Home News भर्खरै ह`तिहार सहित नेपाली से*ना बालुवाटार पुगेपछी नेताहरुको सात्तो गयो,भयो भा*गाभाग,म’च्चियो है*लाखैला

भर्खरै ह`तिहार सहित नेपाली से*ना बालुवाटार पुगेपछी नेताहरुको सात्तो गयो,भयो भा*गाभाग,म’च्चियो है*लाखैला

3209
0

भर्खरै ह`तिहार सहित नेपाली से*ना बालुवाटार पुगेपछी नेताहरुको सात्तो गयो,भयो भा*गाभाग,म’च्चियो है*लाखैला




अर्को समचार पनि पढ्नुहोस्

उनीहरुले त्यहाँ उडाउने आफ्नो रकेटलाई ‘गरुडा’ नाम दिएका छन् । उनीहरु १० के–कोट्स–अल प्रोपल्सन विधामा प्रतिस्पर्धा गर्दै छन् । विद्यार्थीहरुले रकेटको डिजाइन चरण र विभिन्न सफ्टवेयरबाट प्रारम्भिक ‘सिमुलेसन’हरु पूरा गरी प्रतियोगितामा सहभागी हुन आवश्यक मापदण्ड पूरा गरिसकेका छन् ।




पूर्वाञ्चल विश्वविद्यालयको कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पहिलो वर्ष अध्ययनरत २२ वर्षे मोहन तामाङको नेतृत्वमा ३ किलोमिटरसम्म उचाइमा उड्ने ‘गरुडा’को निर्माण भइरहेको छ ।

गरुड एक प्रजातिको चरा हो । हिन्दू धर्मावलम्बीहरु यसलाई विष्णुको वाहनको रुपमा लिन्छन् र पुज्छन् पनि । रकेटको नाम पनि यसैबाट राखिएको तामाङले बताए । उनका अनुसार मार्च १ तारिखका दिन परीक्षण गर्ने तयारीमा रहेको ‘गरुडा’को निर्माण कार्य ४० प्रतिशत सकिएको छ । ११ हजार फिट उचाइसम्म माथि जाने यो रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए ।

फाइबर ग्लासबाट निर्माण भइरहेको यो रकेटको तौल २२.६ केजी छ । ज्वाइन्ट्सहरुमा अल्मुनियम प्रयोग गरिएको छ । प्रोपलेन्टका रुपमा प्रयोग हुने ‘एमोनियम पर्कोलेट’ चाहिँ बाहिर देशबाट किनेर ल्याउने उनीहरुको तयारी छ ।

३० जनाको समूहले गरुडा बनाउन कामलाई ७ भागमा विभाजन गरेको छ । उनीहरु बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यसमै खटिन्छन् । कहिले थापाथली, पुल्चोक त कहिले काठमाडौं विश्वविद्यालय । उनीहरु सकेसम्म समयमै काम गर्ने योजनामा छन् । हाल प्रोटोटाइप निर्माणको काम ८० प्रतिशत सम्पन्न भए पनि परियोजनाको काम ४० प्रतिशत मात्रै भएको छ ।

रकेटको स्ट्रक्चरल पार्ट्स थापाथली क्याम्पसमा इन्डस्ट्रियल इन्जिनियरिङमा चौथो वर्ष अध्ययन गरिरहेका अमृत ढुंगानाको नेतृत्वले हेरिरहेको छ । मेकानिकल इन्जिनियरिङमा तेस्रो वर्ष अध्ययनरत सुनील बेलवासेको नेतृत्वमा रकेटको रिकभरी पार्टका काम भइरहेका छन् । उडानका क्रममा हुने कम्युनिकेसन र कम्प्युटिङ हेर्ने फ्लाइट कम्प्युटरसम्बन्धी काममा रमेश साउदले नेतृत्व गरिरहेका छन् । उनी इलेक्ट्रिकल एन्ड कम्युनिकेसन इन्जिनियरिङमा तेस्रो वर्ष अध्ययनरत विद्यार्थी हुन् ।

रकेटको प्रोपल्सन र इन्धनसम्बन्धी कामको नेतृत्व किशन मिश्रले लिएका छन् । उनी पुल्चोकमा एरोपस्पेस इन्जिनियरिङमा दोस्रो वर्ष अध्ययनरत छन् । रकेटको भारवाहनसम्बन्धी पे लोडको नेतृत्व कपाली खनालले पाएका छन् । उनी थापाथली क्याम्पसमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा चौथो वर्ष अध्ययनरत छन् ।

पोखरा विश्वविद्यालयअन्तर्गतको एनसीआईटीमा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरिरहेकी सेर्जा सिर्जन श्रेष्ठले ग्राउन्ड स्टेसनसम्बन्धी कामको नेतृत्व गरिहेकी छन् । पर्याप्त रकम जुटे समयमै ‘गरुडा’को प्रक्षेपण उडान नेपालमा हुनेछ । रकेट निर्माणको सम्पूर्ण कार्य गर्न ८ लाख २८ हजार लाग्ने उनीहरुले बताए । एभिओनिक्स, प्रोपल्सन, रिकभरी, स्ट्रक्चर, मेकानिजम, पेलोड, दर्ता शुल्क र अन्य गरेर १० लाख लाग्ने उनीहरुलाई सघाउँदै आएका हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए । हाल बस्नेतको नेतृत्वमा फन्ड जुटाउने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here