Home News ७० बर्षका श्रीमान २० बर्षीय श्रीमतीको जोडी टिक-टकमा यसरी रम्दै सिरियलमा खेल्न...

७० बर्षका श्रीमान २० बर्षीय श्रीमतीको जोडी टिक-टकमा यसरी रम्दै सिरियलमा खेल्न अफर(भिडियो सहित)

149
0

इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।



बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।

आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन ।

अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । भाइरल पुजा र निकै हसाउने बाजेले टिकटक बनाएको देखेर सबै चकित बनाए ।

हेर्नुहोस तलको भिडियो छक्क पर्नुहुनेछ ।

याे समचार पनि पढ्नुहोस्
नेकपा (ओली समूह) ले दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावलाई अघि बढाउन अवरोध गर्दै कांग्रेसलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न जारी राखेको छ । अविश्वासको प्रस्ताव तत्काल अघि बढाउँदा कांग्रेसले नेकपाको दाहाल–नेपाल समूहलाई साथ दिने सम्भावना बढेपछि ओली समूहले यस्तो रणनीति बनाएको हो । कांग्रेसले भने अविश्वासको प्रस्तावउपर मतदानको मिति तय नभएसम्म निर्णय नगर्ने जनाएको छ ।

ओली समूहकै दबाबले प्रदेश १ सभाको बैठक आइतबारबाट फागुन ९ गतेसम्म स्थगन गरिएको छ । यसअघि वाग्मती प्रदेशसभाको बैठक फागुन ५ गतेसम्म स्थगन गरिएको थियो । केपी शर्मा ओलीपक्षीय दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव मात्रै एजेन्डा भएको र अविश्वासको प्रस्तावलाई मतदानमा लगिहाल्दा सरकार गुम्ने जोखिम ओली समूहले देखेको छ । त्यसैले त्यतिञ्जेल कांग्रेसलाई रिझाउने प्रयासमा प्रधानमन्त्री ओली लागिरहेको स्रोतले बताएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेकपा विभाजन नभएको र जुनसुकै बेला मिल्ने सम्भावना कायमै रहेकाले कांग्रेसले निर्णय गर्न हतारो नगरेको बताए । उनले मतदानको मिति तय भएपछि भने कांग्रेसले निर्णय लिने बताए । कांग्रेसको निर्णय तत्काल नआउनु र नेकपाको दाहाल–नेपाल समूहसँगको गठबन्धनमा जाने दृष्टिकोणसमेत बनाइनसक्नुलाई ओली समूहले आफ्नो पक्षमा ल्याउन सकिने भनेर बुझेको छ । अविश्वासको प्रस्तावविरुद्ध जान कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै अप्ठ्यारो परेपछि निर्णयमा ढिलाइ गरेको बुझाइ ओलीपक्षका नेताहरूमा छ ।

नेकपाका दुवै समूह दुइटा प्रदेशमध्ये एउटामा मुख्यमन्त्री दिएर कांग्रेसलाई आफ्नो पक्षमा तान्ने कसरतमा छन् । दुवै प्रदेशमा सरकार बचाउन र फेरबदल गर्न कांग्रेस निर्णायक छ । कांग्रेस सभापति देउवाले केही दिनअघि कुन समूहसँग गठबन्धन गर्ने भन्नेबारे सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । दुवै प्रदेशका अधिकांश सदस्यले ओली समूहसँग गठनबन्धन गर्न नहुनेमा जोड दिएका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक मानेर सडक आन्दोलन गरिरहेका बेला प्रदेशमा ओली समूहसँगै गठबन्धन गर्न नैतिक र राजनीतिक रूपमा पनि नमिल्ने तर्क उनीहरूको थियो । ओली समूहसँग मिल्दा असंवैधानिक कदमलाई कांग्रेसले काँध थापेको सन्देश जाने भन्दै उनीहरूले दाहाल–नेपाल समूहसँगको गठबन्धनमा जोड दिएका थिए ।

देउवाले अझै केही दिन पर्ख र हेरकै अवस्थामा पार्टीलाई राख्न चाहेका छन् । कांग्रेसका संस्थापनइतर खेमाले समेत सभापतिको यो ढिलाइलाई ओलीसँग गठबन्धन गर्न चाहेको आशंका गरेको छ । ‘प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव आउँदा पछि धकेल्न नहुने हो । यसमा हाम्रै पार्टीको नेतृत्वको भूमिकाले पनि कतै न कतै काम गरेको छ,’ संस्थापनइतर खेमाका एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संसद्को प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव आउँदा विपक्षमा उभिन नमिल्ने बताए । सहमहामन्त्री महतले नेकपाका दुई समूहको आन्तरिक झगडाका कारण प्रदेश संसद् बैठक धकलिँदै गएकाले कांग्रेसले अहिल्यै निर्णय दिनु अपरिपक्व हुने बताए ।

‘अविश्वासको प्रस्ताव हामीसँग सोधेर राखेका पनि होइनन्, सभामुखले सोधेर बैठक स्थगन गरेका पनि होइनन् । उनीहरू (नेकपाका दुई समूह) बीचकै झगडाले अझै कहिले मतदान हुने ठेगान छैन,’ उनले भने, ‘आफ्नो अनुकूलमा कांग्रेसले निर्णय गर्ला भनेर बैठक राख्ने नराख्ने कुरा उनीहरूले गरेका होलान् । सत्तामा हुनेलाई कांग्रेसले साथ दिए सरकार बचाउन सकिएला भन्ने होला । सत्तामा नहुनेले अविश्वासको पक्षमा मतदान गरिदिए सत्तामा जान पाइएला भन्ने आस गरेको होला । तर, अहिलेसम्म उनीहरू एउटै छन् । हामी हतार गरेर यता र उता कतै निर्णय गर्दैनौं ।’ प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पनि अविश्वासको प्रस्ताव टेबुल भएपछि मात्रै केन्द्रसँग समन्वय गरेर निर्णय गर्ने बताए । ‘कांग्रेस अनिर्णय भएकाले संसद् बैठक सरेको होइन । सरकार निर्लज्ज भएर आफैं बैठक अवरोध गरेको हो,’ उनले भने 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here