Home News भारतमा रुवाबासी: एक्कासी ठुलो बज्रपात जताततै श’व, हिमताल भयंकर वि’स्फोट हुँदा १५३...

भारतमा रुवाबासी: एक्कासी ठुलो बज्रपात जताततै श’व, हिमताल भयंकर वि’स्फोट हुँदा १५३ जना बेपत्ता

271
0

भारतमा रुवाबासी: एक्कासी ठुलो बज्रपात जताततै श’व, हिमताल भयंकर वि’स्फोट हुँदा १५३ जना बेपत्ता !





याे पनि पढ्नुहाेस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गरेका छन्। राजधानीमा सोमबार आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘केपी ओली अब रक्षात्मक हुनेतिर गइसके। उनीहरु डिफेन्सिप हुने वातावरण बनिसक्यो,’उनले भने। वातावरण विस्तारै सकारात्मकतिर गएको र यसले प्रतिक्रान्तिकारीहरुलाई हराइ छोड्ने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले काठमाडौंमा माघ २३ गते गरेको जनप्रदर्शनमा ३५ हजार बढी मानिस सहभागी नभएपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको दावी गरेका हुन्।

‘ओलीले माघ २३ गते काठमाडौंमा गरेको जनप्रदर्शनमा ३ लाख जनता उतार्ने धाक दिएपनि ओलीका सेक्युरिटीले नै ३०/३५ हजारभन्दा बढी मानिस नआएको भनेपछि उनीहरुबीच नै विवाद भयो,’प्रचण्डले भने। पुष १४ र माघ ९ गते देशव्यायापी जनपरिचालन र माघ २२ को आमहडतालदेखि अब आउने २८ गते कार्यक्रमसम्म एउटा नयाँ वातावरण बनिसक्ने उनले भनाइ छ। उनले जनताको विश्वास जित्नकै लागि आफूहरु सडकमा गएको जिकिर गरे। ‘सबैभन्दा पहिला हामी लिडरसीप नै जनताको भरोसा जित्नका लागि पहिले सडकमा नदेखिकन अरुको विश्वास जित्न नसकिने भएकाले हामी सडकमा गएका हौं,उनले भने।’
अध्यक्ष प्रचण्डले माघ २८ गतेको जनप्रदर्शनमा एकतावद्ध भएर लाग्न शिक्षक संगठनलाई आग्रह गरे। आफूहरु जितेर आएपछि शिक्षक संगठनका मुद्दा पहिलो प्राथमिकतामा राख्ने आश्वासन समेत उनले दिए। ‘ हामी एकतावद्ध भएर एउटा एेतिहासिक जनप्रदर्शन गर्नुछ। यसमा तपाईँहरु अहम भूमिका खेल्नुहोस्। हामीले जितेर आएपछि तपाईहरुले उठाएका मुद्दालाई उच्च प्राथमिकताका साथ राखिनेछ,’ उनले भने।’

प्रचण्ड-नेपाल पक्षले माघ २८ गते काठमाडौंमा अर्को जनप्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेम भएको छ। पछिल्लो समय दुवै समूहमा जनप्रदर्शन गर्ने होडबाजी चलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here