Home News रबि लामिछाने न्युज २४ छोडेपछि पहिलो पटक मिडियामा | नबोली यो लडा’ई...

रबि लामिछाने न्युज २४ छोडेपछि पहिलो पटक मिडियामा | नबोली यो लडा’ई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ

236
0

रबि लामिछाने न्युज २४ छोडेपछि पहिलो पटक मिडियामा | नबोली यो लडा’ई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ




याे समचार पनि पढ्नुहोस्

विश्व महामारीको सन्दर्भले तानेको सानो लहरोजस्तो छोराको यही उत्तरले आज मलाई विषयान्तर गराएको हो । उसको सरल उत्तरले मलाई अचानकै ख्याल हुन गयो, ऊ यतिखेर त्यस्तो देशमा छ, जसले नेपाल भनेपछि दुईखाले मान्छेहरूको देश भनेर चिन्दछ– लाहुरे र शेर्पा । छोराले सजिलोका लागि ‘लाहुरे’ शब्द प्रयोग गरे पनि तिनीहरूका लागि ती ब्रिटिस गोर्खा सेनाका बहादुरहरू हुन्, जसबारे धेरै कथ्य–कहानी बुनिसकिएको छ ।



अनेक किंवदन्तीहरू उनीहरूले सुनिसकेका छन् । तिनीहरूका बारेमा हाम्रा आफ्नै पनि फरक–फरक धारणा अवश्य छन् । तर शेर्पा ? जसको बारेमा हाम्रो आफ्नै समेत स्थूल धारणा बनिसकेको छैन । तर, जसको नामले विश्वका केही देशहरूले एउटा सुदूरको अनजान देशलाई चिन्दछ, वास्तवमा यो कुरा भने निकै घतलाग्दो छ । र, यही घतलाग्दो कुराले म यतिखेर ध्यानस्थ छु । अथवा भनूँ ध्यान विकेन्द्रित छु ।

छोराको मुखबाट व्यक्त हुन गएको त्यही ‘शेर्पा’ भन्ने शब्दले आज मलाई एक्कासि एघार वर्ष पुरानो आफ्नै एउटा यात्रा–कथा सम्झाइरहेको छ । र, खास मेरो विषयान्तरको यात्रा–कथा अब यही बिन्दुबाट सुरु हुन्छ । सन् २००९ डिसेम्बर–६ तारिखको दिन, हामी जर्मनिको ऐतिहासिक सहर कोलोन छाड्दैथ्यौँ । कोलोनबाट दक्षिण पूर्वमा अवस्थित जर्मनीकै अर्को प्रसिद्ध सहर हाइडलबर्गतर्फ प्रस्थान गर्दैथ्यौँ ।

‘हामी’ भन्नाले मेरो साथमा अन्य तीन कविहरू छन्– बेन्जु शर्मा, कृष्ण धरावासी र विप्लव प्रतीक । साथमा हाम्रो जर्मनी यात्राभरि पथ–प्रदर्शकको रूपमा खटिएका एक वृद्ध दम्पती– उल्फ बार्निके र यहन्ना बार्निके । यी दुई बूढा–बूढी जिटिजेड नामक नेपालस्थित एक जर्मन प्रोजेक्टमा कार्यरत हुँदा निकै समय नेपाल बसेका । त्यसैले पनि सम्भवतः उनीहरू हाम्रो पथप्रदर्शकको रूपमा चयन भएका हुन् । नोभेम्बर–३० तारिखबाट जोडिएर निरन्तर यात्रारत यो दस्तामा हामी जम्मा ६ जना छौं ।

यात्राको प्रसंग आइसकेपछि त्यसको संयोग र तारतम्यबारे पनि छोटोमा खुलाउनैपर्ने हुन्छ, छोटोमा । किनभने त्यसको वृत्तान्त बयान आजको विषयभित्र पर्दैन । मात्र यत्ति कोट्याइराख्दा काफी हुन्छ । हामी चार नेपाली कविहरू अनपेक्षित रूपले त्यो समय जर्मनीको कविता यात्रामा थियौँ । जर्मनीका पाँच ठूला र ऐतिहासिक सहरहरू बर्लिन,

लेइप्जिग, कोलोन, हाइडलबर्ग र फ्र्यांकफर्टमा हामीले कविता सुनाउनु थियो । चारै जना कविहरूले एउटै ‘सहर’ शीर्षकको कविता सुनाउँदै हिड्नुँपर्थ्यो, जुन शीर्षक हामीलाई नेपाल छँदै त्यही जीटीजेड नामक जर्मन प्रोजेक्टले प्रदान गरेको थियो । त्यसले त्यो शीर्षकमा झन्डै सयभन्दा बढी नेपाली कविलाई काठमाडौंमा ककटेल पार्टीसहित भेला गराएर कविता लेख्न अनुरोध गरेको थियो । तिनै कविमध्ये हामी चार जना छानिएर त्यो यात्रामा निस्किएका थियौं (यसको छुट्टै कथा छ, जसबारे आवश्यकता पर्‍यो भने पछि कतै चर्चा गारिनेछ) ।

यसरी बर्लिनबाट सुरु भएको हाम्रो कविता–यात्राको चौथो लक्षित सहरतिर अब हामी उन्मुख छौँ । योभन्दा अगाडि बर्लिन र लेइप्जिगको कार्यक्रम पूरा गरेर हामी कोलोन आइपुगेका हौँ । हाम्रो अन्तिम या पाँचौं डेस्टिनेसन सहर भनेको फ्र्यांकफर्ट हो, जो हाइडलबर्ग पुगेपछि जोडिन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here