Home News नारायणहिटीमा ओलीलाई भब्य स्वागत गरिँदै, सभास्थलमा ओली पुग्नै लाग्दा यस्तो देखियो !Kp...

नारायणहिटीमा ओलीलाई भब्य स्वागत गरिँदै, सभास्थलमा ओली पुग्नै लाग्दा यस्तो देखियो !Kp Sharma Oli.

181
0

नारायणहिटीमा ओलीलाई भब्य स्वागत गरिँदै, सभास्थलमा ओली पुग्नै लाग्दा यस्तो देखियो !Kp Sharma Oli.





याे समचार पनि पढ्नुहोस्

वैशाखदेखि पारिश्रमिक नपाएपछि त्यहाँ कार्यरत प्राध्यापकहरू आन्दोलनमा छन् । गत पुस १३ देखि आफूहरू कलेज जान छाडेको डा. प्रणित पोखरेलले जानकारी दिए । वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरे पनि कलेजले न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको प्राध्यापकहरूले गुनासो गरे ।

१८ प्राध्यापक कलेज नगएपछि पठनपाठन प्रभावित बनेको विद्यार्थीहरूले बताए । ‘चैतदेखि लकडाउन भयो, वैशाखदेखि अनलाइन कक्षा लिएका थियौं,’ पोखरेलले भने, ‘पुसमा तलब पठायो तर आफ्नै हिसाबकिताबले कलेज गएको दिन गन्ती गरेर ज्यालादारीका आधारमा तलब दिइयो ।’ अनलाइनबाट पठनपाठन गराउँदा कलेजले तलब सुविधा दिन कन्जुस्याइँ गरेको उनीहरूको भनाइ छ ।




प्राध्यापकको तलब नदिएको कलेजले विद्यार्थीसँग भने सरकारले तोकेभन्दा ८ लाखभन्दा बढी शुल्क लिएको छ । ‘विद्यार्थीसँग लकडाउनका बेलाको शुल्क लिने, सरकारले तोकेभन्दा बढी पैसा असुल्ने तर प्राध्यापकहरूलाई न्यूनतम पनि नदिने गरिएको छ,’ अर्का प्राध्यापकले भने । तलब–सुविधा पाउनुपर्ने मागसहित १८ जनाले कलेज प्रशासनलाई निवेदनसमेत दिएका छन् ।

कलेजका अध्यक्ष बुद्धिमान श्रेष्ठले लकडाउन अवधिको न्यूनतम पारिश्रमिक दिने प्रतिबद्धता जनाएर अनलाइन कक्षा सञ्चालन गरेको उनीहरूले प्रस्ट्याए । ‘कलेजमा बिरामी नहुँदा खासै आउँदैनथ्यौं, घरमै बसेर पढाउ भनिएको थियो,’ पोखरेलले भने, ‘तलब दिँदा कलेज आएको दिनमात्रै गन्ती गरियो ।’ चैतदेखि लकडाउन सुरु भएपछि वैशाखदेखि साउनसम्म अनलाइन कक्षा सञ्चालन गरिएको थियो । साउनबाहेक महिनाको पूरा तलब नपाएको उनीहरूले जानकारी दिए ।

कलेजका विद्यार्थी पनि बढी शुल्क लिएको विषयमा आन्दोलित छन् । शुल्क फिर्ताका लागि उनीहरूले हस्ताक्षर संकलन गरेर कलेज प्रशासनलाई बुझाउने तयारी गरेका छन् । कान्तिपुर डेन्टल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको निजी कलेज हो । प्राध्यापकहरूलाई तलब नदिइएकामा विश्वविद्यालयको मेडिकल साइन्स फ्याकल्टी काउन्सिलले विरोध जनाएको छ । कोरोनाको महामारीमा पनि काम गरेका स्वास्थ्यकर्मीलाई सेवा सुविधा नदिइएकामा फ्याकल्टीका अध्यक्ष डा. मनोज हुमागाइँले असन्तुष्टि जनाए । कलेजका प्राध्यापकहरूको आन्दोलनमा काउन्सिलले ऐक्यबद्धता जनाएको छ ।

पुस १३ देखि आन्दोलन थालेका उनीहरूलाई प्रशासनले वैशाखको पारिश्रमिक दिएर वार्तामा बोलाएको थियो । उक्त वार्तामा कलेजका अध्यक्ष श्रेष्ठ उपस्थित भएनन् । कलेज सञ्चालक नै उपस्थिति नहुँदा वार्ता विफल भएको कलेजले जनाएको छ । ‘तलब दिन पनि मोलमोलाइ गरिएको छ,’ पोखरेलले भने । अहिले कलेजमा परीक्षा सञ्चालन भइरहेको छ । पारिश्रमिक नपाए प्रयोगात्मक परीक्षामा सहभागी नहुने प्राध्यापकहरूले बताएका छन् ।

कलेज प्रशासनले कोरोना र लकडाउनका कारण आम्दानी घटेकाले शिक्षक, कर्मचारीलाई पूरा पारिश्रमिक उपलब्ध गराउन असमर्थ भएको जनाएको छ । सूचना प्रकाशित गरेर कलेजले स्रोत साधनले भ्याएसम्म सबै कर्मचारीलाई बाँडफाँट गरी तलब दिएको दाबी गरेको छ । विद्यार्थीले भने आफूहरूसँग बढी शुल्क लिएर कलेजले प्राध्यापकहरूको श्रमशोषण गरेको बताएका छन् । ‘सरकारले तोकेको शुल्क १९ लाख ३२ हजार रुपैयाँ हो, कलेजले २७ लाख मागेको छ,’ बीडीएस अध्ययनरत एक छात्रले भने, ‘शिक्षकहरूलाई तलब नदिनुमा कोरोना बहाना मात्र हो ।’

विद्यार्थीसँग बढी शुल्क असुल्ने तर पारिश्रमिक नदिने कलेजलाई विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले पनि कुनै कारबाही नगरेको उनीहरूले गुनासो गरे । ‘चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयसँग विद्यार्थी, अभिभावक र प्राध्यापकका समस्या राख्यौं,’ ती छात्रले भने, ‘तर कसैले हाम्रा कुरा सुनेनन् ।’ आयोग र विश्वविद्यालयले शुल्कको नियमन गर्ने अधिकार पाएका छन् । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले कलेजका विद्यार्थी र प्राध्यापकहरूको समस्याबारे आधिकारिक जानकारी प्राप्त नभएको जनाए । उनले भने, ‘बढी शुल्क लिएको उजुरी आए कारबाही गर्छौं,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here