Home News इन्डियाद्वारा अतिक्र’मित यति ठुलो भूभाग एकैपटक फिर्ता अभियान|सिमा विद बुद्धि नारायण श्रेष्ठको...

इन्डियाद्वारा अतिक्र’मित यति ठुलो भूभाग एकैपटक फिर्ता अभियान|सिमा विद बुद्धि नारायण श्रेष्ठको रिपोर्ट (जानकारीका लागि सेयर गराै)

155
0

इन्डियाद्वारा अतिक्र’मित यति ठुलो भूभाग एकैपटक फिर्ता अभियान|सिमा विद बुद्धि नारायण श्रेष्ठको रिपोर्ट (जानकारीका लागि सेयर गराै)




याे समचार पनि पढ्नुहोस्

विदेशमा रहेका थुप्रै नेपाली स्वदेश फर्किए। धेरै त फर्किए नै, बाँकी रहेका कृषि उत्पादनमा लागे। त्यसैले हो कि गत वर्षभन्दा यस वर्ष धान उत्पादन बढ्यो। गाउँघर्तिर बाँझो रहेको जमिन पनि युवाले खनजोत गरेर बालीनाली लगाए। प्रदेश ७ बैतडी जिल्ला दशरथचन्द नगरपालिकास्थित अम्खोला निवारी ठकुरी परिवारले सडक सञ्जालले गाउँ जोडेसँगै ट्र्याक्टर किन्यो।




अहिले वल्लोपल्लो गाउँका मानिस खेत जोत्नका लागि पनि उनलाई बोलाउने गर्छन्। गोरु लगाएर जोत्दा एकजना परिवारको खेत जोत्न चारपाँच दिन लाग्ने गथ्र्योे। ट्र्याक्टरको मद्दतले एक दिनमा झन्डै दुई परिवारको खेत जोत्न सकिएको छ।

पाखो जमिनमा एउटा ठाउँमा भएको खेतबाट अर्को ठाउँमा रहेको खेतमा हल गोरु पुर्‍याउन समय लाग्ने गथ्र्यो। वर्षभरि हल गोरु पाल्न तथा चराउन पनि एकजना अनिवार्य चाहिन्थ्यो। ट्र्याक्टर गाउँमा आएदेखि कामको खोजीमा पति देशपरदेशमा रहेका महिलाका लागि खेत जोत्न गाउँभरि पुरुष खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको छ। थोरै पैसा तथा छोटो समयमा काम सम्पन्न हुँदा किसानलाई राहत मिलेको छ। ट्र्याक्टर किनेर छिमेकीलाई समेत सुविधा दिनेले पनि आम्दानी गरिरहेका छन्।

यति मात्रै हैन, गाउँका कुनाकप्चासम्म पुग्दै गरेका सडकसँगै यातायातका साधनले गाउँलेलाई काम गर्न सजिलो भएको छ। असोज, कात्तिक महिनाभरि जाडो समयमा गाईवस्तुलाई खुवाउन भन्दै खर काटेर सुकाउने गरेका बैतडी डुंगरा, भट्टाड, पुजारागाउँ, भाँटालालगायत गाउँका महिला मंसिर र पुसभरि टाढा रहेका मेलापातबाट सुकेको खर बोक्दै बेहाल हुन्थे।

पुस–माघ महिनाको बिहानको चिसोमा टाढाबाट खरका भारी बोकेर घाम नउदाउँदै घर पुगिसक्नुपर्ने उनीहरूको बाध्यता थियो। दैनिक अरू कामसँगै दुई महिनाका लागि यो काम उनीहरूका लागि अतिरिक्त काम हुने गथ्र्यो।

गाउँमा ट्र्याक्टर, जीपहरू चलेसँगै एकैचोटि धेरै भारि खरलगायत गाईबस्तुको मल खेतसम्म पुर्‍याउन, काठ तथा घर बनाउन प्रयोग हुने ढुंगा आदि बोक्न धेरै सजिलो भएको छ। कामको धपेडी कम हुँदै गएको छ। बैतडीकी राजमतीका अनुसार कृषिमा देखा परेको आधुनिकीकरणले ज्यानको सुरक्षा भएको छ।

त्यसैगरी बैतडी दशरथचन्द नपा बस्ने लक्ष्मण भट्टले गत वर्षदेखि बाघबाट बाख्रा जोगाउन फलामको तीनतले घर बनाएर बाख्रापालन व्यवसाय सुरु गरेका छन्। उनलाई खसी बाख्रा बेच्न टाढा गइरहनु पर्दैन। एकजनाले व्यवसाय थाल्दा अन्य दुईजनालाई पनि सजिलै रोजगार मिलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here