Home News कन्चनलाई एक्का’सी यस्तो भयो 24 दिन पछि आयो दु:खद खबर । कन्चन्को...

कन्चनलाई एक्का’सी यस्तो भयो 24 दिन पछि आयो दु:खद खबर । कन्चन्को ममि सम्हालिन सकिनन । Kanchan (स्वास्थ्य लाभको कामना)

581
0

कन्चनलाई एक्का’सी यस्तो भयो 24 दिन पछि आयो दु:खद खबर । कन्चन्को ममि सम्हालिन सकिनन । Kanchan





याे समचार पनि पढ्नुहोस्

निर्माण कार्य सुरु भएको करिब ४ महिनापछि बिहीबार बल्ल भक्तपुर जिल्ला अदालतको नयाँ भवनको शिलान्यास गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले बिहीबार एक कार्यक्रमबीच भक्तपुर जिल्ला अदालतको आधुनिक भवनको शिलान्यास गरेकी हुन् ।




भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीले हात पारेको हो । जसको ठेक्का रकम भ्याटसहित एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४ सय ८२ रुपैयाँ रहेको छ । गएको असोज ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले असोजकै १९ गतेदेखि अदालत भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार २ वर्ष अर्थात २०७९ साल असोज १५ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

हालसम्म १३.५ प्रतिशत भौतिक निर्माण प्रगति भएको कन्सल्टेन्ट इञ्जिनियर प्रकाश ढुंगानाले जानकारी दिए ।0जसअनुसार भवनको जगको आधार ढलान सम्पन्न भइसकेको छ । भवनमा हुने ४ वटा लिफ्टमध्ये प्रमुख लिफ्टको लागि खनिएको खाल्डोमै न्यायाधीश खड्काले बिहीबार जग शिलान्यास गरेकी छन् ।

त्यस्तै घर तथा भवनको जग शिलान्यास गर्दा काँचो इँटाको प्रयोग गरिन्छ तर बिहीबार न्यायाधीश खड्काले जग शिलान्यास गर्दा पाकेको चाइनिज इँटाको प्रयोग भएको छ ।

उनले जग शिलान्याससँगै भवन निर्माणसम्बन्धी ताम्रपत्रसमेत अनावरण गरिन्। कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुको मन्तव्य राख्ने व्यवस्था थिएन । जसअनुसार कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले भवनको प्राविधिक पक्षबारे जानकारी दिए । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बाँस्तोलाले धन्यवाद ज्ञापन गर्दै सम्झौताअनुसार २ वर्षमै अदालतले नयाँ भवन पाउने विश्वास व्यक्त गरे ।

उनले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका आफूहरुलाई बन्दै गरेको नयाँ भवनले उत्साहित बनाएको बताए ।

‘अहिले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका छौं’, मुख्य न्यायाधीश बाँस्तोलाले भने, ‘त्यसैले बन्दै गरेको नयाँ भवनले हामीलाई उत्साहित बनाएको छ । अबको दुई वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउने आशामा छौं ।’

उनले अहिलेसम्म भौतिक प्रगति लक्ष्यभन्दा बढी रहेको सुनाए । भक्तपुर नगरपालिकाले वडा नं. ९ मा सञ्चालन गरेको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र जिल्ला अदालतको भवन निर्माण भइरहेको हो । उक्त भवनमा ४ वटा लिफ्ट र दुई वटा ¥यामको व्यवस्था हुनेछ । कूल सात तल्ला हुने भवनको सुरुको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था हुनेछ । पहिलो तलामा सर्वसाधारण सेवाग्राहीको लागि ५० वटा कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले जानकारी दिए ।

‘भवनमा कूल २ सय ४२ वटा कोठा हुनेछन् । जसमा १४ वटा इजलास हुनेछन्’, उनले थपे, ‘७० जना क्षमताको तालिम कक्ष र २ सय ५० जना क्षमताका हलसमेत उक्त भवनभित्रै हुनेछ ।’

भवनसँगै २ सय जना क्षमताको क्यान्टिनसमेत बन्ने इञ्जिनियर ढुंगानाले बताए । भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि अदालतले तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।

सोही जग्गामा अहिले पहिलो चरणमा जिल्ला अदालतको आधुनिक भवन निर्माण भइरहेको हो । पहिलो चरणमा अदालतको मुख्य भवन र दोस्रो चरणमा अदालतका न्यायाधीशलगायतको लागि क्वार्टर निर्माण हुने भक्तपुर अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here