Home News बैतडीको भगरथिको न्यायको लागि उर्लियो जना सगर हेर्नुस। अपरा धीलाई जिउ दै...

बैतडीको भगरथिको न्यायको लागि उर्लियो जना सगर हेर्नुस। अपरा धीलाई जिउ दै आ गो लाउचौ | Baitadi News

165
0

बैतडीको भगरथिको न्यायको लागि उर्लियो जना सगर हेर्नुस। अपरा धीलाई जिउ दै आ गो लाउचौ | Baitadi News




याे समचार पनि पढ्नुहोस्

महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ छ : मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ। जुन दिन शान्ति खोज्दै पशुपतिमा प्रार्थना गरिँदै थियो सोही दिन देशमा अशान्ति थियो। नागरिक अगुवा राजधानी त्यो पनि बालुवाटार आसपासमा पानीको फोहोरा, लाठीको वर्षा र टाउकोमा चोट सहँदै थिए।

काठमाडौंमा पानीविना काकाकूल बनेका जनताको मर्म र मेलम्चीको सपना पूरा नहँुदै सडकभरि पानीको बाढी बहँदै थियो नागरिकको मुख बन्द गर्न। हिजोआज राँके जुलुस, सिठी जुलुस र मोटरसाइकल जुलुसले बाटो ढाकिएको छ। दशौं हजारको मोटरसाइकल जुलुस गर्दै कोही घरमा नबस्ने, सबै सडकमा आउने उर्दीसमेत जारी भएको देखिन्छ।

गरिब जनता रोजीरोटीका लागि सडक हिँड्न नसक्ने भएका छन्। बाटो बन्द भएको छ भने विदेशबाट आयात गरिएको इन्धनलाई गलत प्रयोग गरेर फजुल उडाइँदै छ। चप्पल पड्काउनेहरू प्राडो र पजेरो अनि आलिशान महलमा बढोत्तरी भएका छन्। जिमखाना, हेलिप्याड, करोडौंका कार्पेट र गाडी फेर्र्ने भएका छन्। लाखौंलाखका शौचालय बन्दैछन् भने भइरहेको पुल्चोक क्वार्टर भैंसेपाटीको आलिशान महलमा परिणत हँुदैछ। व्यापारिक कामका लागि देश क्रेता भएको छ र विदेशी बिक्रेता भएका छन्। जनताको दैनिकी कोरोनाको बहानामा बन्द भएको छ भने साहुको ऋण तिर्न र विप्रेषणबाट आएको रकमले देशको अर्थतन्त्र बलियो पार्न विदेश भासिएकाहरू धमाधम बाकसभित्र बन्दी भई फर्किरहेका छन्।

सरकार बेसहाराको सहारा र सबैको अभिभावक बन्नुपर्नेमा जनता भोकभोकै तड्पिएको अवस्था छ। महिनौंसम्म खुलामञ्चमा थाल थापेर भोक टारे, घर जान हिँडेकाहरू लामो दूरी पैदल पार गर्न नसकी बाटैमा मरे। कोही लुकेर स्वदेश फर्कंदा महकालीमा डुबेर मरे। कतिलाई कट्टुका भरमा सहर घुमाइयो, बेइज्जत गरियो, केवल स्वदेश फर्केकै कारण !

यातायातमा ज्यादै कडाइ गरियो। एक ठाउँबाट अर्को ठाउँ जान दिइएन। कैदीको व्यवहार गरियो। त्यत्रो कडाइ गर्दा पनि कोरोना घटेन, बढ्यो। भागेर साइकलमा लामो दूरी पार गर्न खोज्दा बाटैमा कति लडेर मरे। बन्दबन्दीमा यतिसम्म गरियो कि आफ्नाको अनुहारसम्म देख्न नपाई छट्पटिएर मरे। यो कथा नभएर यथार्थ हो। सत्ययुगको स्वस्थानीको गरिबी र आधुनिक युगको मुनामदनको र हालैको गरिबीमा फरक छैन। देशमा हालत उही छ भने गणतन्त्र आए पनि जनतालाई के फरक भयो त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here