु र आफ्नो देशमा केही छैन भन्ने दृष्टिकोण बनाउनु सायद इन्टरनेटको आविष्कारले मानवलाई दिएको एउटा अनावश्यक उपहार हो ।




सोसल मिडियाको क्रान्तिले हाम्रो जीवनलाई सोचेभन्दा निकै सहज र रमाइलो पक्कै बनाइदिएको छ । हामी हाम्रा दैनिकीलाई साथीभाइ र फलोवरसँग साझा गरिरहेका हुन्छौं । अरूको जीवनलाई नियालिरहेका हुन्छौं र फोनको स्क्रिनमार्फत दुनियाँ चहारिरहेका हुन्छौं ।

हाम्रो जीवन अहिले खुला किताबजस्तै भएको छ । कुन मानिस कस्तो छ भनेर जान्न अहिले उसको सोसल मिडिया प्रोफाइल हेर्ने गरिन्छ । कतिपय ‘जब रिक्रुटर’ ले व्यक्तिको बायोडाटाभन्दा पहिले उसको सोसल मिडिया जाँच्ने गर्छन् ।

आफूलाई सहज लाग्ने व्यक्तिगत कुरा आफ्नो नेटवर्कमा साझा गर्नु गलत होइन । अरूबारे जानकारी लिनु पनि नराम्रो होइन । तर, सोसल मिडियामा अरूका रहनसहन, जीवनशैलीलाई आफ्नोसँग तुलना गरेर अचेतन/अवचेतन मनमा उत्पन्न हुने ईर्ष्या र त्यसले जन्माउने चिन्ता एवम् उदासीले आफूलाई कति असर गरिरहेको छ भन्नेतर्फ हाम्रो ध्यान जानु अत्यावश्यक छ ।

अमेरिकी मनोवैज्ञानिक लेओन फेस्टिंगरले सन् १९५४ मा सामाजिक तुलनाको सिद्धान्त विकास गरेका थिए । उनका अनुसार मानिस आफ्नो उन्नति/प्रगतिको निर्धारण अरूको जीवनसँग दाँजेर गर्न चाहन्छ । सामाजिक तुलना मानव विकासको एउटा प्राकृतिक अवयव नै हो । करिब छ–सात वर्षको उमेरदेखि नै व्यक्तिले आफूलाई अरूसँग तुलना गर्न थाल्छ । समयानुसार तुलनाको प्रकृति बदलिँदै जान्छ । पहिलेपहिले छरछिमेक, स्कुल–कलेज, अफिसमा सीमित हुने सामाजिक तुलनाको स्वरूप सोसल मिडिया फस्टाएसँगै भयावह भएको छ ।

हामी हरेक दिन घण्टौं बिताएर इन्टरनेटमा आफूलाई अरूसँग तुलना गर्छौं । तर हामीले आफूसँग तुलना गरिरहेका मानिसहरू को हुन् र उनीहरू वास्तविक जीवनमा कस्ता छन् भन्ने कमै मात्र जानकारी पाएका हुन्छौं । हामीलाई ती व्यक्तिको पारिवारिक पृष्ठभूमि र उनीहरूले गरेका मिहिनेतबारे पनि जानकारी कमै हुन सक्छ । तर हामी उनीहरूको पृष्ठभूमि नबुझी उनीहरूको सफलतालाई मात्र हेर्छौं र दुःखी हुन्छौं ।

एक छिन तपाईं आफ्नै फेसबुक नियाल्नुस्, आधाजति व्यक्तिहरू व्यावसायिक हिसाबले तपाईंभन्दा सफल होलान् । उनीहरूको फ्रेन्ड्स लिस्ट लामो होला, फलोवर बढी देखिएलान् । तिनका पोस्टमा लाइक र कमेन्ट धेरै आउलान् । तर सायद यहाँसम्म आइपुग्न तिनीहरूले त्यसै अनुसारको मिहिनेत र समय पनि खर्चिए कि ? अब फेसबुकका अरू साथीलाई हेर्नुस् । आधाजति व्यक्तिभन्दा तपाईं सफल हुनुहोला । तपाईंले आफ्नो करिअरलाई गम्भीर रूपले लिनुभयो होला । सिक्ने–सिकाउने कुरामा कन्जुस्याइँ गर्नुभएन होला, त्यसैले त तपाईं ती व्यक्तिभन्दा सफल हुनुहुन्छ । त्यसैका आधारमा तपाईंका सोसल मिडियामा प्रतिक्रिया पनि आइरहेका होलान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here