Home News राहुल र स्मिताको अन्तिम निर्णय: छोरिको लागि भएपनी मिलेर बस्छौँं (...

राहुल र स्मिताको अन्तिम निर्णय: छोरिको लागि भएपनी मिलेर बस्छौँं ( सहि कि गलत ? ) ! यो भिडियो हेर्नुहोस्

502
0

राहुल र स्मिताको अन्तिम निर्णय: छोरिको लागि भएपनी मिलेर बस्छौँं ! यो भिडियो हेर्नुहोस…



याे समचार पनि पढ्नुहोस्

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले माल्पा क्षेत्रमा महाकाली थुनिएको खबर आएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना जारी गरेको थियो । मंगलबार नै त्यहाँ नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली पुगेर फर्केको छ । टोलीले तटीय क्षेत्रको ठूलो जोखिम नरहेको बताएको प्रजिअ पोखरेलले सुनाए ।



व्यासको दुम्लिङ प्रहरी चौकीका इन्चार्ज असई प्रकाशबहादुर सिंहका अनुसार भारतले उक्त क्षेत्रमा पहिरोभन्दा नदीको बीच भागमा थुप्रिएका ढुंगा फोर्ने काम गरिरहेको छ । त्यस क्रममा महाकाली नदीवारि (नेपालतर्फका) पनि ढुंगा फोर्न विस्फोट गर्ने प्वाल पारेको सिंहले बताए । भारतले उक्त क्षेत्रमा चट्टान फोर्न सोमबारबाट विस्फोटक पदार्थ प्रयोग सुरु गरेको छ ।

‘त्यसक्रममै नेपालतर्फका पनि ठूला ढुंगामा प्वाल पारेको र विस्फोटक पदार्थ पड्काउन तार बिछ्याएको भेटियो,’ उनले भने, ‘बिछ्याएको तार निकालेको र आफ्नो क्षेत्रमा मात्रै काम गर्नू भनेर फर्कियौं ।’ प्रहरी चौकीबाट ७/८ घण्टा पैदल दूरीमा रहेको उक्त क्षेत्रमा दिनहुँ गस्तीमा जान सक्ने अवस्था नभएको उनले बताए । ‘केही दिन बिराएर जाने गरेका छौं,’ उनले भने ।

उक्त क्षेत्रमा महाकाली थुनिएर ४०/५० मिटर लम्बाइमा तलाउ बनेको छ । वर्षात्मा करिब डेढ सय मिटर लम्बाइमा माल्पा क्षेत्रमा नदी थुनिएको थियो । अहिले नदी घट्दै गएकाले अवरोध खोल्न खोजेको भारतीय पक्षले बताउँदै आएको उनको भनाइ छ । उक्त क्षेत्रमा नदीमा खसेका ठूला ढुंगा (चट्टान) मुनिबाट पानी बगिरहेको छ । माथि मानिस हिँड्न मिल्ने हुँदा वारिपारि आउजाउ पनि भइरहेको थियो । त्यसको फाइदा अवैध काम गर्ने पक्षले उठाउन सक्ने भएकाले ढुंगा फोर्न लागेको हुन सक्ने प्रहरीको भनाइ छ । ‘ढुंगा फोड्ने भारतीय निर्माण कम्पनीलाई नदीको बीच भाग र आफ्नो क्षेत्रमा मात्रै विस्फोट गराउन भनेका छौं,’ इन्चार्ज सिंहले भने, ‘विस्फोट गर्नुभन्दा दुई दिन अगाडि हामीलाई पनि जानकारी गराउन भनेर फर्कियौं ।’

मंगलबार माल्पा क्षेत्रमा दुम्लिङ प्रहरी चौकी र दुम्लिङमै रहेको सशस्त्र प्रहरीको बीओपीबाट संयुक्त गस्ती टोली गएको हो । सशस्त्रको बीओपी दुम्लिङका इन्चार्ज सई लक्ष्मणसिंह कार्कीले अहिले उक्त क्षेत्रमा अहिले साताको एक पटक गस्तीमा जाने बताए । ‘उक्त क्षेत्रमा नदीको बीच भागमा ठूल्ठूला ढुंगा थुपारिएका छन् । अहिले नखोले वर्षात्मा खतरा बढ्ने सम्भावना धेरै हुन्छ । यसबारे आफ्नो कार्यालयलाई जानकारी गराएको छु’ उनले भने ।

भारतले सडक खन्ने क्रममा सबैभन्दा धेरै नेपालको घाटीबगर क्षेत्रमा ढुंगा नदी किनारमा आएर नदीको भाग साँघुरिँदै गएको छ । त्यहाँ नदीको सतह पनि नेपालतर्फ सरेको छ । यसले नेपालतर्फ महाकाली किनारमा छाङरु र टिंकर जाने घोडेटो कटान गरेर भत्किएको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । व्यास जोड्ने घोडेटो बाटो पनि भारतीय सडककै कारण महाकालीमा अवरोध हुँदा कटान गरेको हो । ‘प्रत्येक वर्ष हामी बाटो निर्माण र मर्मत गरिरहेका हुन्छौं । वर्षात्मा नदीको सतह बढेर कटान गर्दा बाटो भत्केको भत्क्यै हुन्छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here