Home News दुखद खबर: २ व’र्षे यति राम्री छो’रीलाई… आफ्नै बुवाले यो के गरे...

दुखद खबर: २ व’र्षे यति राम्री छो’रीलाई… आफ्नै बुवाले यो के गरे ? अर्घाखाँचीमा हेर्नुहोस् भर्खरै यस्तो भयो

266
0

२ व’र्षे यति राम्री छो’रीलाई… आफ्नै बुवाले यो के गरे ? अर्घाखाँचीमा हेर्नुहोस् भर्खरै यस्तो भयो




याे समचार पनि पढ्नुहोस्
चरित्र अभिनयका लागि चिनिने नाम हो विपिन कार्की । पर्दामा फरक-फरक चरित्रलाई बाँचेका विपिनले ‘पशुपतिप्रसाद’मा निभाएको भस्मे डनको अभिनयलाई अत्यधिकले रुचाए । ‘छड्के’को बिन्दु होस् या जात्राको फणिन्द्र उनले आफ्नो चरित्र अभिनयबाट उद्योगमा छुट्टै पहिचान बनाएका छन् ।



उनी अभिनीत ‘हरि’ समिक्षात्मक हिसाबले निकै रुचाइएको फिल्म हो । ‘नाका’, ‘गोपी’, ‘प्रसाद’, ‘जात्रै जात्रा’, ‘सेल्फी किङ’ दर्शकले रुचाएका उनका पछिल्ला फिल्महरु हुन् । विपिनसँग उनका लकडाउन अनुभव, विस्तारै चलमलाउन थालेको फिल्म क्षेत्र, फिल्मको भविष्य र यो क्षेत्र उठानका विषयमा कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

लकडाउन कसरी बित्यो ?

केही समय त्रासमय रह्यो । लकडाउन हुँदा छोरी भर्खरै ३ महिनाकी थिई । अहिले १५ महिनाकी भई । छोरीसँग समय बिताउने मौका पाएँ । लकडाउन नभएको भए कामको व्यस्तताले समय दिन गाह्रै पर्थ्यो । छोरीसँग खेल्ने, ऊसँगको सामिप्यतामै समयको सदुपयोग भयो । एक हिसाबले छोरी हुर्काएँ । अहिले निस्केर हिँड्नै गाह्रो, छोरीलाई फकाएर हिँड्नु पर्ने भएको छ (मुसुक्क हाँस्दै) । यो तरिकाले हेर्दा फाइदा नै भयो । तर कामका हिसाबले १ वर्ष थन्किएर बसेँ । हामी १ वर्ष पछाडि धकेलियौं ।

सिर्जनशील व्यक्तिलाई लामो समय घरमै थुनिँदा उकुसमुकुस हुँदो हो नि ?

हो, एक किसिमको काम गर्ने तिर्खा हुँदो रहेछ । यही काम गर्ने, यही खाने, यही सुत्ने हो नि हामी । त्यसलाई असर गरि नै हाल्दो रहेछ । सिर्जना गर्न नपाउँदाखेरी एक किसिमको उकुसमुकुस, गुम्सिएको जस्तो हुँदो रहेछ । हुन त त्यो समयमा फिल्म हेर्ने, साहित्य पढ्ने, म्यूजिक भिडियोको काम गरेँ । यो २/३ वर्षमा पढ्ने बानी कम भएको थियो । लकडाउनले फेरि त्यो बानीलाई जगाइदियो ।

यसबीचमा धेरै स्क्रिप्ट पढ्नु भयो रे त !

१५ ओटा जति पढेँ होला । त्यसमध्येबाट १/२ वटा मन परेको छ । सबै त गरुँ-गरुँ जस्तो नलागे पनि त्यहाँमध्येबाट मन परेको केही समय मिलेसम्म गर्ने सोच्दै छु । ‘प्रसाद २’को पहिलो ड्राफ्टदेखि दोस्रो ड्राफ्टको वर्कआउट गरियो । अर्को पनि प्रोजेक्ट छ, नाम भन्न मिल्दैन । त्यो प्रोजेक्टको निर्देशकसँग पनि बस्दै छु ।

त्यतिका स्क्रिप्टमा १/२ वटा मात्रै । अरुको विषयवस्तु मन परेन कि ?

