Home News बिहे न,गरेकी युवतीले अनै,तिक सम्बन्ध बाट बच्चा ज,नमाए यस्तो गरिन। कु,कुरले लुछि...

बिहे न,गरेकी युवतीले अनै,तिक सम्बन्ध बाट बच्चा ज,नमाए यस्तो गरिन। कु,कुरले लुछि लुछि खायो। Pyuthan

295
0

बिहे न,गरेकी युवतीले अनै,तिक सम्बन्ध बाट बच्चा ज,नमाए यस्तो गरिन। कु,कुरले लुछि लुछि खायो। Pyuthan




याे समचार पनि पढ्नुहोस्

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच हुँदै आएको सहमति र सहकार्य प्रदेशसभाको चौथो अधिवेशनको अन्त्यतिरबाट भंग भयो । संसद्को सार्वजनिक लेखा समिति सभापति शिवनारायण गनगाईले समितिको कामकाजमा सरकारी पक्षबाट असहयोग हुँदै आएको आरोप लगाए ।



‘समितिमा परेका उजुरी छानबिनका लागि सरकारले कागजात उपलब्ध नै नगराई असहयोग गर्दै आएकाले समितिहरू चलायमान हुन सकिरहेका छैनन्,’ उनले भने, ‘समितिले दिएका निर्देशनसमेत सरकारले कार्यान्वयन गर्दैन ।’

प्रदेशसभाले निर्माण गरेका ऐन कार्यान्वयनमा सरकार उदासीन देखिएको छ । सरकारले कार्यविधि, निर्देशिका, मार्गदर्शन बनाएर विकास निर्माणलगायतका काम गर्दै आएको छ । मन्त्रालयहरू विधेयक निर्माणमा पनि उदासीन देखिएका छन् ।

प्रतिपक्षी दलहरूसमेत सरकारको कामकाजलाई लिएर सन्तुष्ट छैनन् । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले राजनीतिक स्थिरता र संघीय व्यवस्था मजबुत बनाएर सिंहदरबारको अधिकार जनताको घरदैलोमै प्रत्याभूत गराउने अपेक्षा रहे पनि प्रदेशसभा र सरकार त्यसमा सफल नभएको बताए । कानुनविपरीत काम गर्दै सरकारले कार्यकर्ता पाल्न बजेट खर्चिंदै आएको उनको आरोप छ । सभामुख प्रदीपकुमार भण्डारी पनि प्रदेशसभाको कामबाट सन्तुष्ट देखिएनन् । बरु प्रदेशसभाको कामको मूल्यांकन जनतालाई गर्न दिने भन्दै उनले यसबारे केही नभन्ने बताए ।

मुख्यमन्त्री राईले शून्यबाट थालेर अहिलेसम्म धेरै महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे । सोचेजस्तो काम भने गर्न नसकेको उनले स्विकारे । ‘जिम्मेवारी सम्हाल्दा काम गर्ने भौतिक संरचना, कानुनी आधारलगायत केही थिएन,’ उनले भने, ‘अहिले कानुन, भौतिक संरचना निर्माण, आवधिक योजना, योजना छनोट गर्ने दिग्दर्शन, प्रदेशको प्रोफाइल, १० वर्षे सडक गुरुयोजना निर्माण गरेर काम अघि बढाउन सफल भएका छौं ।’ उनले प्रदेशवासीको चित्त बुझ्ने गरी सबैको सहमतिमा प्रदेश नामकरणको प्रयास भइरहेको बताए ।

प्रदेशसभा ‘बिजनेस’ विहीन

गत कात्तिक ४ मा चौथो अधिवेशन अन्त्य भएको प्रदेश २ को प्रदेशसभाले साढे ३ महिनायता ‘बिजनेस’ पाएको छैन । कांग्रेस सचेतक उपेन्द्र कुशवाह प्रदेशसभा बैठक नहुँदा कामविहीन बनेको बताउँछन् । उनले फुर्सदले भेटघाट र घरमा बस्दा पट्यार लाग्न थालेको भन्दै सांसदभन्दा वडा सदस्यकै पद राम्रो लाग्न थालेको टिप्पणी गरे । प्रदेश सरकारकै कारण सांसदको गरिमा संकटमा परेको उनको आरोप छ ।

संसद्को प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति एवं नेकपा सांसद रामचन्द्र मण्डलले प्रदेशसभा प्रदेश सरकारको अंग बनेको आरोप लगाए । ‘सरकारलाई सचेत गराएर निर्देशन दिन सक्ने प्रदेशसभा औपचारिकतामा मात्र सीमित हुँदा संसदीय व्यवस्थाको उपहास भएको छ,’ उनले भने, ‘सरकारलाई सुधार्ने स्थल प्रदेशसभाले सरकारको गलत रबैयालाई पनि साथ दिने गरेको छ ।’

जनता समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री रहेको यो प्रदेशले आफ्नो नाम र राजधानीसमेत पाएको छैन । प्रदेशसभा सचिव रञ्जित यादवका अनुसार १०७ सदस्यीय प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्ने प्रस्तावमा मतदान भए पनि दुई तिहाइ मत नपुग्दा प्रस्ताव खारेज भएको थियो । उक्त प्रस्तावमाथि गत चैत ५ मा मतदान भए पनि दलहरूको अडानका कारण पक्षमा आवश्यक ७२ मत नपुगेको हो ।

प्रदेश सरकारले कानुन निर्माणको चरण पूरा गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको दाबी छ । ‘सरकारले ३ वर्षमा संघीयता कार्यान्वयन गराउने ४२ वटा कानुन बनाएको छ,’ उनले भने, ‘आवश्यक कानुन बने । अब कार्यान्वयनको चरण छ । प्रदेश सरकारको अनुभूति हुने कार्य अब बल्ल आरम्भ हुनेछ ।’ यसबीचमा जनताले प्रदेश सरकारको अनुभूत गर्न नसकेको स्विकार्दै उनले अब कार्यान्वयन चरणमा अनुभूत गर्न पाउने बताए । संघीय सरकारको असहयोगले कतिपय महत्त्वपूर्ण प्रयास सफल हुन नसकेको उनको भनाइ छ । ‘संघीय सरकारले प्रहरी समायोजन नगर्दा प्रहरी ऐन कार्यान्यन हुन सकेको छैन,’ उनले भने, ‘प्रदेशको आफ्नै प्रहरी नहुँदा अपन शासन, अपन प्रशासनको अनुभूति हुन सकेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here