Home News टिकटकमा भाइरल भइन्छ भनेको सुनेर घाटीमा पासो लगाएर टिकटक बनाउदा यस्तो भो।...

टिकटकमा भाइरल भइन्छ भनेको सुनेर घाटीमा पासो लगाएर टिकटक बनाउदा यस्तो भो। Dang News

194
0

टिकटकमा भाइरल भइन्छ भनेको सुनेर घाटीमा पासो लगाएर टिकटक बनाउदा यस्तो भो। Dang News | Sujal Gm




याे समचार पनि पढ्नुहोस्

शुक्रबार बिहानदेखिको हिमपातले मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १० डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘चिसो अत्यधिक बढेको छ । कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । शुक्रबार र शनिबार गरेर एक फुटभन्दा बढी हिउँ जमेको छ ।’ शनिबार सुरक्षा निकायले हिउँ पन्छाएर बाटो खोल्ने प्रयास गरे पनि पुनः हिमपात दोहोरिएर बाटो अवरुद्ध भएको छ ।

आइतबार गोरेटो तथा मोटरबाटो खुलाउन पहल गरिने प्रजिअ लामिछानेले बताए । मनाङको नासों गाउँपालिका–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको छ । मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकामा एक फिटभन्दा बाक्लो हिमपात भएको हो । सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसानहरू भने खुसी छन् । हिमपातले आलु, फापर, गहुँ, जौ, उवालगायत बालीलाई राम्रो गर्ने गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताए । निस्याङ गाउँपालिका–१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेका अनुसार मनाङमा यो वर्षको पहिलो हिमपात हो । शनिबार लमजुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।

निभ्यो डढेलो
हिमपातले मनाङको ताचैमा लागेको डढेलो निभेको छ । दुई सातादेखि लागेको आगो शुक्रबारको हिमपातले निभेको हो । मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाको जंगलमा पुनः आगो लागेको थियो ।

जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग गर्दा पनि नियन्त्रणमा नआएको आगो अब भने रोकथाम भएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हिमपातले मनाङको डढेलो नियन्त्रण भएको छ ।’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पनि हिमपातपछि डढेलो नियन्त्रणमा आएको बताए । ‘गाउँको चारैतिरका डाँडाकाँडामा आगलागी भएको थियो, अहिले नियन्त्रणमा आयो’, उनले भने, ‘आगो निभाउन नसक्दा साह्रै चिन्तामा थियौं, हिमपातले हाइसन्चो बनायो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here