Home News चुपचाप कालापानी फिर्ता नगर्दाको परिणाम | थप प्र*तिबन्ध घोषणा | नेपाल अझै...

चुपचाप कालापानी फिर्ता नगर्दाको परिणाम | थप प्र*तिबन्ध घोषणा | नेपाल अझै आ*क्रामक | दुतावास समेत सं*कटमा

229
0

चुपचाप कालापानी फिर्ता नगर्दाको परिणाम | थप प्र*तिबन्ध घोषणा | नेपाल अझै आ*क्रामक | दुतावास समेत सं*कटमा




याे समचार पनि पढ्नुहोस्

के हामी नेपाललाई विकसित राष्ट्र बनाउन चाहन्छौं ? यस्तो प्रश्नको पनि उत्तर खोज्नुपर्छ र ? सुखी र समृद्धिको मूल नारा चलेको शासनमा यो प्रश्न सोध्दा धेरैले मूर्ख भन्न सक्छन् । निश्चय पनि हामी हाम्रो राष्ट्रलाई विकसित, सुखी र समृद्ध बनाउन चाहन्छौं ।



यदि यही उत्तर हो भने अर्को प्रश्न आउँछ– नेपाललाई विकसित राष्ट्र बनाउन चाहिने परिवर्तन स्वीकार गर्न हामी तयार छौं ? यो प्रश्नको उत्तर सजिलो छैन । अरूलाई परिवर्तनको शिक्षा दिन सजिलो छ भने आफू त्यो शिक्षाअनुसार परिवर्तन हुन गाह्रो । अरूलाई भ्रष्टाचार गर्न नदिने उद्घोष गर्न सजिलो छ । सत्तामा रहँदा त्यो उद्घोष व्यवहारमा कतिले उतारेका छन् ? अर्थात्, आफूलाई परिवर्तन गर्न हामी कति तयार छौं ? यसको उत्तर अरूबाट आउँदैन, आफैंले आँखा चिम्लेर सोच्नुपर्ने हुन्छ ।
व्यक्तिगत र सार्वजनिक आकांक्षा

हामी विकसित देशका चिल्ला सडक देख्छौं । त्यहाँका विश्वविद्यालयमा पढ्न पाउँदा गर्व गर्छौं । विश्वविद्यालयको स्तर, भौतिक संरचना र सुन्दरताको प्रशंसा गर्छौं । हाम्रो देशमा यस्तो गर्ने सोच किन नआएको भनेर विचार पनि गर्छौं । तर, आफू पदमा पुग्दा हामीमध्ये कतिले यो सपनालाई यथार्थमा पुर्‍याउने प्रयास गर्छौं ? या, यसका लागि आवश्यक सार्वजनिक नीति निर्माण र यसको कार्यान्वयनमा लाग्छौं ? हाम्रा सार्वजनिक आकांक्षामा विकसित देशको विकास र प्रजातन्त्रको कल्पना आउँछ, तर सत्तामा पुग्दा, काम गर्ने ठाउँमा पुग्दा त्यो कल्पनाको सानो अंश पनि खोज्नुपर्ने हुन्छ । अनि प्रश्न आउँछ– हामी परिवर्तनका संवाहक हौं या विरोधी ? शब्दले होइन, कर्मले मात्रै यथार्थ बताउँछ । कोही परिवर्तनकामी हो या पश्चगामी, कर्मले मात्रै बोलिरहेको हुन्छ ।

यहाँ प्रश्न आर्थिक विकासको मात्रै होइन । राष्ट्रिय जीवनको हरेक अंगमा हामी विकसित नेपालको संवाहक हौं या शोषणका प्रवर्तक भन्ने हाम्रो कर्मको संरचनाले देखाइरहेको हुन्छ । यो यथार्थ बुझ्न धेरै ठूलो सैद्धान्तिक बहस गर्नुभन्दा ससाना क्रियाकलापहरूतिर ध्यान दिनुपर्ने हुन्छ । हामी निमुखा गरिबको स्वार्थका लागि भनेर औषधि किन्न रकम खर्च गर्छौं, जुन जनताले तिरेको कर हो । विकसित नेपालको परिकल्पना साकार तुल्याउन जनताबाट उठाएको रकम हो त्यो । यसको सदुपयोग समृद्ध नेपाल बनाउने मूल आधार हो भन्ने मान्यतालाई नयाँ परिवर्तनको चिन्तन बनाउने कि नबनाउने ? यो चिन्तनअनुसार आफूलाई रूपान्तरित गर्ने कि नगर्ने ?

यहाँ विकास नयाँ संरचनाको निर्माणमा होइन, नयाँ संरचनाका निर्माताहरूको मान्यतासँग जोडिन्छ । यहाँ संविधान र कानुनप्रति निष्ठा प्रकट गर्न शब्दमा सजिलो छ तर व्यवहारमा संविधानलाई लात हानेर प्रजातन्त्रको लेप लगाई आफूलाई अग्रगामी भन्ने प्रयासलाई के भन्ने ? सिद्धान्तप्रतिको निष्ठा या पाखण्डीपनको डरलाग्दो अनुहार ? परिवर्तनको सूत्रधार नयाँ मेसिन र प्रविधि होइन, निर्णयको जिम्मा लिएर बसेका व्यक्ति–व्यक्तिको मान्यतासँग जोडिन्छ; नेतृत्वसँग जोडिन्छ । दिनभरि रक्सी खाने अनि भोलिपल्ट बिहान रक्सी खान हुँदैन भनी भाषण गर्ने मान्यताले अराजकताचाहिँ ल्याउँछ, शान्ति र समृद्धि होइन ।

हरेक शासनका मान्यताहरू हुन्छन् र ती मान्यताहरूका सन्दर्भमा सामाजिक संरचना पनि खडा भएको हुन्छ । नेपालमै जहानियाँ शासनको आफ्नै मान्यता थियो, जसअनुसार एउटा सानो समूहले राज्यशक्ति आफ्नो हितका लागि प्रयोग गर्थ्यो र यसप्रति उनीहरूमा इमानदारी थियो । जहानियाँ शासनको उद्देश्य जनताको सामाजिक र आर्थिक विकास थिएन । यो भ्रम र कल्पना उनीहरूमा थिएन ।

तर त्यसपछिका सबै पिँढीले ‘अब हामी नयाँ नेपाल बनाउँछौं, पुरानो मान्यताको ठाउँमा जनताकेन्द्रित मान्यता स्थापित गर्छौं’ भन्दै ठूलठूला भाषण मात्र गरे । ठूला दार्शनिक र चिन्तकहरूका तस्बिर र दृष्टिकोणले देश व्याप्त भयो । पुरानो भत्काउने र नयाँ संसार स्थापित गर्ने कल्पनाको भण्डार पास भयो । यस क्रममा जुलुस भए, सडक संघर्ष भए, बन्दुक संघर्ष भए, धेरैले ज्यान गुमाए । तर, आज हामी कहाँ छौं ? धेरै संरचनागत परिवर्तन पनि भए, परिवर्तन आत्मसात् गर्ने गगनभेदी नारा लागे तर फेरि इतिहासले हामीसँग ठट्टा गरेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here