Home News काठमाडौंमै भेटियो ज्या’न मा*रा ब’र्डफ्लू, कुखुरा, टर्की, हाँस, बट्टाई, न’ष्ट गरिँदै मासु...

काठमाडौंमै भेटियो ज्या’न मा*रा ब’र्डफ्लू, कुखुरा, टर्की, हाँस, बट्टाई, न’ष्ट गरिँदै मासु खाने कि नखाने

197
0

काठमाडौंमै भेटियो ज्या’नमारा ब’र्डफ्लू, कुखुरा, टर्की, हाँस, बट्टाई, न’ष्ट गरिँदै मासु खाने कि नखाने





याे समचार पनि पढ्नुहोस्
प्रत्येक वर्षजस्तै यो वर्ष पनि पुस २७ गते जनस्तरबाट देशैभर स्वतःस्फूर्तरूपमा विविध कार्यक्रम गरी २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह मनाइएका खबर सामाजिक सञ्जालमा हेर्नर पढ्न पाइयो। तर ती खबरलाई सरकारी सञ्चारमाध्यमले विल्कुलै बेवास्ता गरेको देखियो। त्यस्तै निजी क्षेत्रका विद्युतीय संयन्त्र र छापिने समाचारपत्रले पनि तत्सम्बन्धी समाचारलाई कतै ठाउँ दिएको पाइएन। संसारका जुनसुकै राष्ट्रमा पनि आफ्ना राष्ट्रनिर्माताको उच्च सम्मान गर्ने परम्परा रहेको पाइन्छ।



दुःखको कुरा हाम्रोमा परम्परादेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको प्रचलन गणतान्त्रिक संविधान जारी भएपश्चात् रोकिएको छ। उक्त दिन दिने गरिएको सार्वजनिक बिदा कटौती गरिएको छ। तर पनि जनस्तरबाट २७ पुसका दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह मनाउने प्रचलन कायम रहेको मात्र छैन; क््रmमशः बढ्दै गएको अवस्था छ।

आफ्नो देशको मौलिक सनात धर्म–संस्कृतिको उपहास गर्ने, आफ्ना पुर्खाको पौरखप्रति द्वेष भाव राख्नेहरू सच्चा देश भक्त हुनै सक्दैनन्। त्यस्ता बाह्य सोच र शक्तिका पूजारी सत्ताभोगमा लिप्त रहने र देश दोहन गर्ने शोषक खल पात्र मात्र हुन् भन्नेमा अवश्य इतिहासले सावित गर्नेछ।

आफूलाई बडो बुजु्रक ठान्ने डिग्री होल्डर कहलिएका हालका नेताहरूले विद्यालय, विश्वविद्यालयका कक्षाकोठामा पाइलो नटेकेका २०–२१ वर्षका अल्लारे उमेरका पृथ्वीनारायण शाहले देखाएको दूरदर्शिता, राष्ट्रिय एकीकरणको अदम्य साहस र समर्पणको भावनाको मर्म बुझ्ने कोसिस गरेका भए अहिलेको जस्तो देशको अन्योलपूर्ण दयनीय अवस्था देख्न र भोग्नुपर्ने थिएन।

कतिसम्ंम भने पृथ्वीनारायणले आर्जेको ऐतिहासिक महत्वलाई यतिबेला सडकमा उठेका ‘राजा आऊ देश बचाऊ’ जस्ता सस्ता नारासँग जोडेर पुस २७ गते पृथ्वीनारायणको सालिक वा तस्बिरमा फूलमाला चढाउन जाँदैनौं भन्ने लघुताभाषी कायर मानसिकताका नेताहरूको नियतलाई नेपाली समाजले कसरी मूल्यांकन गर्ने ?

जबकि पृथ्वीनारायण परम्परागतरूपमा शाहवंशको गद्दी सम्हाल्ने एउटा भूतपूर्व राजा मात्र नभएर उनी त नेपालका सच्चा राष्ट्र निर्माता थिए। एउटा राष्ट्र निर्माताको महानता र ऐतिहासिक योगदानको महत्व र सामान्य राजाबीचको भिन्नता बुझ्ने कोसिस नगरेर अहिले ‘राजा आऊ देश बचाऊ’ जस्ता सडकमा उठेका सस्ता नारासँग झस्केर पृथ्वीनारायणको सालिकमा फूलमाला चढाउँदा राजावादीका कित्तामा परिएला भनेर पन्छिन खोज्नु पृथ्वीनारायणप्रतिको घोर अपमान र अवमूल्यन हो। राजा आऊ भन्नेहरूले नामका राजा र कामका राजाबीचको फरक तत्व बुझ्नुपर्ने हो। नेपालमा राजा नभएका शासकका रूपमा नरहेका वा नआएका केवल १३÷१४ वर्ष मात्र भएको छ। त्यसअघि २५० वर्षसम्म राजा भएर शासन गरेकै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here