Home News पा*पीहरुबाट ६ पटक बे*चिकी नेपाली चे’लीलाई हेमराज र ज्वाला रा*तारात गरे उद्धार,...

पा*पीहरुबाट ६ पटक बे*चिकी नेपाली चे’लीलाई हेमराज र ज्वाला रा*तारात गरे उद्धार, साराको रुवा*बासी

131
0

पा*पीहरुबाट ६ पटक बे*चिकी नेपाली चे’लीलाई हेमराज र ज्वाला रा*तारात गरे उद्धार, साराको रुवा*बासी





याे समचार पनि पढ्नुहोस्

तीन वर्षअघि भारतीय मूलका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । भण्डारीले समेत जलहरी राख्ने प्रक्रियाको विरोध गरेका थिए ।



विरोध बढेपछि विदेशी नागरिकबाट नभई भक्तजनबाटै सहयोग जुटाएर जलहरी राख्ने निर्णय कोषले गर्‍यो । कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा सहयोग संकलन समितिसमेत गठन गरिएको थियो । गत वर्षको शिवरात्रिमै कोषले सहयोग उठाउन सुरु गरेको थियो । जलहरी राख्न एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । भक्तजनबाट ४० लाख रुपैयाँ मात्र उठाएको कोषले जनाएको छ ।

कोष सञ्चालक समितिले चन्दा उठाउन गत वर्ष कार्यविधिसमेत पारित गरेको थियो । कार्यविधिमा सहयोग गर्न चाहनेले कम्तीमा १ तोला र बढीमा १ किलोसम्म सुन सहयोग गर्न सक्ने व्यवस्था थियो । सहयोग गर्न चाहनेले त्यही दिनको सुनको बजार भाउअनुसार रकम बैंकमा दाखिला गर्नुपर्ने प्रावधान थियो ।

शिवरात्रिलाई लक्ष्य गरी गत वर्ष पशुपतिनाथ मन्दिरमा पनि दुई वटा घैलासमेत राखिएको थियो । घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिने व्यवस्था थियो । घैलामा पैसा राख्नेको नाम रेकर्ड हुँदैन । बैंक दाखिला गरेर १ तोलादेखि १ किलोसम्म सहयोग गर्नेको भने अभिलेख राख्ने कार्यविधि थियो ।

रकम कति उठ्यो भनेर हरेक १५ दिनमा सूचना सार्वजनिक गर्ने कार्यविधिमा उल्लेख थियो । अब भने जलहरी राख्न भक्तजनसँग चन्दा नउठाइने कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । ‘सरकारले दिएको रकमबाहेक बाँकी कोषले नै जुटाउँछ,’ उनले भने, ‘जनतालाई चाहिँ काम पारदर्शी गराउने प्रक्रियामा सहभागी गराउँछौं ।’

कोषले सुनको जलहरीले सौन्दर्य बढाउने र पशुपतिको सम्पत्ति बढ्ने दाबी गर्दै आएको छ । तर प्राचीन स्मारक संरक्षण ऐनको दफा १२ ले पुरातात्त्विक वस्तुको स्वरूप परिवर्तनमा निषेध गरेको छ । दफा १२ को खण्ड ग मा कुनै पुरातात्त्त्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरे वा कुनै किसिमको हानि गरे सजाय हुने व्यवस्था गरेको छ । यस्तो पुरातात्त्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ ।

कोषका पूर्वकोषाध्यक्ष वैद्यले शिवलिंगमा सुनको जलहरी राख्नु उचित नरहेको बताए । ‘महादेव आफैं नांगै बस्छन् । यस्ता देवतालाई सुन किन लगाइदिनुपर्‍यो ?’ उनले भने, ‘महादेव आफू साधारण तर भक्तलाई धनी बनाउने देवता हुन् । सरल देवतालाई जटिल बनाइदिनु धार्मिक दर्शनविपरीत हो । यो शैव दर्शनविपरीत पनि हो ।’ वैद्यका अनुसार राणाकालमा चाँदीको जलहरी राखिएको थियो ।

‘विभिन्न समयमा राजा–महाराजाले पनि गहना थपिदिए,’ उनले भने, ‘शिवलिंगमा गहना सुहाउँदैन । यो निरञ्जन, निराकार छ । कालो रङको शिवलिंग विशाल देखिन्छ । कालै रङको शिवलिंग हेर्दा मन प्रफुल्लित हुन्छ । त्यस्तो आनन्द सुनले आउन सक्दैन । सुन राख्नु भनेको महादेवलाई सामन्ती बनाउनु हो । महादेव सामन्ती देवता होइनन् । उनी समाजवादी देवता हुन् ।’

वैद्यले पशुपतिमा सुनको जलहरी राख्ने रकमले मन्दिर वा अस्पताल बनाउनुपर्नेमा जोड दिए । ‘ओली सरकारले गर्नुपर्नेचाहिँ गर्दैन, गनै नपर्नेचाहिँ गरिरहेको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here