Home International भारतको यात्रा नगर्न अमेरिकी नागरिकलाई बाइडेन सरकारको कडा आ*देश, भारतमा खै’लाबैला !...

भारतको यात्रा नगर्न अमेरिकी नागरिकलाई बाइडेन सरकारको कडा आ*देश, भारतमा खै’लाबैला ! जे पनि हुन सक्ने

566
0

भारतको यात्रा नगर्न अमेरिकी नागरिकलाई बाइडेन सरकारको कडा आदेश, भारतमा खैलाबैला ! जे पनि हुन सक्ने





याे समचार पनि पढ्नुहोस्

सन् २०१८ को वसन्त ऋतुको एक दिन, छ वर्षीया छोरी लिएर हामी अस्ट्रेलियाको ग्रामीण सहर टुओम्बाको केन्द्रमा पुगेका थियौं, जहाँ दुई ठूला संरचना—करिब ५०० मिलियन डलर खर्चेर बनाइएको ‘ग्रान्ड सेन्ट्रल सपिङ मल’ र त्यसैको पारिपट्टि २५ मिलियन डलरमा बनेको ‘टुओम्बा सिटी लाइब्रेरी’— अवस्थित छन् । सुरुमा हामी सपिङ मलभित्र छिर्‍यौं ।




मलभित्र लुगाफाटा, जुत्ता, इलेक्ट्रोनिक्स, खेलौनालगायतका पचासौं पसल थिए । छोरी त्यहाँका पसलहरूमा उफ्रीउफ्री, सामान पल्टाउँदै हेर्दै यताउता गर्न लागिन् र केही समयपछि आफूलाई मनपर्ने सामानहरू बोकेर पैसातिर्ने काउन्टरतिर बढिन् । काउन्टरमा पुगिसकेपछि मैले उनलाई सामान त्यहीँ छोड्न इसारा गरें । सामान नकिन्ने निर्णयले उनको त्यो खुसी क्षणभंगुर साबित भयो । झन्डै आँसु खसाउन तयार उनलाई लिएर हामी मलबाट निस्कियौं र बाटोपारिको पुस्तकालयमा छिर्‍यौं । पुस्तकालयभित्र बच्चाहरूका पुस्तक, डीभीडी, कम्प्युटर गेमहरू थिए । केही छिनमै छोरी पुस्तकका र्‍याकहरूमा हराइन् ।

रंगीचंगी, विभिन्न आकार र रूपका,आफ्नो उमेरसुहाउँदा पुस्तकहरू देखेपछि बिस्तारै उनको मुहारको रंग फेरियो । पुस्तकका खातहरूबीच आफूले पढिसकेका किताबहरू देख्दा दंग परिन् । आफ्नै उमेरका केटाकेटीहरूसँगै मिलेर गफिने र किताब पल्टाउने गर्न लागिन् । पुस्तकालयमा केही समय बिताएर निस्कँदै गर्दा मैले उनको मुहारमा आँखा दौडाएँ—त्यसमा सन्तुष्टिको रेखा कोरिएको थियो।

सपिङ मलजस्तो एउटा भौतिक पूर्वाधार जसले मानिसको खुसीलाई पैसासँग विनिमय गर्छ र पैसा खर्च गर्न नसक्ने/नचाहनेहरूलाई निराश र अतृप्त बनाएर फर्काउँछ । पुस्तकालयजस्तो अर्को भौतिक पूर्वाधार जसले मानिसको कुनै पनि वैयक्तिक चीज नलिईकनै प्राप्तिको खुसी दिएर पठाउँछ । सायद त्यसैले होला, पुस्तकालयलाई कार्नेगी मेलन विश्वविद्यालयका संस्थापक अमेरिकी उद्योगपति तथा परोपकारी एन्ड्रयु कार्नेगी ‘जनताका लागि दरबार’ (प्यालेस फर द पिपल) भन्थे ।

सामाजिक पूर्वाधार

मानिसहरूलाई नजिक्याउने र उनीहरूबीचको अन्तरक्रिया र अन्तरघुलनलाई सघाउने पुस्तकालयजस्ता सुविधा — पार्क, खेलमैदान र खुला ठाउँजस्ता सार्वजनिक स्थल एवं मन्दिर, चर्च, मस्जिदजस्ता संस्था — हरूलाई लेखक एरिक क्लाइनेनबर्ग ‘सामाजिक पूर्वाधार’ (सोसल इन्फ्रास्ट्रक्चर)भन्छन् । त्यस्ता पूर्वाधारहरूलाई ‘जनताका लागि दरबार’ भन्दै एरिकले ‘प्यालेस फर द पिपल’पुस्तक लेखेका छन्, जसबाट यो लेख धेरथोर प्रभावित छ ।