विषयवस्तु त नराम्रो हुँदैन भन्ने लाग्छ मलाई । विषयवस्तु त सबै राम्रो नै हुन्छ । यही कुर्सीको पनि कत्ति राम्रो हुन्छ (बसेको कुर्सीतिर देखाउँदै) । म पहिला स्क्रिप्टको चरित्रमा फिट हुन्छु कि हुँदैन हेर्छु । कतिले मैले पहिल्यै गरिसकेका चरित्र दिनुहुन्छ । त्यो राम्रै भए नि गर्न मलाई मन लाग्दैन । दलित कै चरित्र आइरहेको थियो । म ‘प्रसाद २’ गरिरहेको छु भने त्यो फेरि दलितकै चरित्र अथवा त्यस्तै जातिय फिल्म गर्न मेरो मनले मानेन । त्यतातिर किन ध्यान दिने, नगर्ने कुरामा किन समय खर्चनु । भोलि सबै दलितकै पात्र गर्दा कति त्यही मात्र गरेको भन्ने हुन्छ नि त । नगर्नुको कारण कुनै यस्ता छन् । कुनै क्यारेक्टर फिट लाग्दैन ।

अहिलेको समयमा लेखिरहेका धेरै गुणा तलका स्क्रिप्ट, अनुभव नै नभइकन सतही लेखाइ लिएर आउनुहुन्छ । त्यस्तोमा सिधै हाम्फालेर गर्ने कुरा हुँदैन । मलाई चित्त बुझ्नुपर्‍यो । त्यो खालको स्क्रिप्ट पाइनै सकेको छु । मैले ‘सेल्फी किङ’पछि कुनै फिल्म गरेको छैन । प्रदर्शनको तयारीमा पनि कुनै छैन । ‘के घर के डेरा’ चैतबाट गर्ने कुरा थियो । अब अलि पछि गर्छु । पहिलो प्रोजेक्ट ‘प्रसाद २’ नै हो ।

एउटा चरित्र मनपराएपछि उस्तै चरित्रमा अफर गर्नेहरु धेरै हुन्छन् । किन नयाँ चरित्रका लागि कलाकारलाई विश्वास गर्दैनन् ?

अरु क्यारेक्टरमा लिन जोखिम हुन्छ । निर्देशक/निर्माताले मलाई क्यारेक्टरको अफर गर्नुहुँदा खेरि मैले पहिला प्रमाणित नगरेको क्यारेक्टरमा जोखिम लिनुहुन्न । पहिल्यै प्रमाणित गरेको भस्मे डनजस्तो क्यारेक्टर दिनुहुन्छ । यसले गर्न सक्छ भन्ने हुन्छ त्यस्तो चरित्र । नयाँ आयामबाट देखाउँ भन्न जोखिम मोल्ने थोरै छन् । नयाँ क्यारेक्टर त कि रुचाइन्छ कि रुचाइदैन, त्यो त जुवा हो । फिल्मकर्मीले ‘स्योर सट’ चरित्र खोज्छ । उनीहरु किन जोखिम मोल्ने भन्ने हिसाबले पुरानै चरित्रहरु दिन्छन् । त्यो एउटा डर हो । असुरक्षितको भावना हो । मलाई नै नचिनिसकेको अवस्था पनि हो । मलाई चिन्ने निर्देशकले नाका जस्तो चरित्र दिन्छन् । ‘लुट २’कै चरित्र पनि दिएको हो । प्रदीप भट्टराईले ‘जात्रा’को चरित्रमा विश्वास नगरेको भए म ‘भस्मे डन’मै सीमित हुन्थे । पैसा लगानी गरेपछि घाटामा नजाउँ भन्ने हुन्छ त्यसैले नदेखेको क्यारेक्टरमा झट्ट विश्वास गर्दैन ।

एउटै चरित्रमा देखिन रुचाउनुहुन्न भन्नुहुन्छ, ‘प्रसाद २’मा त्यही चरित्र दोहोरिँदैन त ?

