Home News दुखद खबर: अन्त’त सरस्वतीको श* व नारायणी नदीमा भेटियो, श्रीमा’न पुगे थुना’मा।...

दुखद खबर: अन्त’त सरस्वतीको श* व नारायणी नदीमा भेटियो, श्रीमा’न पुगे थुना’मा। (भिडियो हेर्नुहोस्)

270
0

दुखद खबर: अन्त’त सरस्वतीको श* व नारायणी नदीमा भेटियो, श्रीमा’न पुगे थुना’मा। (भिडियो हेर्नुहोस्)




याे समचार पनि पढ्नुहोस्

बिहान–बेलुकी आगो फुक्ने र ताप्ने, दिउँसो भेडा चराउने उनको दैनिकी हो । १३ वर्षको उमेरमा गोठमा गएका रोकाले जीवनका ४३ वसन्त भेडासँगै बिताइसकेका छन् । बाबुको साथ लागेर गोठमा गएपछि उनी चाडपर्वमा एक–दुई दिन पालो दिनेलाई छाडेर मात्रै घरमा गएका छन् । पत्नी जगमाया साथमै हुन्छिन् । खर्च लिन, खेतीपातीको सिजनमा भने तमानखोला–३ को घरमा जान्छिन् ।



फर्केर फेरि गोठमै आउने गरेकी छन् । रोकाको गोठमा १ सय २० वटा भेडा छन् । छिमेकीले पनि उनको बगालमा आफ्ना ३० वटा भेडा थपिदिएका छन् । रोकाले पशु रोगमा उपचारको सामान्य खालका तालिम पनि पाएका छन् । भेडा बिरामी पर्दा आफैं उपचार पनि गर्न सक्छन् ।

जाडोयाम भएकाले अहिले रोका दम्पती बेंसी झरेका हुन् । फागुन लागेपछि उनीहरू बिस्तारै लेक लाग्छन् । तमानखोला गाउँपालिकाभित्र ११ स्थानमा उनले गोठ सार्छन् । चित्राले बारेर गोठ बनाउने, भाँडाकुँडा बोकेरै हिँड्ने उनीहरू पिठो र नुन भए ढिँडो पकाएर खाने गर्छन् । चैत–वैशाखमा सोलेडाँडादेखि मालिकाको धुरीसम्म भेडा लैजान्छन् ।

तमानखोला–३ का रत्नबहादुर रोकाले पात्रो हेरेर गोठ सार्ने तिथि मिलाइदिन्छन् । लेकाली बस्तीमा गोठालाले गोठसँगै हिँड्नुपर्ने भएकाले घरमा बस्न निकै कम समय पाउँछन् ।

मौसम हेक्का राखेर गोठ सार्नुपर्छ । तमानखोलामा झन्डै ५० गोठ तलमाथि सार्ने खालका छन् । तीमध्ये धेरैजसो गाईभैंसीका छन् । भेडी गोठ दर्जन मात्रै छन् । पशुपालन व्यावसायिक कृषि कर्म भएकाले गाउँका धेरैले यो उद्यम गरिरहेका छन् । वडा ३ मा मात्रै ३ सय ६५ घरमध्ये अधिकांशले घरमा भेडाबाख्रा पालेका छन् । रोकाले वर्षमा ५० बढी साँढ (भेडाको भाले) बेच्छन् । गाउँभरि हुने पूजापाठमा भेडाको बलि दिने चलन छ । स्थानीय मनकुमारी बुढाथोकीले पूजामा बलि दिनुपर्ने छ भने ३/४ महिनाअघि नै साँढ अर्डर गर्नुपर्ने बताइन् ।

गोठमा चितुवाको जोखिम हुन्छ । त्यसैले गोठालाहरू भोटे कुकुर पाल्छन् । रोकासँग गोठमा सँगै हिँड्ने चारवटा कुकुर छन् । कुकुरले राति भेडालाई पहरा दिन्छन् । नचिनेको मानिससमेत गोठमा छिर्न दिँदैनन् । चर्न गएका भेडालाई पनि साँझ परेपछि कुकुरले घेरेर गोठमा फिर्ता ल्याउने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘कुकुरकै सहायताले गोठालाले वर्षौंदेखि आफ्ना भेडा जोगाएर पाल्न सकेका छन्,’ उनले भने ।

कहिलेकाहीँ कुकुरलाई छलेर केही भेडा चितुवाले खाइदिन्छन् । लेकमा भन्दा बस्तीमा चितुवाले भेडा मार्ने गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here