Home International कति शक्तिशाली छ चीन ? सेकेन्ड मै ध्व*स्त पार्ने यस्ता छन् अत्याधुनिक...

कति शक्तिशाली छ चीन ? सेकेन्ड मै ध्व*स्त पार्ने यस्ता छन् अत्याधुनिक हति*यार (भिडियो हेर्नुहोस्)

1009
0

कति शक्तिशाली छ चीन ? सेकेन्ड मै ध्व*स्त पार्ने यस्ता छन् अत्याधुनिक हति*यार




याे समचार पनि पढ्नुहोस्

संसद् विघटन भएको दिन म बालुवाटार गएको थिएँ । सेतो ज्याकेट लगाएर, दारीसारी फालेर आज भर्खर प्रधानमन्त्री भएझैं गरी केपी ओली चिटिक्क परेर बस्नुभएको थियो ।

उहाँ ढुक्क हुनुहुन्थ्यो किनभने उहाँलाई सबै घटना सामान्य भयो नि त,’ केही दिनअघि नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले कान्तिपुरसँग भनेका थिए, ‘हामी पो सानो घाउ देखेर आत्तिन्छौं, डाक्टरहरूलाई त सामान्य नै लाग्छ नि ।’

प्रतिनिधिसभा विघटनको डेढ महिना हुँदा सरकार र सरकारमा रहेको नेकपाको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली उत्तिकै ढुक्क होलान् त ? उनले अदालतदेखि निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मिलाइसकेको छु भनेको सेटिङको ‘चेन’ उस्तै होला कि खुस्किसक्यो ?

पछिल्ला केही घटनाक्रम र ओलीका हाउभाउले उनी ढुक्क देखिँदैनन्, उनका अभिव्यक्ति र सरकारको कार्यशैली बस्नेतले भनेझैं सामान्य लाग्दैनन् । जस्तो कि राजामहाराजाकै झल्को दिने गरी ओलीको ठूल्ठूलो पोस्टर बनाएर उनकै पक्षमा नाराबाजी लाग्यो । यसअघि पनि पार्टीभित्र या सरकारमा ओलीको पक्षमा माहोल बिग्रिनेबित्तिकै उनको समर्थनमा यस्तै नाराबाजी हुँदै आएको थियो । नेपाली राजनीतिक इतिहासअनुसार आफू असाध्यै कमजोर भएका बेला जबर्जस्ती बलियो छु भन्ने देखाउन शासकले यसै गरी सडकमा मान्छे उतार्ने गर्छन् ।

नेकपाका दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य, प्रतिपक्षी, नागरिक समाज, बुद्धिजीवी र कानुनविद् एकातिर भइदिँदा परिस्थिति उनका लागि प्रतिकूल बन्दै गएको देखिएको छ । उनलाई पुस ५ मा जस्तो सजिलो छैन भन्ने विश्लेषणको पुष्टि मंगलबार मात्रै भएका दुई परस्पर फरक घटनाले पनि गरेका छन् । संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न पठाइएको सिफारिस सभामुख अग्नि सापकोटाले आइतबार संवैधानिक परिषद्मै फर्काइदिएपछि ओलीले बुधबारका लागि परिषद् बैठक डाकेका थिए । परिषद् सदस्य प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको असहमतिपछि बैठक स्थगित भयो । तर ‘बलमिच्याइँपूर्वक’ संवैधानिक आयोगमा सिफारिस भएकाहरूले बुधबार बिहानै सपथ लिइसकेका छन् । यो ओलीको हडबडपूर्ण मानसिकताको अर्को उदाहरण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here