हो, म उस्तै चरित्र दोहोर्‍याउँदिन भनेर बारम्बार भनिरहेको हुन्छु । तर सिक्वेल र प्रिक्वेलमा अलग कुरा हो । ‘प्रसाद’को सिक्वेल आयो भने चरित्र त पक्कै बाबुरामको हो । मैले त्यो क्यारेक्टर गर्नै पर्‍यो । मैले बाबुरामलाई बलराम त बनाउन सक्दिनँ । तर त्यही चरित्र समयसँगै कसरी परिवर्तन भयो त भन्ने केही नयाँ देखाउँछु । समयसँगै हिँड्दा चरित्र पनि हिँड्छ, नयाँ त हुने नै भयो । उमेरले, समयले केहि फरकपन पक्कै ल्याउँछ । मनोदशा पनि फरक हुन सक्छ ।

हिट भइसकेका फिल्मको ब्रान्ड बेचेर श्रृंखला नै बनाउने आरोप छ फिल्मकर्मीहरुलाई । फिल्म चल्छ भनेरै सिक्वेल बनाइन्छ हो ?

यो सत्य हो, हिट फिल्मको सिक्वेल, प्रिक्वेल भजाउनकै लागि बनाइन्छ । यसमा दुईमत छैन । हिट भएपछि ब्रान्ड बन्छ अनि त्यसमाथि फिल्म बनाउँदा फाइदा हुन्छ भन्ने निर्माताको सोच हुन्छ । भइरहेका छन् । गरिरहेका छन् । खाइरहेका पनि छन् । देखिरहेकै कुरा हो । निर्माताले गर्दा सिक्वेल, प्रिक्वेल बन्छ जस्तो लाग्छ । सिर्जनशिलताको हिसाबले पहिलाको भन्दा कम हुन्छ सिक्वेलमा जस्तो लाग्छ । बाबुरामको चरित्र मैले दर्शकलाई दिइराख्नुपर्ने थिएन । यो त सिक्वेल भएर मैले नै गर्नुपर्ने भयो । यो म जोडिसकेको फिल्म हो । मलाई लगानी गर्ने निर्माताले कमाओस् भन्ने हुँदो रहेछ । त्यसमा मैले आफ्नो काम इमान्दार भएर गर्ने हो । फेरि सिक्वेल गर्नु नराम्रो जस्तो लाग्दैन मलाई । बजारमा फिल्म चलोस् नै भन्ने हुन्छ । त्यही हो हिट हुने, पैसा कमाउनका लागि सिक्वेल बन्ने हो । पहिलोको जस्तो अर्गानिक हुँदैन सिक्वेलमा । ‘जात्रा’, ‘जात्रै जात्रा’को कुरा त एउटै हो । यस्तै चल्दैछ के नेपालमा । नेपाली हो नि (ठट्यौली शैलीमा) !

यो वर्ष कम फिल्म बन्ने छाँटकाट देखिन्छ ?

मलाई त झन् धेरै फिल्म बन्छ जस्तो लागिरहेको छ । कोभिड भन्दा अगाडि नै फिल्म बनाउने भन्नेहरुले बनाइरहेका थिएनन् । अनि बीचमा खाली बस्दा सबैलाई अत्यास, पट्यार लाग्ने, कहिले काम गरौं भन्ने भोक पलाएको हुन्छ । लकडाउनमा घर बसेकाले स्क्रिप्ट लेखेका छन् । यो कोभिडका कारणले फिल्म कम बन्छ जस्तो लाग्दैन । जता जाँदा पनि मानिसको भीड देख्छु । हलमा हल्ला गर्ने फिल्म नै छैन । फिल्ममेकर अहिले धेरै नै तिखारिनु भएको छ । कोभिड अगाडि भन्दा पनि व्यापक फिल्म बन्छ होला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here