Home News Exclusive: राहुल र स्मिताको सन्तोषले वडा कार्यालय लगेर बनाउन लगाईदिए विवाह दर्ता।...

Exclusive: राहुल र स्मिताको सन्तोषले वडा कार्यालय लगेर बनाउन लगाईदिए विवाह दर्ता। बधाई दुबैलाई

339
0

Exclusive: राहुल र स्मिताको सन्तोषले वडा कार्यालय लगेर बनाउन लगाईदिए विवाह दर्ता। बधाई दुबैलाई





याे समचार पनि पढ्नुहोस्

ज्ञात इतिहास आरम्भ भएदेखि नै नेपालमा पठन संस्कृति र विद्वत्परम्परा कहिल्यै समृद्ध थिएन । लिच्छविकालताकाका चिनियाँ यात्रु युआन च्वाङ (सन् ६०२–६६४) ले नेपाल (काठमाडौं) बारे चर्चा गर्ने क्रममा यहाँका मानिस कालिगडीमा निपुण रहे पनि अपठित छन् भनेका थिए ।



मल्लकालीन अभिलेखमा प्रयुक्त भाषाको प्राञ्जलता लिच्छविकालीन अभिलेखहरूको भन्दा निम्नकोटिको रहेकाले मल्लकालीन बौद्धिक अवस्था अझ खस्किएको थियो भन्ने गरेका छन्, संस्कृत भाषा र लिपिमा पोख्त अभिलेखविद्हरूले । मल्लकालको अन्त्यपछि पनि नेपालको बौद्धिक परम्परा सुध्रिएन ।

यसको संकेत काठमाडौंस्थित इस्ट इन्डिया कम्पनीका आवासीय प्रतिनिधि ब्रायन हज्सन (सन् १८००–१८९४) ले सन् १८३७ मा लेखेको एउटा लेखोटमा पनि पाइन्छ, जहाँ उनले ‘यिनी (नेपाली) हरूको ध्यान हतियारबाट विमुख गराउने गरी यिनीहरूसँग न कला छ, न साहित्य छ, न व्यापार छ, न त उब्जाउ हुने जमिन नै छ’ भनी टिप्पणी गरेका थिए । नेपालको शैक्षिक दरिद्रताबारे टिप्पणी गर्ने क्रममा अर्का अंग्रेज अधिकारी डेनियल राइटले यहाँका शैक्षिक संस्थालाई ‘आइसल्यान्डका सर्प’ सँग तुलना गरेका थिए ।

नेपालको बौद्धिक विपन्नता र कमजोर पठन संस्कृतिलाई गिज्याउँदै उनले सन् १८७७ को आफ्नो किताब ‘हिस्ट्री अफ नेपाल’ मा लेखेका थिए, ‘गोर्खालीहरू आफूलाई कसरी व्यस्त राख्छन् र के गरेर रमाइलो गर्छन् भन्ने मैले अहिलेसम्म बुझ्न सकेको छैन । सैनिक बन्नुबाहेक उनीहरूसँग अर्को कुनै काम छैन, घरबाहिर खेल्ने उनीहरूसँग कुनै खेल छैन; तराई गएको बेलामा बाहेक उनीहरू कहिल्यै सिकार गर्दैनन्; र घरभित्रै आफूहरूलाई व्यस्त राख्ने गरी उनीहरूसँग कुनै साहित्य छैन । सारमा भन्नुपर्दा, फुर्सदिलो समय व्यतीत गर्नर् उनीहरूसँग कुनै चीज छैन, त्यसैले उनीहरू कुरा कथुर्ने, जुवा खेल्ने र दैहिक ऐयासीमा डुब्ने क्रियाकलापमा निर्लिप्त हुने गर्छन् ।’

यस्तो अवस्थाबाट बाहिर निस्किने मौका नेपाललाई बेलामौकामा प्राप्त भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धताका मानव सभ्यताले विद्याका क्षेत्रमा ठूलो फड्का मार्‍यो । तर, त्यस्ता अवसरबाट लाभ लिन नेपाली राज्य र यहाँको विद्वत् समुदाय चुक्यो । राणाकालताका लेखपढ र कर्मकाण्ड जानेको एउटा पुरेत र एउटा साँढे एउटा गाउँलाई पर्याप्त हुन्छ भन्ने आमधारणा थियो भनी भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेखेका छन् । एउटा गाउँमा कर्मकाण्ड चलाउन र सरकारी अड्डाबाट आउने टाँसपुर्जा पढ्न सक्ने दुई–चार साक्षर मानिस भए पुग्छ भनी त्यति बेलाका मानिस सोच्ने गर्थे । विसं २००७ मा प्रजातन्त्र आएपछि पनि नेपालको विद्वत् परिवेश र पठन संस्कृतिमा सुधार आएन । त्यति बेला साक्षरता दर १ प्रतिशतभन्दा कम थियो । देशभर सिर्फ ३२१ विद्यालय र ८,००० विद्यार्थी थिए ।

विज्ञानलाई नेपाली समाजले जीवनपद्धति बनाउन सकेको भए अध्ययन–अनुसन्धान हामीसँग अभिन्न रूपले गाँसिने थिए । तर, नेपाली समाजले आधुनिकतातिर फड्किनुको सट्टा परम्परागत जीवनपद्धतिलाई नै अँगालिरह्यो । जीविकालाई सहज र समृद्ध तुल्याउने गरी अन्यत्रका सफल प्रयोगबाट सिक्ने अभिरुचि हामीले देखाएनौं । पढेर अथवा अवलोकन गरेर नयाँ कुरा जान्ने र त्यसलाई व्यवहारमा उतार्ने अभीप्सा हामीमा रहेन । साक्षर कहलिएका पुरेतहरू फगत कर्मकाण्डी शिक्षामै सीमित भएकाले वैज्ञानिक ज्ञानपद्धति प्रकट भएन, जसका कारण साक्षरता र पठन संस्कृतिमा सुधार आउन सकेन ।

भारतीय उपमहाद्वीपको सभ्यताले मौखिक परम्पराबाट हुने ज्ञान हस्तान्तरणलाई प्रश्रय दिएकाले पनि साक्षरता र पठन संस्कृति हामीकहाँ विकसित हुन नसकेको हो । मौखिक ज्ञान परम्परामा गुरुले दिने शिक्षा उपदेश कहलिन्छ । शिष्यको हैसियत भक्तसरहको हुन्छ । त्यस्तो शिक्षण प्रणालीले खोज–अनुसन्धानमा स्वयं प्रवृत्त हुने चरित्रलाई प्रोत्साहन गर्दैन । विद्यालाई अभिलेख्य रूपमा राख्ने परम्परा कमजोर भएकाले पनि हामीकहाँ पुस्तकालय र पठन संस्कृतिको समुचित विकास हुन सकेन, जसको प्रभावबाट नेपाली समाज अझै मुक्त हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here