Home News Exclusive next: फेरि रु’दैं आए अर्का नेपाली लाहुरे, बिए पास गरेकी श्री*मतीले...

Exclusive next: फेरि रु’दैं आए अर्का नेपाली लाहुरे, बिए पास गरेकी श्री*मतीले गति छाडेपछि।

587
0

Exclusive next: फेरि रु’दैं आए अर्का नेपाली लाहुरे, बिए पास गरेकी श्री*मतीले गति छाडेपछि।



याे समचार पनि पढ्नुहोस्

विश्वभरपछिल्लो समयका संकटहरूलाई संकेत गर्न खुबै चलेको एउटा शब्दावली छ, ‘पोस्ट ट्रुथ इरा’ अर्थात् उत्तर–सत्यको युग । विज्ञानसम्मत वा विवेकसम्मत सत्यतथ्यको आधार लिएर होइन, भावुकता र संवेगको खेती गरेरै राजनीतिक ‘साध्य’ साध्ने युग !



भनिन्छ, आजको समग्र वैश्विक समयरेखा यही युगमा हिँडिरहेको छ । जहाँ सत्य वा वास्तविकताभन्दा आधारहीन संवेग र त्यसलाई अर्थ्याउने सहायक कथाहरू शक्तिशाली बनाइन्छन् । जहाँ कुनै कुरा झुटो/साँचो के हो भनेर जाँच्नुपर्दैन, मानिसहरूले पत्याइदिए पुग्छ । जनमतलाई आफ्नो पक्षमा मोड्न जे–जे सक्छौ ‘फेक’ कुराहरू गर्दै जाऊ ।

त्यही ‘फेक’ लाई फैलाउने हिंस्रक आक्रमणकारी सञ्जाल तयार गर, जसलाई ‘युनिभर्सिटी अफ डब्लूटीएफ’ (ह्वाट्सएप,ट्वीटर,फेसबुक) भनिन्छ । यिनका लागि भारत–नेपालमा चाहिँ ‘साइबर सेना’ भन्ने शब्दावली चलाइएको छ ।

पोस्ट ट्रुथको सिद्धान्त हो— राजनीतिक मूल्यपद्धति र तर्क छोड । नस्ल–जात–संस्कृतिसँग जोडेर थरीथरीका कथा हाल, उखान सुनाऊ, हँसाऊ या रुवाऊ तर कसैगरी मानिसहरूलाई आफ्ना कुरा पत्याउने गरी मूर्ख बनाऊ । आफ्नै जीवनका स्मृतिहरूमाथि फूलबुट्टा भर, त्यसलाई विश्वसनीय बनाउन सकिनेजति सबै अलंकारको उपयोग गर । बस, मानिसहरू तिम्रा झुटहरूमा बत्तीको उज्यालामा झुम्मिने पुतलीझैं झुम्मियून् । अमेरिकामा ट्रम्पले र भारतमा मोदीले यही गरे । नेपालमा केपी ओलीले पनि गरेको यही हो भन्नेमा दुईमत छैन ।

एकप्रकारले भन्ने हो भने, हामी झुटहरूसँग, उधारा प्रतिबद्धताहरूसँग उहिल्यैदेखि बानी परेका हौं । तर सुन्दै उदेकलाग्दा ‘फेक’ र उडन्ते वाचासँग पनि बानी पर्ने भयौं । ओली युगले यही देखायो । गहिरो गरी सोचौं— जो आफूलाई आम जनता भन्न रुचाउँछौं,हामीमध्ये कतिले ओलीका झुटा कथा र ‘मनको लड्डु’सँग सजिलै सम्झौता गरिरहेका थियौं र छौं ? त्यसो हुन किन सम्भव भयो भन्ने कुराको उत्तर खोज्न हामी आफैंभित्र फर्कनुपर्छ ।

ओलीजस्ता पात्रको निसर्तप्रायः समर्थन गर्ने मानिसहरू तिनै हुन्, जसलाई मान्छे विज्ञानसम्मत, विवेकसम्मत र लोकतान्त्रिक प्राणी भएर बाँच्न पाउनुपर्छ भन्ने आधारभूत विचारसँगै ठूलो आपत्ति छÙ जसलाई नेपाली समाजको बहुलता र सांस्कृतिक भिन्नतासहितको साझा अस्तित्वभन्दा अगाडि नस्लीय अहंकार र आफ्नो अत्यन्तै निजी सुखदुःखको वृत्त नै अपार महिमाशाली छ ।

हामीमध्ये अधिकांशले राजनीतिक साक्षरता र चेतनाको अपेक्षित विकासलाई नै पार्टीविशेषको प्रश्नशून्य निरीह समर्थक पंक्तिमा उभिने अर्थमा मात्रै बुझ्दै र त्यही गर्दै आयौं ! या, त्यसलाई आफ्नो तत्कालीन भौतिक शुभ–लाभकै मापकका रूपमा उपयोग गर्दै आइरह्यौं । हामीले आफूमा राजनीतिक चेतनालाई राज्यको संरचनात्मक परिवर्तनको मापक मान्ने ‘लेभल’ बनाएको भए केपी ओलीजस्ता ‘नमुना’ पात्रका पानीजहाज,मोनोरेल र घरघरका चुलामा पाइपबाट ग्यास बाल्दिने उडन्ते कथा सुरुमै भारी बहुमतले अस्वीकृत हुन्थे । तर त्यसो त भएन !

सामन्तवादी सोच र संरचनाका ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवैलाई फेर्ने भनेरै लडिएका दशकौंका लडाइँ र बलिदानपछि समग्र युगकै विभाजक रेखा मानेको आन्दोलन थियो—२०६२–६३ को जनआन्दोलन । त्यसयता जातीय र सांस्कृतिक उत्पीडनविरुद्ध उठेका समस्त उन्मेष र आक्रोशले संविधानलाई सबै वर्ग,क्षेत्र, लिंग र समुदायको साझा अपनत्वको अभिव्यक्ति बनाउने सम्भावनातर्फ डोर्‍याएकै थिए । तर पहिलो कार्यकालको संविधानसभालाई असफल पार्ने षड्यन्त्रकारी प्रयत्न सफल भएयता निरन्तर निर्माणाधीन संविधानले समयका कोपहरू खेपिरह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here