Home News आफनै दाई नाता पर्नेको पेट बोके पछि जन्मेको ब*च्चा लाई जि*उदै खोल्सामा...

आफनै दाई नाता पर्नेको पेट बोके पछि जन्मेको ब*च्चा लाई जि*उदै खोल्सामा फा लिन। Pyuthan News

278
0

आफनै दाई नाता पर्नेको पेट बोके पछि जन्मेको ब*च्चा लाई जि*उदै खोल्सामा फा लिन। Pyuthan News




याे समचार पनि पढ्नुहोस्

आमहडतालका कारण अस्पताल जाने बिरामीले पनि सास्ती भोग्नुपर्‍यो । राजधानीका ठूला सरकारी अस्पतालको ओपीडीमा निकै कम बिरामी पुगे । दिनमा लगभग १ हजार ५ सय बिरामी पुग्ने वीर अस्पतालमा आधा जति बिरामी मात्रै आएको निर्देशक डा.केदारप्रसाद सेन्चुरीले बताए ।

‘अस्पतालतर्फ कुनै सवारीसाधन आउन दिएनन्, म पनि हिँडेर आएँ,’ उनले भने, ‘ट्याक्सी चढेका बिरामी पनि सहिदगेटमै रोकेपछि अस्पताल आउन पाएनन् ।’

निर्देशक डा. सेन्चुरीले स्वास्थ्यकर्मी टाढाबाट आउनुपर्ने भएकाले आकस्मिक र शल्यक्रिया सेवामा समेत असर परेको बताए । दिनमा करिब १ हजार २ सय बिरामी पुग्ने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पनि बन्दको प्रभावमा पर्‍यो । सवारीसाधन नचलेकाले नयाँ बिरामी भर्ना हुन र पुराना बिरामी डिस्चार्ज भएर घर जान नपाएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए । ‘नियमित सेवामा असर पर्‍यो तर पहिलेका बन्दमा जस्तो धेरै प्रभाव परेन,’ उनले भने, ‘घर जानैपर्ने बिरामीलाई अस्पतालकै एम्बुलेन्समा हालेर पठायौं ।’

घाइते, हाडजोर्नी र चोटपटक लागेका बिरामी पुग्ने राष्ट्रिय ट्रमा सेन्टरमा बन्दका कारण कर्मचारीलाई एम्बुलेन्समा ओसारपसार गर्नुपरेको थियो । यो अस्पतालमा दिनमा ३ सय हाराहारी बिरामी पुग्थे । बिहीबार भने यो संख्या आधा भयो । बेड पाउन मुस्किल हुने आकस्मिक कक्षमा पनि चाप थिएन । नयाँ बिरामी भर्ना लिन र पुराना बिरामी घर पठाउन अप्ठेरो परेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । घाइतेहरूको उपचारमा ढिलाइ गर्दा ज्यान जाने, जीवनभर अंगभंग हुनुपर्ने भएकाले बन्दका कारण उपचारमा प्रभाव पर्न नहुने उनले बताए ।

दिनमा एक हजार जनाले जाँच र उपचार गराउने पाटन अस्पतालमा बिहीबार वरपरका बिरामी मात्रै पुगे । ‘बन्दको दिन खाली हुन्छ भनेर अस्पताल नजिकका मानिस धेरै आए तर टाढाबाट कोही आएनन्,’ अस्पतालका निर्देशक डा.रवि शाक्यले भने, ‘बिरामी डिस्चार्ज हुन पाएनन् ।’ आफ्नै सवारीमा अस्पताल आउने स्वास्थ्यकर्मी र चिकित्सकलाई पनि बाटोमा आन्दोलनकारीले रोकेको उनले बताए । ‘कोरोनाले यसै पनि बिरामी घटेका थिए,’ डा शाक्यले भने, ‘बिस्तारै बिरामीको संख्या बढ्दै थियो, फेरि यस्तै अस्थिरताले अस्पतालको सेवामा असर पुग्ने भयो ।’

दिनमा ६ सय बिरामी पुग्ने बानेश्वरस्थित निजामती अस्पताल (सिभिल) मा पनि आधा बिरामी घटे । सवारीसाधन सञ्चालन सहज नहुँदा फोनमार्फत काटिएका टिकट पनि रद्द भएको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए । ‘स्वास्थ्यकर्मी र कर्मचारीलाई भने अस्पतालको गाडीमा ल्यायौं,’ उनले भने, ‘ओपीडी र आकस्मिक कक्ष सुनसान जस्तै भयो । यसको असर भोलि बिरामीको संख्या दोब्बर हुन्छ । त्यति बेला व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

दिनमा ५ सय बिरामी पुग्ने बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि बिहीबार अरू बेलाजस्तो चहलपहल देखिएन । टाढाका बिरामी र स्वास्थ्यकर्मी अस्पताल पुग्न नसकेको निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए । ‘बाटैमा रोकिएपछि केही स्वास्थ्यकर्मी बिदामा बस्नुभयो,’ उनले भने, ‘बिरामी कम आएकाले जनशक्ति व्यवस्थापनमा भने खासै असर परेन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here