Home News मुस्लिम गायक अलिफको पहिलो गीत रेकर्डपछि भाबुक हुदै मिडियामा,मिडियाले गर्दा अलिफको परिवार...

मुस्लिम गायक अलिफको पहिलो गीत रेकर्डपछि भाबुक हुदै मिडियामा,मिडियाले गर्दा अलिफको परिवार तना*बमा!

129
0

मुस्लिम गायक अलिफको पहिलो गीत रेकर्डपछि भाबुक हुदै मिडियामा,मिडियाले गर्दा अलिफको परिवार तना*बमा!



याे समचार पनि पढ्नुहोस्
अर्कातर्फ ओली सरकारका मन्त्री मणि थापाले मंगलबार बिहानै नक्खु कारागार पुगेर प्रतिबन्धित चन्द समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटे । जनसमर्थनका हिसाबमा कमजोर बन्दै गएको सरकारले चन्दको पार्टीसँग फरक ढंगबाट वार्ता चलाइरहेको छ ।



मन्त्री थापाको उनीसँगको भेटघाट त्यसैको सिलसिला हो । ठूलो समूहबाट अस्वीकृत हुँदै गएपछि ससाना समूहलाई भेटघाट गर्ने, चुनाव अभियानमा झैं गरी दौडधूप गर्ने, विपक्षमा रहेकालाई निम्नस्तरको गाली गर्ने र आफैंले घोषणा गरेको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई समेत असहयोग गर्ने गरी परिस्थिति ओलीका लागि प्रतिकूल हुँदै गएको हो । परिस्थिति अनुकूल नभएकैले ओली, उनी नेतृत्वको पार्टी र सरकारले अपनाएका पछिल्ला शैली हडबडयुक्त देखिन्छन् ।

सडकमा सक्रियता

ओली पुस ५ गतेसम्म सरकारी निवास बालुवाटारको शयनकक्षबाट बैठक कक्षसम्म पुग्न पनि असाध्यै झिँजो मान्थे । उनी पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठकमा पूरै समय कहिल्यै बसेनन् । आफ्नो प्रतिकूल हुँदा उनी सचिवालय बैठकसमेत बीचमै छाडेर हिँड्थे । मिर्गौला प्रत्यारोपण गरेर बिमारबाट तंग्रिँदै गरेका ओलीलाई ‘तपाईं यसो नगर्नुस्’ भन्ने आँट नेकपाका कोही नेतामा थिएन ।

बालुवाटारमा ओली बलशाली थिए । पुस ५ मा परिस्थिति फेरिएसँगै ओलीको दौडधूप व्यापक भयो । १५ गतेदेखि बालुवाटारबाहिरका कार्यक्रममा सहभागी हुन र मञ्चमा उभिएरै भाषण गर्न थालेका ओली त्यसयता त्यस्ता दर्जनौं कार्यक्रममा सहभागी भइसकेका छन् । यसो गर्दा उनी उत्साहित नै देखिन्छन्, स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव परेको छैन, जुन उत्साहलाई विश्लेषकहरूले ‘उल्टो बाटो’ को संज्ञा दिएका छन् ।

सडकमा जुलुस निकाल्ने विद्यार्थी र नागरिक आन्दोलनका प्रतिनिधिमाथि धरपकड गरेको ओली सरकार २३ गते उसैगरी शक्ति प्रदर्शन गर्न सडकमा आउँदै छ । राजधानीमा करिब २ लाख जनताको सहभागितामा सभा गर्ने बताइरहँदा त्यसले नागरिकको जनजीविकामा पार्ने प्रभावबारे सरकार उदासीन छ । हुँदाखाँदाको प्रतिनिधिसभा मासेर सत्ता आफैं सडकमा आउनुलाई पञ्चायतकालमा सडकमा निकालिने पञ्चर्‍यालीसँग तुलना गर्न थालिएको छ । बहुदलका पक्षमा आन्दोलन चलिरहँदा त्यतिखेर पनि ‘हाम्रो पक्षमा जनमत छ है’ भनेर देखाउन पञ्चायतका शासकहरू सडकमा प्रदर्शन गर्थे ।

ओलीपक्षीय नेकपाका प्रवक्ता प्रदीप ज्ञवाली भने आफूहरूले सडकमा आन्दोलनभन्दा पनि सभा गर्न लागेको बताउँछन् । ‘हामीले जनतालाई अपिल गर्न खोजेका हौं । के कारणले सरकारले यो निष्कर्ष निकाल्यो भनेर जनताले थाहा पाउनुपर्‍यो । त्यो आन्दोलन होइन, सभा हो,’ उनले भने, ‘जहाँ हामीले यस यस कारणले यो निर्णय गरेका हौं, अब हामी यसरी जान्छौं भनेर अपिल गरिन्छ । अपिल गर्न सभा गर्नु र विरोधमा जुलुस गर्नुलाई एउटै ठान्न भएन नि त ।’

तर सिंगो सत्ताको सुविधाभोग गरिरहेको नेकपाले सरकारका नीति र कार्यक्रमबाटै नागरिक अपिल गर्नुपर्नेमा सडकमा उत्रिनु हतास मानसिकताको उपज भएको राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल बताउँछन् । ‘बाहिर भाषणमा जे भने पनि हुन्छ, आफू संवैधानिक र राजनीतिक दुवै हिसाबले कमजोर ठाउँमा छु भन्ने त प्रधानमन्त्रीलाई लागेकै छ नि,’ उनले भने, ‘उहाँको बोलाइ, हिँडाइ, उद्घाटन गराइ र सडकमा मान्छे उतारेर गर्न लागेको प्रदर्शन त्यसैको उपज हो ।’

दक्षिणपन्थी र उग्रवामपन्थीको साथ खोज्दै

४ सय ४१ केन्द्रीय कमिटी सदस्यमध्ये नेकपामा अहिले ४ सय २९ जना छन् । तीमध्ये वामदेव गौतमसहित तीन जना कुनै पनि गुटमा छैनन् । २ सय ७५ को हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गर्दै पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको छ । ४ सय ४१ जनालाई केन्द्रीय कमिटी सदस्य मान्ने हो भने पनि दाहाल–नेपालसँग मात्रै कम्तीमा ६२ प्रतिशत सदस्य छन् ।

यस हिसाबले ओलीसँग ४० प्रतिशत पनि पुग्दैन । पार्टीभित्रै अल्पमत, सरकारबाट फाइदा लिएका बाहेक सबै जनमत आफूविरुद्ध हुँदा स्वाभाविक रूपमा उनले आफ्नो नाडी छामेका छन् । त्यसैले पछिल्लोपटक यो संविधानसँग छुट्टाछुट्टै तर्कका आधारमा असहमति राख्ने दक्षिणपन्थी र उग्रवामपन्थीसँग ओलीले झुकाव बढाएको देखिन्छ । मठमन्दिर जाने, धार्मिक कुरा गर्नेदेखि शक्ति प्रदर्शनसमेत नारायणहिटी संग्रहालय अघिल्तिर गरेर दक्षिणपन्थीहरूको सदाशयता बटुल्नेसम्म प्रयास गरिरेहका ओलीको झुकाव उनैले भन्ने गरेको आतंक फैलाइरहेको उग्र वामपन्थी धारसँग पनि बढ्नु उनी कमजोर बन्दै गइरहेको राजनीतिक परिदृश्यको संकेत पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here