Home News Manisha Koirala र Rekha Thapa को कार्यक्रममा रु’वा’बासी ! अब चुप लागेर...

Manisha Koirala र Rekha Thapa को कार्यक्रममा रु’वा’बासी ! अब चुप लागेर बस्दैनौ ! कसैलाई नछो’ड्ने

227
0

Manisha Koirala र Rekha Thapa को कार्यक्रममा रु’वाबासी ! अब चुप लागेर बस्दैनौ ! कसैलाई नछोड्ने





याे समचार पनि पढ्नुहोस्
नागरिक आन्दोलनमा अग्रभागमा देखिएका लेखक सञ्जीव उप्रेती नागरिकका विभिन्न तह र तप्का अहिले अनेकन् मुद्दामा आन्दोलित देखिएको र यस्ता आन्दोलन जुनसुकै बेला मूल प्रवाहमा आउने अनि तेस्रो नागरिक आन्दोलनको उभार देखिने आकलन सुनाउँछन् ।




उनले कमलपोखरी जोगाउन आन्दोलित सम्पदाकर्मी र स्थानीय तथा आन्दोलित खोकनावासीका उदाहरण दिँदै यस्ता आन्दोलनका असन्तुष्टि नागरिक आन्दोलनमा मिसिने सम्भावना रहेको बताए ।

उप्रेतीले नागरिक आन्दोलन प्रतिनिधिसभा पुनःस्थापनामा मात्रै सीमित हुने हो वा लोकतन्त्रको मूल्य जोगाउन अरू मुद्दा पनि सँगसँगै उठाउनुपर्ने हो भन्नेबारेमा मार्गनीति तयार भइरहेको जानकारी दिए । उनले भने, ‘कस्ता भाष्य तयार गर्ने भन्नेबारे छलफल हुँदै जाला तर प्रतिनिधिसभा पुनःस्थापना मात्रैले हुँदैन ।’

लेखक उप्रेतीले सडकमा आएका दलहरूलाई पनि सुधार्न उनीहरूले वाचा नै गर्नुपर्ने अवस्था आएको बताए । ‘दलहरूसँग प्रस्ट एजेन्डा देखिँदैन । ओलीलाई हटाएर अरू कसैलाई ल्याउने हाम्रो एजेन्डा हुन सक्दैन,’ उनले भने । संविधान बनेपछिका वर्षहरूमा प्रतिगमन कहाँ–कहाँ भयो भन्नेमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले अधिनायकवादी प्रवृत्ति ओलीमा मात्रै नभएर उनीसँग सहयात्रा गरेका अन्य नेताहरूमा पनि देखिएको बताए । उनले भने, ‘यतिबेला ओलीबाट मात्रै होइन, सबै दलको भूमिकाबाट लोकतन्त्रमाथि खतरा देखिँदै गएको छ ।’ खतराहरूको यो शृंखलामा पछिल्लो समय भने ओलीतन्त्रको दमन बढ्दै जाने र क्रमशः वाक् स्वतन्त्रता खुम्चिन सक्ने भय उनले देखेका छन् । ‘त्यसैले पनि सामाजिक न्यायसहितको लोकतन्त्रका लागि हामीले बोलिराख्नुपर्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमालाई सोमबारको शान्तिपूर्ण नागरिक आन्दोलनमा चिसो पानीको फोहोरा हानेको दृश्य टीभीमा देख्दा दाँतै किटिने गरी रिस उठेको थियो । दलहरूको बेहोरा, सामाजिक न्यायको थिति देख्दा आफूलाई बेस्सरी रिस उठ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो राजनीतिक कदमपछि देखा परेको अप्ठ्यारोलाई अँध्यारो सुरुङभित्र छिरेको समयको संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीले यस्तो अनिश्चयभित्र देशलाई धकेल्न नहुने बताए ।

‘प्रतिनिधिसभा ब्युँतिए पनि अनिश्चितता छ, प्रतिनिधिसभाको मृत्यु भएपछि पनि अनिश्चितता छ,’ उनले भने । उनले ‘ओली प्रवृत्ति’ भोलि अरूले पनि बोक्लान् कि भन्ने खतरा आफूले देखिरहेकाले अनिश्चितताको कुरा गरिरहेको प्रस्ट्याए । त्यसो भए अबको बाटो के हुन सक्छ त ? उनले सरल उत्तर दिए, ‘नागरिक आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना मात्रै नभनेर लोकतन्त्रको मूल्य मान्यतालाई संवर्द्धन गर्ने र संघीयतालाई हुर्काउने भनेर जुन संविधान बनाइएको थियो त्यसलाई थप प्रस्ट्याउने गरी जानुपर्छ ।’

ओलीको पछिल्लो कदमपछि पनि नेपाली नागरिक किन उठेनन् भनेर आफूले चिन्ता गरिबसेका बेला नयाँ पुस्ताका तन्नेरी पनि सडकमा देखिँदा आशावादी भएको माथेमाले बताए । उनले नागरिकमा छटपटी गुम्सिरहेको उदाहरण दिनका निम्ति ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी किन अदालतमा बहस गर्न उभिए भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here