Home News Exclusive: हेन्डसम ईण्डियन ला’हुरेकी ४ व’र्षिया छो’रीलाई के भयो यस्तो? ममी सम्झेर...

Exclusive: हेन्डसम ईण्डियन ला’हुरेकी ४ व’र्षिया छो’रीलाई के भयो यस्तो? ममी सम्झेर सधै रुन्छिन… (भिडियो हेर्नुहोस्)

299
0

Exclusive: हेन्डसम ईण्डियन लाहुरेकी ४ वर्षिया छोरीलाई के भयो यस्तो? ममी सम्झेर सधै रुन्छिन…




याे समचार पनि पढ्नुहोस्

अदालत र अख्तियारमा धुलो परेका फाइल निकाल्दै छौं ,भ्रष्टाचारी त्रसित भएका छ्न , भ्रष्टाचारीलाई छाडिन्न : प्रदीप ज्ञवाली
रोचक



अदालत र अख्तियारमा धुलो परेका फाइल निकाल्दै छौं ,भ्रष्टाचारी त्रसित भएका छ्न , भ्रष्टाचारीलाई छाडिन्न : प्रदीप ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धुलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको बताए । भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताए । ‘वर्षौंसम्म थन्क्याएर राखेका धुलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्,’ गुल्मीको रेसुंगा नगरपालिकामा शनिबार ओली समूहका अगुवा कार्यकर्तालाई तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने । उनले सुशासन कायम गर्न सरकार दृढ रुपले लागेको बताए ।

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडी बढेकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए । ‘अबको विकल्प सड्क होइन, निर्वाचन हो,’ उनले भने, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिएको उनले बताए ।

दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेट विपरित गतिविधि गरेर पार्टी विभाजन गरेको आरोप लगाए ।मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर दाहालले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुई तिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दाबी गरे ।‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे,’ उनले भने, ‘स्थिर सरकारको लागि जनता समक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्याउने काम दाहाल र नेपालले गरे ।’

कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षार्थ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने बाध्यकारी निर्णय गरेको बताए । ओलीले प्रधानमन्त्री हुन अर्को निर्वाचन र पार्टी अध्यक्ष हुन्न, छिट्टै महाधिवेशन गरेर वैधानिक ढंगले सत्ता हस्तान्तरण गर्छु भनेर दाहाल र नेपाललाई बारम्बार सम्झाउँदा भन्दा नमानेको उनले बताए । ‘दाहाल र नेपाललाई पद नगद चाहियो, केही समय पर्खन सकेनन्,’ उनले भने ।चुनावमा ५ वर्ष स्थिर सरकार भनेर भोट मागेका दाहाल नेपालले जनताको मत र कार्यकर्तालाई धोका दिएर निराश बनाएर सडकमा बेमौसमी बाजा बजाएको ज्ञवालीको जिकिर छ । दाहालको फाटेको मन टाल्दा टाल्दा हैरान भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here