Home News ग्रेटर नेपालको कुराले लियो यस्तो रुप! चीनले नेपाललाइ दरिलो साथ दिदै! ओलिको...

ग्रेटर नेपालको कुराले लियो यस्तो रुप! चीनले नेपाललाइ दरिलो साथ दिदै! ओलिको मोदिलाइ डाइरेक्टर फोन !

1041
0

ग्रेटर नेपालको कुराले लियो यस्तो रुप! चीनले नेपाललाइ दरिलो साथ दिदै! ओलिको मोदिलाइ डाइरेक्टर फोन !

अर्को समचार पनि पढ्नुहोस्
समाधानका निम्ति लिइने नीतिहरूबारे फरकफरक पक्षले फरकफरक बाटाहरू सिफारिस गर्नु तत्कालका निम्ति अस्वाभाविक होइन । कुनै पनि गहिरो घाउ सडेर बगेको पीप खराब त हुँदै हो, त्यसलाई पखाल्नु पनि अनिवार्य छ, तर पनि पीप केवल परिणाम मात्र हो ।
पीप बग्नुको कारण त गहिरो घाउ हो, त्यसलाई निको पार्नुचाहिँ मुख्य सरोकार ।

त्यसैले आजको संकटका सन्दर्भमा पनि नेपाली समाजको आर्थिक जगमा, राष्ट्रिय स्वाधीनताको भित्तामा, उत्पीडित जनजीवनका मझेरीहरूमा, श्रमिकहरूका पाखुराहरूमा अनि नागरिक स्वतन्त्रताको छानोमा सइन पल्टेका घाउ र लागेका चोटहरूमाथि ध्यान केन्द्रित गर्नु नै सतहमा प्रकट राजनीतिक संकटको पीपलाई बुझ्ने मुख्य दृष्टिद्वार बन्नु आवश्यक छ । नेपाली समाजको जगका ती घाउमय आधारभूत समस्याहरूलाई केवल छोपछाप पारेर जसरी राजनीतिक व्यवस्था कार्यकारी बनाइयो, त्यही व्यवस्थामै आजको संकटको मुख्य खलनायक प्रवृत्ति ढसमस्स बसेको छ भन्न अब किञ्चित् हिचकिचाउनुपर्दैन ।

खलनायक प्रवृत्तिभित्र पनि खास अवस्थामा एउटा प्रवृत्ति प्रधान पक्षका रूपमा कार्यकारी भूमिकामा आमनेसामने उपस्थित हुन आइपुग्छ भन्ने दार्शनिक मान्यताबाट हेर्दा यतिखेर प्रधानमन्त्री ओली प्रवृत्ति समग्र खलनायक प्रवृत्तिको पनि प्रधान पक्षका रूपमा प्रकट भएको छ। नेकपा(नेकपा)को एउटा सहोदर हाँगाका रूपमा रहेको ओली प्रवृत्तिले समस्यालाई नकारात्मक रूपमा समाधान गर्ने दुस्साहस गर्दा नै आजको संकट सतहमा प्रकट हुन पुगेको हो । त्यसैले आजको संकटलाई न त त्यस प्रवृत्तिले समस्याका रूपमा बुझ्छ, न नै ती समस्याको वस्तुगत जगतिर दृष्टि तन्काउन आवश्यक ठान्छ ।

यसर्थ नै यो प्रवृत्ति प्रतिगमनकारी साबित हुन पुगेको छ। यो प्रवृत्तिले यथार्थलाई बुझ्न अस्वीकार गरेकाले मात्र होइन, बरु यसले अब लगातार देश तथा जनविरोधी प्रपञ्चमाथि नै आफ्नो अस्तित्वरक्षाको यात्रालाई तीव्रता दिनेछ, त्यसो हुनाले संकट समाधानका निम्ति यस प्रवृत्तिसँग आम जनताको मित्रतापूर्ण संवाद–सहकार्यको ढोका पनि बन्द हुन पुगेको छ । त्यसकारण यस प्रवृत्तिले अघि सार्ने मध्यावधि निर्वाचन वा अन्य सर्वसत्तावादी अलोकतान्त्रिक सिफारिसहरू आजको संकटपूर्ण माहोलको विकल्पको सूचीबाट हट्न पुग्छन्।

त्यसैगरी विद्यमान संविधानलाई समेत उल्लंघन गरी लादिएको प्रतिगमनलाई मान्यता दिलाउन अघि सारिएको निर्वाचनलाई समेत लोकतन्त्र नै देख्ने अन्य पार्टी वा पार्टीभित्रका समूहहरू पनि सैद्धान्तिक रूपमा ओली प्रवृत्तिभित्रकै विभिन्न मुद्राबाहेक अरू हुन सक्दैनन्। त्यसैले तिनका तर्कहरू पनि सकारात्मक विकल्पको कोटिभित्र अटाउन सक्दैनन्। यस स्थितिमा नेपाली समाजको सतहमा प्रकट संकटलाई समाधान गर्न अघि सारिएका विकल्प, विकल्प अघि सार्ने शक्ति वा पक्षहरू र तिनले भविष्यको कुनै पनि आगतमाथि देखाउने व्यवहारले निर्माण हुन सक्ने परिस्थितिको प्रारम्भिक आकलन आजको अर्को महत्त्वपूर्ण आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here