Home News ४ जना बच्चाहरू लाई कस्ले कहाँ लग्यो ? अहिले सम्म सम्पर्क मा...

४ जना बच्चाहरू लाई कस्ले कहाँ लग्यो ? अहिले सम्म सम्पर्क मा छैनन्, आमाहरु रुदै मिडिया (धेरै सेयर गरि भेटाउन सहयोग गर्नुहोला)

395
0

४ जना बच्चाहरू लाई कस्ले कहाँ लग्यो ? अहिले सम्म सम्पर्क मा छैनन्, आमाहरु रुदै मिडिया (धेरै सेयर गरि भेटाउन सहयोग गर्नुहोला)



याे समचार पनि पढ्नुहोस्
हामी हरेक दिन घण्टौं बिताएर इन्टरनेटमा आफूलाई अरूसँग तुलना गर्छौं । तर हामीले आफूसँग तुलना गरिरहेका मानिसहरू को हुन् र उनीहरू वास्तविक जीवनमा कस्ता छन् भन्ने कमै मात्र जानकारी पाएका हुन्छौं ।




हामीलाई ती व्यक्तिको पारिवारिक पृष्ठभूमि र उनीहरूले गरेका मिहिनेतबारे पनि जानकारी कमै हुन सक्छ । तर हामी उनीहरूको पृष्ठभूमि नबुझी उनीहरूको सफलतालाई मात्र हेर्छौं र दुःखी हुन्छौं ।

एक छिन तपाईं आफ्नै फेसबुक नियाल्नुस्, आधाजति व्यक्तिहरू व्यावसायिक हिसाबले तपाईंभन्दा सफल होलान् । उनीहरूको फ्रेन्ड्स लिस्ट लामो होला, फलोवर बढी देखिएलान् । तिनका पोस्टमा लाइक र कमेन्ट धेरै आउलान् । तर सायद यहाँसम्म आइपुग्न तिनीहरूले त्यसै अनुसारको मिहिनेत र समय पनि खर्चिए कि ? अब फेसबुकका अरू साथीलाई हेर्नुस् । आधाजति व्यक्तिभन्दा तपाईं सफल हुनुहोला । तपाईंले आफ्नो करिअरलाई गम्भीर रूपले लिनुभयो होला । सिक्ने–सिकाउने कुरामा कन्जुस्याइँ गर्नुभएन होला, त्यसैले त तपाईं ती व्यक्तिभन्दा सफल हुनुहुन्छ । त्यसैका आधारमा तपाईंका सोसल मिडियामा प्रतिक्रिया पनि आइरहेका होलान् ।

तपाईंले इन्स्टाग्राममा देख्ने कैयौं व्यक्ति शारीरिक बनोट र सुन्दरतामा तपाईंभन्दा अगाडि होलान् । तिनका सेल्फी मनमोहक देखिएलान् । ती पोस्टहरूमा लाइक र कमेन्ट पनि टन्नै हुन सक्छन् । तिनलाई जस्तो लुगा पनि सुहाउँछ र तिनका फलोवर तपाईंका भन्दा धेरै छन् ।

तर तपाईंलाई थाहा छ, आफ्नो शरीरलाई फिट राख्न उनीहरू कतिपटक जिम जान्छन् ? शारीरिक अभ्यास गर्छन् वा स्वस्थ जीवनशैली अपनाउँछन् ? त्योभन्दा पनि प्रमुख कुरा, एउटा सुन्दर सेल्फीका लागि बीसवटा सेल्फी खिच्छन् र आधा घण्टा लगाएर त्यसमा फिल्टर प्रयोग गर्छन् । तपाईंले कहिल्यै सोच्नुभएको छ, इन्स्टाग्रामका थुप्रै मानिसभन्दा शारीरिक बनोट र सुन्दरताका हिसाबले तपाईं धेरै राम्रो हुन पनि सक्नुहुन्छ ?

सोसल मिडियामा तपाईंले फलो गर्ने कैयौं व्यक्ति दिनहुँजसो आफ्ना पति/पत्नी/पार्टनर वा बालबच्चासँग खिचिएका फोटो सेयर गर्छन् । तिनमा उनीहरू निकै खुसी देखिन्छन् । तिनको जीवन ‘पर्फेक्ट’ देखिन्छ । फेसबुकमा हेर्दा तिनका भान्सामा सधैं मीठामीठा खाना मात्र पाक्छन् । ती फोटा र टिकटक देखेर तपाईंलाई ‘आफ्नो जीवन पनि त्यस्तै भएदेखि !’ भन्ने पक्कै लाग्छ । तर के उनीहरूको जीवन तपाईंले सोचेजस्तै पूर्ण छ कि सोसल मिडियाका भित्ताहरूमा मात्र ?

बिहान उठ्नेबित्तिकै फेसबुक/इन्स्टाग्राम खोल्दा कसै न कसैको बर्थडे, म्यारिज एनिभर्सरीका पार्टीका फोटाले तपाईंको अटेन्सन कुरिरहेका हुन्छन् । महामारीका बेला तपाईं भने घरमै बस्ने, कहीँ–कतै नजाने, भोजभतेर नगर्ने तर अरूले कोरोना भन्ने कुन चराको नाम हो भनेझैं पार्टी गरेको देख्दा तपाईं भित्रभित्रै मुरमुरिनुहुन्छ होला । अचेतन/अवचेतन मनमा डाह र आक्रोश भरिन्छ होला । तर एक छिन विचार गर्नुस् त, तपाईंले गर्ने विकेन्ड गेट टुगेदरका फोटा हेरेर तपाईंका कैयौं साथीहरू ठ्याक्कै त्यस्तै पो सोचिरहेका छन् कि ?

इन्टरनेटमा तपाईंले देख्ने सयौं मानिस आर्थिक हिसाबले तपाईंभन्दा सम्पन्न होलान् । तिनीहरूको लवाइखवाइ र रहनसहन छुट्टै होला । छुट्टी मनाउन उनीहरू देश–विदेश घुम्न जालान् । एयरपोर्ट, महँगा रेस्टुरेन्ट र आकर्षक ‘बिच’ मा बसेका फोटा पोस्ट गर्लान् । तपाईंलाई लाग्छ, असली जीवन त उनीहरूले बाँचिरहेका छन् । यस्तो देखेर फेसबुक/इन्स्टाग्राममै फोटो हाल्न मात्र भए पनि तपाईंलाई घुम्न जान मन लाग्छ ।

त्यसविपरीत सोसल मिडियामा देखिने हजारौं मानिसभन्दा तपाईंको आर्थिक स्थिति बलियो हुन सक्छ । जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गरेर पनि आफूलाई मन लागेका लक्जरीका लागि तपाईंसँग पैसा हुन सक्छ । तपाईंलाई राम्रोसँग थाहा छ, धन कमाउन र बचाउन जति मिहिनेत लाग्छ, त्यसको आवश्यकता र मूल्य बुझ्न उत्तिकै बल लगाउनुपर्छ ।

तपाईंका प्रायः फेसबुक फिड कसै न कसैको अवार्ड, पुरस्कार र उपलब्धिका ‘प्रुफ’ ले भरिएका हुन्छन् । लामा क्याप्सनसाथ ती फोटा देखेर तपाईंलाई लाग्न सक्छ, ‘म कति पछाडि छु ।’ आफूदेखि वितृष्णा पैदा हुन पनि सक्ला । रिसले कतिलाई अनफलो पनि गर्नुभयो होला । याद गर्नुस् त, तपाईंकै त्यस्ता फोटा र क्याप्सन देखेर कतिलाई ठ्याक्कै त्यस्तै डाह लागेन होला र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here