Home News Exclusive: बिजय शाहले गरे चमत्कार: १३ जनालाई सिकाए फर्मुला, Student ले क्यामराकै...

Exclusive: बिजय शाहले गरे चमत्कार: १३ जनालाई सिकाए फर्मुला, Student ले क्यामराकै अगाडी गरे Live डेमो

237
0

Exclusive: बिजय शाहले गरे चमत्कार: १३ जनालाई सिकाए फर्मुला, Student ले क्यामराकै अगाडी गरे Live डेमो




याे समचार पनि पढ्नुहोस्

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची बनाएर आइतबार बोलाइएको प्रदेश १ सभाको बैठक सत्तापक्षले नै अवरुद्ध गरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री राई पक्षधर सांसदहरूले उठेर अवरुद्ध गरेका थिए । अवरोधपछि बैठक कार्यसूचीमा प्रवेश नै नभई फागुन ९ सम्म स्थगन गरिएको छ ।



बैठक सुरु हुनासाथ नेकपा (ओली समूह) का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्री राईले संसदीय दल सदस्यबाट तीन महिनाका लागि निलम्बन गरेका १६ जना सदस्यलाई बैठकबाट बाहिर निकाल्न माग गरेका थिए । उनी उठेलगत्तै मुख्यमन्त्री राईनिकट अन्य ५ जना सांसदले पनि उठेर अवरोध गरेका थिए । सभामुख भण्डारीले प्रदेशसभा सदस्यहरूलाई बस्न पटक–पटक आग्रह गर्दा पनि नमानेपछि बैठक स्थगनको घोषणा गरेका थिए ।

सभामुख भण्डारीले प्रदेशसभा बैठक बस्नु अगाडि बिहान ११ बजे बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा राई पक्षधर सांसदहरूले प्रदेशसभा बैठक सूचना टाँसेर सहमतिमै स्थगन गर्न आग्रह गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपा दाहाल–नेपाल समूहले मानेनन् । विवादकै बीच कार्यसूची तय गरेर झन्डै दुई घण्टा ढिलो प्रदेशसभा बैठक सुरु गरिएको थियो । बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको थियो ।

नेकपा (ओली समूह) का प्रमुख सचेतक राजभण्डारीले नेकपा विभाजनको औपचारिक घोषणा नभएसम्म प्रदेशसभा बैठक बस्न नदिने बताए । ‘नेकपाको औपचारिक विभाजनको प्रतीक्षा गर्न नसक्ने हो भने मुख्यमन्त्रीले १६ जना प्रदेशसभा सदस्यलाई गरेको कारबाही सभामुखले कार्यान्वयन गर्नुको विकल्प छैन,’ उनले भने । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिमा गरेको सहमतिविपरीत प्रदेशसभा बैठकमा भूमिका निर्बाह गरेको आरोप लगाए ।

‘प्रदेशसभा बैठकमा सभामुख भण्डारीको भूमिका शंकास्पद देखियो,’ उनले भने, ‘सभामुख भण्डारी सरकारको कठपुतली बनेको र उनले मुख्यमन्त्री राईसँग सेटिङ गरेको आभास भएको छ ।’ आफूहरू २१ जना उठेर सदन अवरोध गर्न खोज्दा सभामुख भण्डारीले नगर्ने तर मुख्यमन्त्री पक्षधर ६ जनाले उठेर अवरोध गर्दा लामो समयसम्म सदन स्थगन गर्नुले सेटिङको आभास भएको कार्कीको भनाइ थियो । उनले सत्तापक्ष प्रदेशसभा बैठक अवरुद्ध गरेर नग्न रूपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले तत्काल सदन सञ्चालन गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here