Home News आज भयं’कर रि’साए ओली, प्रचण्ड माधवलाई फर्काए यस्तो मुखतोड जवाफ !PM Kp...

आज भयं’कर रि’साए ओली, प्रचण्ड माधवलाई फर्काए यस्तो मुखतोड जवाफ !PM Kp Sharma Oli

850
0

आज भयं’कर रि’साए ओली, प्रचण्ड माधवलाई फर्काए यस्तो मुखतोड जवाफ !PM Kp Sharma Oli





याे समचार पनि पढ्नुहोस्
कालोपत्रे सडकमा यात्रा गर्न पाउने जौबारीका बासिन्दाले २० वर्ष अघिदेखि पालेको रहर पनि सोही गीतमा झैँ व्यर्थै भएको छ। फिनामटार, जौबारी सडक कालोपत्रे गर्ने काम ठेकेदारको लापर्बाहीले तीन वर्षदेखि अलपत्र भएको स्थानीयवासीको गुनासो छ।




फिनामटार, जौबारी, चैनपुर, भच्चेक सडकको सुरुको तीन किलोमिटर कालोपत्रे र चार किलोमिटर ग्राभेल गर्न २०७४ साल असार १४ गते गोरखा, कन्काई जेभी निर्माण कम्पनीले ११ करोड ४६ लाखको ठेक्का सम्झौता गरेका थिए।

नेपालका नाम चलेका नेता नारायणकाजी श्रेष्ठको जन्मघर जाने सो सडकको ट्र्याक खोल्ने काम २०५६ सालमा भएको थियो। ट्र्याक खुलेको १८ वर्षपछि कालोपत्रे गर्नका लागि ठेक्का लागेको थियो। तर, काम अलपत्र रहेको स्थानीयवासीको गुनासो छ। सम्झौतामा उल्लेख भएअनुसारको काम गर्ने म्याद गत असार ३० गते सकियो। तर, अहिलेसम्म जम्मा ७८ प्रतिशत मात्र कार्यप्रगति भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ। भुक्तानी भने ९ करोड ९२ लाख रुपैयाँ भइसकेको योजना प्रमुख राजेशकुमार यादवले जानकारी दिए।

नेकपाका नेता श्रेष्ठको जन्मघर जोड्ने सोही सडकका लागि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डाक्टर बाबुराम भट्टराईले पनि गत आर्थिक वर्ष एक करोड रुपैयाँ विनियोजन गरेका थिए। तर, ठेकेदारले समयमै काम नसक्दा बनिसकेको संरचनासमेत भत्किएर सुरुको अवस्थाभन्दा पनि जीर्ण भएको छ। बनेको संरचना पनि गुणस्तरहीन रहेको स्थानीयवासीको गुनासो छ।

‘म एउटाले मात्र भनेको होइन, गाउँका सबैलाई सोध्नुस्, यो सडकको बनावट ठीक छैन’, स्थानीय सुमन दवाडी भन्छन्, ‘जति पनि पिच गरेको छ, त्यो दुई सेन्टिमिटर पनि बाक्लो छैन। सडकभन्दा तल लगाउने पर्खाल, सडकभन्दा माथि लगाउने पर्खाल कुनै पनि गतिलो छैन।’

लामो समयदेखि ठेकेदारले काम अलपत्र पारेको र गरेको काम पनि गुणस्तरहीन भएकोबारे गाउँलेले गुनासो गरिरहेको सिरानचोक गाउँपालिका— ८ का वडाध्यक्ष झटकप्रसाद दवाडी बताउँछन्। ‘निर्धारित समयभित्र ठेकेदारले काम नगरेको, गरेको काम पनि गुणस्तरहीन भएको भनेर गाउँलेले गुनासो गरिरहनु भएको छ’, वडाध्यक्ष दवाडीले भने, ‘मैले सडक कार्यालयमा फोन गरेर यस विषयमा कुरा पनि गरेको छु। अब प्राविधिकसहित आएर सडकको अनुगमन गर्नुपर्ने, बाँकी रहेको काम पनि यथाशीघ्र सिध्याउनुपर्ने विषयमा फेरि कुरा गर्नेछु।’

झन्डै १० करोड रुपैयाँ भुक्तानी लिइसके पनि ठेकेदारले तिर्नुपर्ने ठाउँमा रकम नतिरेको स्थानीयवासीको गुनासो छ। सडक योजना कार्यालयले पनि पिचको गुणस्तरबारे गुनासो आएकाले मापन नगरीकन भुक्तानी नदिने जनाएको छ। सो सडकको दुई किलोमिटर कटिङको काम पनि बाँकी रहेको सडक योजना कार्यालय प्रमुख यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here