Home International दुबईले नेपाली सहित बिदेशी नागरिकलाइ नागरिकता दिने ।। यी व्यक्तिले पाउने छ...

दुबईले नेपाली सहित बिदेशी नागरिकलाइ नागरिकता दिने ।। यी व्यक्तिले पाउने छ नागरिकता ।। Dubai (जानकारीका लागि सेयर गराै)

475
0

दुबईले नेपाली सहित बिदेशी नागरिकलाइ नागरिकता दिने ।। यी व्यक्तिले पाउने छ नागरिकता ।। Dubai




याे समचार पनि पढ्नुहोस्

कतिपय कन्फरेन्सहरूमा शोधपत्र प्रस्तुत गर्ने बेला हामी भ्रमण तथा बसाइका लागि कुनै अनुदान छ कि छैन भनी हेर्ने गर्छौं । अनुदान रहेछ भने गरिब मुलुकका अनुसन्धानकर्ताहरू लगायत अरू जरुरत परेकालाई यसबारे सूचना दिइएको हुन्छ ।



संयुक्त राष्ट्र संघका कतिपय बैठकमा समेत सहभागी हुन अति कम विकसित मुलुकका मन्त्री र दुई सहायकलाई अनुदानको व्यवस्था हुन्छ । शोधपत्र प्रस्तुतकर्ताहरूका हकमा भने यस्ता अनुदान अति कम विकसित मुलुकका व्यक्तिका लागि मात्र भन्ने खासै हुँदैन ।

स्विडिस, अमेरिकीहरूका आँखाबाट हेर्दा नेपाल वा भियतनाम सबै विपन्न मुलुक नै हुन् । कतिपय अवस्थामा चिनियाँ र भारतीय शोधकर्ता पनि यस्तै अनुदानमा यात्रा गरिरहेका देखिन्छन् । केही वर्षदेखि नेपाल अति कम विकसित मुलुकको सूचीबाट बाहिर निस्कने कि ननिस्कने भन्ने प्रश्नको केन्द्रमा यस्तै अनुदानहरूको उपलब्धताको निरन्तरता पनि छ ।

संयुक्त राष्ट्र संघले अति कम विकसित भनेर छुट्याएका मुलुक ४६ वटा छन् । ती मुलुकहरूमा विविधता छ— लगभग ४० अर्ब डलरको निर्यात गर्ने अंगोला र बंगलादेश एवं १ अर्ब डलर पनि निर्यात गर्न नसक्ने नेपालका बीचमा धेरै समानता सायद नहोला । त्यसैले यो समूहलाई सुविधा दिँदा कुनै मुलुकले उक्त सुविधा लिन सक्ने र अरूचाहिँ ट्वाल्ल परिबस्ने स्थिति भएको छ पनि भनिन्छ, जुन सत्य हो ।

साधारणतया मानव सम्पत्ति सूचकांक, जोखिम सूचकांक र प्रतिव्यक्ति आयमध्ये दुईवटा मापन कटेपछि नेपाल अति कम विकसित राष्ट्रबाट उत्तीर्ण हुन योग्य हुन्छ । गत पाँच वर्षदेखि सुरुका दुई सूचकांकमा नेपाल उत्तीर्ण भएकाले (हाल मानव सम्पत्ति सूचकांक कम्तीमा ६६ हुनुपर्नेमा ७१.२ भएको, जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा २८.४ भएको र प्रतिव्यक्ति आय १२२२ डलर हुनुपर्नेमा १०५८ भएको) स्तरोन्नति हुने कि नहुने भन्ने प्रश्न आउन थालेका हुन् ।

हाल अंगोला (सन् २०२१ मा), भुटान (सन् २०२३ मा) एवं साओतोमे एन्ड प्रिन्सिपे, सोलोमोन द्वीप, बंगलादेश, लाओस र म्यान्मार सर्त पूरा गरेकाले सन् २०२४ मा स्तरोन्नति हुने पंक्तिमा छन् भने, किरिबाती, नेपाल, टिमोर लेस्टे र तुभालु पनि चाँडै स्तरोन्नति गर्ने पंक्तिमा भएका मुलुक मानिन्छन् । लामो समयदेखि हामीजस्ता गरिब मानिएका छरछिमेकका मुलुकहरू स्तरोन्नति हुने पंक्तिमा भएकाले रणनीतिक र नैतिक प्रश्न हामीसामु आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here