Home News विनयले सपनालाई विहेको प्रस्ताव गरेको खुलासा ।। विनयका सहयोगीले खोले विनयजंगको पोल

विनयले सपनालाई विहेको प्रस्ताव गरेको खुलासा ।। विनयका सहयोगीले खोले विनयजंगको पोल

293
0

विनयले सपनालाई विहेको प्रस्ताव गरेको खुलासा ।। विनयका सहयोगीले खोले विनयजंगको पोल




नङ पाल्ने सौखले खातामा जम्मा भयो ४ लाख !
जनकपुर– समाजमा मान्छेका अनेक सौख हुन्छन् । कहिलेकाहिँ त्यही सौख उनीहरुको पहिचान वन्ने गर्छ ।त्यस्तै सौ’ख भएका ब्यक्ति हुन्– जनकपुर उपमहानगरपालिका–१७, कनकपट्टीका दिनेशसिंह यादव ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल रहेका यादवको नङ पाल्ने सौख छ। र लामो नङ पालेरै उनी आफनो पहिचान वनाउन चाहान्छन् ।

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको उनको दावी छ। हातका औलाको नङ ४० इन्चसम्मको भइसकेको उनी वताउँछन् ।वाहिर जाँदा नङ हेर्न र फोटो खिच्नका लागि मानिसहरुको होडवाजी चल्ने गरेको उनको अनुभव छ।

विदेशमा काम गर्ने केही कनकपट्टीवासीले उनको नङका बारेमा प्रचारप्रसार पनि गर्ने गरेका छन् । जसका कारण युएसए र जापानवासीले नङको संरक्षणकै लागि भनेर आर्थिक सहयोग गर्ने गरेका छन् ।

युएसए र जापानवासीले मासिक १५ हजार रकम सहयोग गरिरहेको उनले वताए । त्यसवेला गर्व महसुस हुने गरेको उनले वताए । नङ पाल्दा उनलाई खुसीसँगै पी’डा पनि हुने गरेको छ ।

विशेष गरेर जाडो महिनामा नङकै कारण सुत्न स’मस्या हुने गरेको उनले बताए। सुत्दा नङ न’भाचियोस भनेर जोगाएर सुत्नु पर्ने भएकाले स’मस्या हुने गरेको उनको भनाई छ ।

ओढ्ने–ओछ्याउनेको समस्याले जाडा याममा नङ जोगाउन स’मस्य हुने गरेको दिनेशले वताए ।नङ पालेर विश्व रेकर्ड कायम गर्न विदेशवाट समेत सहयोग पाउँदा आफनो देशको सरकारले भने वास्तै नगर्दा उनलाई दुःख लागेको छ ।

सहयोगका लागि आएको मध्ये ५ सय खर्च हुन्छ, अरु बैंकमा जम्मा गरेको छु’ उनले भने–‘त्यो पैसा अहिले करिव ४ लाख पुगेको छ।’आफुले प्रदेश २ का मुख्यमन्त्रीसँग पनि भेटेको र आर्थिक सहयोगको लागि आग्रह गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here