Home News श्री’मानको क’र्तुत बारे भन्न मृ’तक २ वर्षे छोरी कि आमा रु’दै मिडियामा,...

श्री’मानको क’र्तुत बारे भन्न मृ’तक २ वर्षे छोरी कि आमा रु’दै मिडियामा, सन्तोष र कमलाको प्रेमको अन्त्य (भिडियो हेर्नुहोस्)

348
0

श्री’मानको क’र्तुत बारे भन्न मृ’तक २ वर्षे छोरी कि आमा रु’दै मिडियामा, सन्तोष र कमलाको प्रेमको अन्त्य




याे समचार पनि पढ्नुहोस्

एकलौटी शासनसत्ता सञ्चालन गर्ने मनसायले प्रतिनिधिसभा भंग गर्न लगाएर कामचलाउ बनेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आत्मविश्वास डगमगाउन लागेजस्तो छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा दिनानुदिन पेचिलो बन्दै गइरहेको छ ।




इजलासमा भइरहेको बहसलाई शर्मा ओलीले ‘तमासा’ भनेर खिसी गरेका भए पनि सन् १९९० पछि सर्वोच्च अदालत नेपालको व्यावहारिक तवरले नै सर्वोच्च निकाय बन्न पुगेको कुरा उनलाई पक्कै हेक्का हुनुपर्छ । निर्वाचन आयोगले नियमजन्य औचित्यको सीमा नाघ्ने संकेत अहिलेसम्म दिन सकेको छैन । इसारा ठम्याएर खुसी मनाउन सकिन्छ, तर अन्तिम निर्णय नआएसम्म आश्वस्त हुन कठिन हुन्छ ।

बाह्य खेलाडीहरूको अभूतपूर्व चलखेलले गर्दा हुनुपर्छ, गएको निर्वाचनमा व्यापारीहरूमाथि चन्दाको दबाब अपेक्षाकृत कम थियो ।
अहिले त्यस्तो परिस्थिति छैन । राजनीतिक स्थायित्वका लागि मार्क्सवादी–लेनिनवादीलाई बोक्न तयार भएका पश्चिमाहरू अब सहजै शर्मा ओलीको समर्थनमा उभिने सम्भावना देखिँदैन ।

एकपटक धोका पाएका चिनियाँहरूले फेरि पनि तिनै प्रतिस्पर्धीमाथि भरोसा गर्लान् भन्ने आकलन यथार्थपरक लाग्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशनीति ‘आज नगद, भोलि उधारो’ सिद्धान्तमा सञ्चालन भइरहेको छ । त्यस्तो कारोबारी कूटनीतिमा विनिमयका लागि शर्मा ओलीसँग अब खासै केही बाँकी छैन । राष्ट्रवादी उन्मादको सम्पूर्ण स्थितिज ऊर्जा (पोटेन्सल इनर्जी) उनले उपयोग गरिसकेका छन् ।

कोभिड महाव्याधिले थला परेको अर्थतन्त्र अहिले नयाँ निर्वाचन वा लामो आन्दोलनको भार थेग्न सक्ने अवस्थामा छैन । लामो कालसम्म आफ्ना नृजातीय मुख्तियारको राजनीतिक वजन थामेका नेपालको ‘डोली मिडिया’ भन्न सकिने प्रतिबद्ध सांस्कृतिक कहारको काँध पनि थाकिसकेको हुनुपर्छ । आजीवन कार्यकारी प्रमुख कायम रहिरहने महत्त्वाकांक्षामा खतराको सम्भावना देखेर होला, नागरिक आन्दोलनको उद्घोष हुनासाथ शर्मा ओली पशुपतिनाथको शरण पर्न गए ।

हल्का गेरु रङको कोटमाथि रुद्राक्षको माला तथा सुगन्धित पुष्पहार एकताकाका झापाली नक्सलपन्थीको व्यक्तित्वमा बिछट्टै सुहाएको थियो । दक्षिणतिर बगिरहेको हिन्दुत्वको बयारले उत्तरको प्रभावलाई उडाएर लाने उनको अपेक्षा आधारहीन होइन । तर, आन्तरिक रूपमा उनको नेतृत्व अस्वीकृत भइसकेकाले बाहिरी प्रभाव मात्रले उनलाई धेरै दिनसम्म थामेर राख्न सक्ने सम्भावना दिनानुदिन क्षीण हुँदै गइरहेको प्रतीत हुन्छ ।

व्यापक रूपमा स्वीकार्य विकल्प सतहमा नआएकाले अनिश्चितताको अवधि केही लम्बिन सक्छ । तर सोह्रबुँदे षड्यन्त्रदेखि गति लिएको पाँच वर्षभन्दा लामो ‘नृजातीय ओलीतन्त्र’ को अँध्यारो कालखण्ड सुस्तरी समापनको चरणमा प्रवेश गरिसकेको देखिँदै छ । चिन्ता अब आउने समयका लागि निर्माण गरिने आर्थिक, सांस्कृतिक, सामाजिक एवं राजनीतिक परिकल्पनाको हो ।

सत्ताको विरोध कठिन त हुन्छ, तर प्रभाव तुरुन्तै देखिने भएकाले आन्दोलनकारीहरू उत्साहित हुन्छन् । वैकल्पिक विचारलाई दिगो बनाउन भने कठिन हुने रहेछ । पूर्वतयारीबेगरको तात्कालिक प्रतिफलका लागि गरिने आन्दोलनले सक्कली शर्मा ओलीलाई हटाएर उनको अनुकृति (इमिटेसन) प्रतिष्ठापन गर्ने मात्रै हो । सन् २००६ को ‘वसन्त विद्रोह’ बाट उत्पन्न राप र ताप उडेर केही वर्षभित्रै ओलीतन्त्रद्वारा प्रतिस्थापित भएको परिणामलाई ठम्याउन त्यस्तो तीव्र प्रक्रियाका लागि जिम्मेवार पात्र एवं प्रवृत्तिको सामाजिक पश्च–परीक्षण (पोस्ट–अडिट) पनि जरुरी हुन आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here