सामाजिक पूर्वाधारहरूले मानिसहरूबीचको पारस्परिक सम्बन्धलाई प्रगाढ तुल्याउने र सामाजिक सामञ्जस्य कायम गर्न सघाउने भएकाले तिनले ‘सामाजिक पुँजी’ निर्माणमा ठूलो भूमिका खेल्छन् । समाजमा विद्यमान विभिन्न समूहबीच विश्वास, पारस्परिक सहकार्य र सम्मान एवं पहिचानको एकमुस्ट स्वरूप भएकाले सामाजिक पुँजीलाई लोकतान्त्रिक समाज निर्माणका लागि चाहिने अपरिहार्य तत्त्व मानिन्छ । थप, सामाजिक पुँजीले अप्रत्यक्ष रूपमा आर्थिक विकास र वृद्घिलाई पनि सघाउँछ । त्यसकारण सामाजिक पूर्वाधारको महत्त्व सामाजिक रूपमा मात्रै होइन, आर्थिक र राजनीतिक हिसाबले पनि छ ।

सपिङ मलले पनि मानिसहरूबीच अन्तरक्रिया गराउन सहयोगी भूमिका नखेल्ने होइन तर त्यसले मानिससँग भएको व्यक्तिगत वस्तुको विनिमय गर्न इच्छुकहरूलाई मात्रै सुविधा दिन्छ । मन्दिर, चर्च, मस्जिदजस्ता धार्मिक प्रतिष्ठानहरूले पनि मानिसहरूबीच सहकार्य र अनुभूति साटफेरका लागि सहयोग त गर्छन् तर त्यस्ता संस्थाहरूमा अक्सर नियन्त्रित प्रवेश हुन्छ । धार्मिक संस्थाहरूमा निश्चित आस्थावान् समूह, खास जाति/समुदाय, उमेर समूह वा लिंगकाले मात्रै प्रवेश पाउँछन् र इतरकाहरू वञ्चित गरिन्छन् ।

तर पुस्तकालय, पार्क र खुला ठाउँजस्ता सामाजिक पूर्वाधारहरूमा मानिसहरूको प्रवेश मल वा मन्दिरमा जस्तो नियन्त्रित हुँदैन । त्यहाँ अन्यत्र नअटाएका सीमान्तकृत मानिसहरू पनि नि:संकोच र नि:शुल्क जान सक्छन् । त्यहाँ प्रवेशका लागि मानिसको धर्म, वर्ग, जात, लिंग हेरिँदैन। त्यसैले यस्ता सामाजिक पूर्वाधारहरू समाजका विभिन्न तह र तप्काका मानिसहरूबीच अन्तरक्रिया र अन्तरघुलनका लागि सहयोगी हुन्छन् । अध्ययनहरूका अनुसार, यस्ता संरचना धेरै भएका ठाउँहरूमा प्रकोप हुँदा नोक्सानी कम हुने, प्रकोपपश्चात्तिनले आश्रयस्थल प्रदान गरेर प्रकोपको प्रभाव न्यून गर्ने र सामूहिक सहकार्यलाई बढाएर प्रकोपपछि छिटै तंग्रिन सहयोग गर्ने गरेको पाइएकोछ, जुन कुरा नेपालमा २०७२ सालको भूकम्पका बेला स्पष्ट देखिएको थियो ।

अमेरिकामा गरिएको अर्को अध्ययनले सामाजिक पूर्वाधारहरू बढीभएका सहरहरूमा लागूऔषध, लुटपाटलगायतका आपराधिक गतिविधि पनि कम हुने देखाएको थियो । क्लाइनेनबर्ग भन्छन्—हाल विश्वव्यापी रूपमा बढिरहेको सामाजिक विखण्डन र राजनीतिक ध्रुवीकरणलाई कम गर्नपनि सबै तह र तप्काबीच पारस्परिक संवाद हुनसक्ने सामाजिक पूर्वाधारहरू अहिलेका सहरहरूमा हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here