Home News जंग’लको बीचमा १७ व’र्षीया कि*शोरीको यस्तोपछि ह*त्या, सिङ्गो गाउँ नै शो*कमा, यस्तो...

जंग’लको बीचमा १७ व’र्षीया कि*शोरीको यस्तोपछि ह*त्या, सिङ्गो गाउँ नै शो*कमा, यस्तो अवस्थामा भेटियो श’व (न्याय काे लागि सेयर गराै)

396
0

जंग’लको बीचमा १७ व’र्षीया कि*शोरीको यस्तोपछि ह*त्या, सिङ्गो गाउँ नै शो*कमा, यस्तो अवस्थामा भेटियो श’व (न्याय काे लागि सेयर गराै)





याे समचार पनि पढ्नुहोस्

जनताले लगभग दुईतिहाइको जनमत दिएर सरकारमा पुर्‍याएको नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष बित्दानबित्दै हठात प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशका लागि चुनावको घोषणा गरेपछि मुलुकमा यतिबेला द्वन्द्वात्मक अवस्था सिर्जना भएको छ। कोही प्रधानमन्त्रीका पक्षमा उभिएका छन्। कांग्रेसलगायत नेकपाकै माधव नेपाल र पुष्पकमल दाहाल समूह सडकमा उत्रिएको छ। अर्कातर्फ बुद्धिजीवीहरूले पनि प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै नागरिक आन्दोलन सुरु गरेका छन्।

प्रधानमन्त्रीको कदम यतिबेला सर्वोच्चको कसीमा तौलिँदै छ। जनताको आशा र भरोसाको केन्द्र सर्वोच्च अदालतमा विघटन ठीक वा बेठीक भनेर निरन्तर बहस जारी छ/ बहुमत दिएर स्थिरताका लागि सरकारमा पुर्‍याएको नेकपाका प्रधानमन्त्रीले दलीय स्वार्थ र भागबन्डा नमिलेपछि प्रतिनिधिसभा विघटन गरेको सबैको बुझाइ छ। त्यसैले प्रधानमन्त्रीले चालेको यो कदम ठीक हो/होइन भनेर हरेक नागरिक स्तरमा चर्चा चुलिँदो छ। न्याय क्षेत्रमा क्रियाशील मात्र होइन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत के सहर, के गाउँ, सबैतिरका नागरिकदेखि श्रम गरेर खाने श्रमिक वर्गसमेत संविधानको धारा–उपधाराबारे जानकार हुन थालेका छन्।

सरकारका पक्षमा नागरिक आवाज उठाउनु वा विपक्षमा आवाज उठाउनु, सबैको आआफ्नै स्वार्थ होला। तर सबैभन्दा बढी असर गरिखाने श्रमजीवी तथा पेसाकर्मीलाई असर गरेको छ। दिनहुँ देशभर जनताको दैनिकीलाई असर पर्ने गरी सभा–सम्मेलन तथा हडताल भइरहेका छन्। कोरोना संक्रमणको जोखिमबाट रोकथामका लागि गत चैतदेखि सुरु भएको लकडाउनले थिलथिलो भएको आर्थिक क्षेत्रसँगै सबैभन्दा पीडित श्रमजीवी वर्ग भएका थिए। अर्थतन्त्रले केही राहत महसुस गरिरहेकै बेला फेरि मुलुक द्वन्द्वात्मक स्थितिमा पुग्दा सबैभन्दा पीडित तिनै श्रमिक वर्ग बन्न पुगेका छन्।

राजनीतिक स्थिरताबाट मुलुकलाई समृद्धिसँगै अर्थतन्त्र चलायमान बनाई सबै प्रकारका पेसाकर्मीलाई राहत दिनुपर्ने स्थानमा आहत दिने कार्य भइरहेको छ। यी अभियानसँग पेसाकर्मीको कुनै तालुक छैन। न उनीहरूले मुलुक सञ्चालन गर्ने स्थानमा आफूलाई पुर्‍याइदेऊ भनेका छन्, न त राज्य सञ्चालनकै अभिप्राय व्यक्त गरेका छन्। मात्र राजनीतिक स्थिरता कायम गरिदेऊ र गरिखान सहज बनाइदेऊ भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here