Home News आइ’सियु मा कन्चनको अब’स्था झनै यस्तो, रा’तैभरी कुरेर बसिन निरु आमा र...

आइ’सियु मा कन्चनको अब’स्था झनै यस्तो, रा’तैभरी कुरेर बसिन निरु आमा र हजुरामा सग (भिडियो हेर्नुहोस्)

581
0

आइ’सियु मा कन्चनको अबस्था झनै यस्तो, रातैभरी कुरेर बसिन निरु आमा र हजुरामा सग (भिडियो हेर्नुहोस्)





याे समचार पनि पढ्नुहोस्

संसद् विघटनपछि सुरु भएको नागरिक आन्दोलनले केही चरण पार गर्दा तेस्रो जनआन्दोलन घोषणा गर्‍यो । प्रहरीको निर्मम प्रहारले थिलथिलो भएका बेला गरिएको जनआन्दोलनको घोषणाले अब जनपरिचालनको खास आयतनको माग गर्छ ।




नागरिक आन्दोलनमा संयोजनकारी भूमिका निर्वाह गरिरहेकाहरूले जनआन्दोलनस्तरको परिचालनका लागि अधिक मिहिनेत गर्नुपर्ने आवश्यकता छँदै छ, आन्दोलन सुरु भएयता विभिन्न कोणबाट उठाइएका प्रश्न, आग्रह एवं सन्देहसमेतलाई सम्बोधन गर्दै आन्दोलनलाई व्यापक बनाउन वैचारिक स्पष्टता पनि बढाउनुपर्नेछ ।

चल्तीको बोलीमा भन्दा, कामचलाउ बन्न अटेर गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनले गरेका नकामहरू मात्र होइन, सिंगो नेपाली राजनीतिले वरण गरेको ओलीतन्त्र समस्याको चुरो हो भने त्यसलाई बदल्न कसरी सम्भव छ, त्यो निरूपण गर्नुपर्नेछ । उत्तर सरल छैन तर जवाफको खोजीका लागि आम संवादका शृंखला चलिरहनुपर्नेछ । यी उपक्रम तीव्र बन्दै जाँदा आम नागरिकको ठूलो संख्या आन्दोलित हुनेछ ।

यो मूल प्रश्नसँग जोडिएर आउने अरू केही पेचिला सवालहरू छन् । सबै सवाल सबैका लागि उत्तिकै प्रिय वा अप्रिय हुँदैनन्, तर अप्ठ्यारा प्रश्नको सामना नगरी लोकतन्त्रजस्तो जटिल व्यवस्थालाई चलायमान राख्न सकिँदैन, न आन्दोलन नै हाँक्न सकिन्छ । आन्दोलन घोषणा गरेर आम विमर्शका लागि तयार भएका नागरिक अभियन्ताहरूले अहिले नै यी वैचारिक गुजुल्टाहरूको सामना गर्नुपर्छ । यद्यपि अभियन्ताहरूमध्ये कोही दुई–चार व्यक्तिलाई र्‍याखर्‍याख पार्न वा उनीहरूले नै सबै उत्तर दिऊन् भन्ने हेतु यी विषयबारे चर्चा गर्न खोजिएको होइन । आन्दोलनका उद्देश्य बढी सम्प्रेष्य बनाउन एवं आमसम्मतिका निम्ति आवश्यक साझा वैचारिक धरातलको खोजी गर्न यो एक सामान्य प्रयत्न हो ।

ओली कसका प्रतिनिधि ?

सांसद केपी ओली झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन् । संघीय प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुअघि नै पार्टीले उनलाई प्रधानमन्त्रीका रूपमा प्रचार गरेको थियो । त्यसअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनले उनलाई पार्टी अध्यक्षका रूपमा निर्वाचित गरेको थियो । तत्कालीन माओवादी केन्द्रसँगको एकतापछि पनि उनी दुईमध्ये एक अध्यक्षका रूपमा चयन भए । पार्टी अध्यक्षका रूपमा चयन वा निर्वाचित हुँदा, सांसदका लागि जनमत पाउँदा वा प्रधानमन्त्रीका लागि सम्मति हासिल गर्दा उनले प्रतिनिधित्व गर्ने विचार के थियो ? उनलाई मत हाल्ने मतदाता र समर्थन गर्ने राजनीतिक नेता एवं कार्यकर्ताले उनको विश्वदृष्टिकोणलाई समेत समर्थन गरेका थिए ? उनको व्यक्तित्वको कुन आयामले आकर्षण गरेकाले उनले त्यो स्तरको समर्थन प्राप्त गरेका थिए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here