Home News भर्खरै हेर्नुहोस्, सडकैभरि नेपाली से*ना, बख्तरबन्द गाडीले राजधानी काठमाडौं घेरे, नेपालका नेता...

भर्खरै हेर्नुहोस्, सडकैभरि नेपाली से*ना, बख्तरबन्द गाडीले राजधानी काठमाडौं घेरे, नेपालका नेता तर्सिए !! Nepal

273
0

भर्खरै हेर्नुहोस्, सडकैभरि नेपाली से*ना, बख्तरबन्द गाडीले राजधानी काठमाडौं घेरे, नेपालका नेता तर्सिए !! Nepal



याे समचार पनि पढ्नुहोस्
मानवजातिको इतिहासमा दक्षिण एसियाली संस्कृति र सभ्यता विश्वको एक प्रमुख उपलब्धि हो । जीवनका यथार्थ र जिउने कलाबारे यो सभ्यताका धेरै गहन र उज्याला पक्ष छन् । यससँगै मानव शोषणका अँध्यारा पक्ष पनि थुप्रै छन् । यीमध्ये समाज विकासका क्रममा जन्मिएको शोषणको डरलाग्दो पक्ष पाखण्डीपन हो ।




पशुपति र गुह्येश्वरीमा गएर गीता र चण्डी पाठ गर्ने, लाखबत्ती बाल्ने, ईश्वर सबैमा व्याप्त छ भनी घोकेर आउने र घरमा आएपछि जातका आधारमा त्यही ईश्वरका रूपमा रहेको मानिसलाई घृणा गर्ने, जातका आधारमा हत्या गर्दा पनि कुनै विरोधाभास नदेख्ने मनस्थिति हाम्रो सांस्कृतिक पाखण्डीपन हो ।

यही पाखण्डीपनले हाम्रो शासनशैलीमा जरा गाडेर बसेको छ । मार्क्सको सूत्र मन्दिरमा पण्डितले भट्याएजस्तै भाषणमा भट्याउने तर सरकारमा बस्दा जनताको अर्बौं रकममा धावा बोल्ने र त्यसमा प्रगतिशीलता देख्ने पाखण्डी अनि घरमा पालेको कुकुरलाई आफूसँगै बिछ्यौनामा सुताउने तर कुनै दलितलाई ‘तल्लो जात’ भनी हेला गर्नेबीच के अन्तर रह्यो ? दुवै आआफ्ना सिद्धान्त र संस्कृतिको दुरुपयोग गर्ने पाखण्डी भएनन् र ? यही पाखण्डीपन अब नेपालमा बढ्दै छ । यसले भविष्यमा विद्रोह निम्त्याउनेछ, जसले संवेदनशील भूराजनीतिक स्थितिमा रहेको नेपालको अस्तित्वलाई कहाँ पुर्‍याउने हो ? यही मूल चिन्ताको विषय छ ।

अग्रगमन र पाखण्डगमन

आज देशमा शासकीय पद्धति र संरचनामा परिवर्तन भएको छ । संविधान नयाँ छ तर शोषकहरूको काम गर्ने मान्यता पुरानो युगको सामन्ती झुन्डको भन्दा फरक छैन । यस अर्थमा अब सामाजिक परिवर्तनको प्रक्रिया स्थायित्वसहितको गतिशीलतामा कि अराजकताउन्मुख विनाशमा पुग्ने हो, मूल प्रश्न भएको छ । अब के अग्रगमन हो र के पाखण्डीपन भन्नेमा समेत अन्योल देखिन थालेको छ ।

उदाहरणका लागि, परिवर्तनका नाममा विदेशीको सहयोगको पृष्ठभूमिमा कतिपय व्यवस्था थोपर्नु अग्रगमन हो या पाखण्डीपन ? बुझ्न गाह्रो भएको छ । विदेशी मतियारहरूको मिलोमतोमा देशमा चलाइएको धर्म परिवर्तनको अभियान अग्रगामी हो ? एउटा पार्टीको ‘आज्ञाकारी गणतन्त्र’ चाहिँ ‘अग्रगामी’ कदम हो ? अनि ‘समाजवादउन्मुख’ शब्दलाई संविधानको अंग बनाउने ‘अग्रगमन’ ले यी तीन वर्षमा भ्रष्टाचारमा कीर्तिमान राख्नुबाहेक के काम गर्‍यो ? यी प्रश्नहरूको उत्तर नखोज्ने हो भने ‘अग्रगमन’ र ‘पाखण्डगमन’ मा के फरक रह्यो ?

सामाजिक परिवर्तनको गतिलाई जनताका पक्षमा सकारात्मक हिसाबले मोडिदिँदा सिद्धान्त, रणनीति र व्यवहारबीचको अन्तरसम्बन्धलाई अग्रगमनको खोक्रो नाराको आडमा आँखा चिम्लेर कुल्चनुको अर्थ देशलाई सखाप पार्नु हो । नेपालका स्वघोषित अग्रगामीहरूलाई के थाहा हुनुपर्छ भने, सोभियत संघ सखाप हुनुको एउटा प्रमुख कारण सिद्धान्त, रणनीति र व्यवहारमै रहेको विरोधाभास हो । मार्क्सवादको गन्तव्यस्थल एउटा काल्पनिक आदर्श थियो जसलाई प्राप्त गर्नमा सरकारको रणनीतिक र व्यावहारिक असफलताले न मजदुर स्वतन्त्र भयो, न किसानको उत्थान भयो, न त नागरिक स्वतन्त्रता र सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने राज्यको सिर्जना नै भयो ।

मार्क्सको मानवतावादी दर्शनमा लेनिनवादको लेप लगाएर अगाडि बढ्न खोज्दा कसरी समाजवाद शब्द क्रूर अधिनायकवादमा रूपान्तरित भयो भन्ने इतिहास सबैको सामु छ । आज नेपालमा राष्ट्रिय पहिचान र एकताका आधारभूत खम्बाहरूलाई समयानुकूल परिमार्जन तथा पुनःस्थापित गरी देशमा निरन्तरतासहित गतिशीलताका लागि उपयोग गर्नुको सट्टा सीमित झुन्डको सत्तास्वार्थ र धनस्वार्थका लागि युद्धसरदार शैलीमा राज्यशक्तिको ‘समाजवादी’ प्रयोग गर्ने

प्रवृत्ति भुइँमा छरिएको माल टिप्न जाँदा पोल्टामा रहेको सबै गुमाउने संस्कृतिको परिचायक हो; अग्रगमनका नाममा पाखण्डीपनको चिनारी हो । त्यसैले स्थायित्वको नारा पिटेर आएको सरकार र स्थायित्व ग्यारेन्टी गरेको संविधान धुजाधुजा पार्नमा ‘अग्रगामी’ हरूमा लुकेको सक्रिय पाखण्डतन्त्र पूर्ण रूपमा जिम्मेवार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here