Home News भर्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, सर्वोच्चमा बहस चलिरहेकै बेला यस्तो घोषणा...

भर्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, सर्वोच्चमा बहस चलिरहेकै बेला यस्तो घोषणा PM KP Oli.

337
0

भर्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, सर्वोच्चमा बहस चलिरहेकै बेला यस्तो घोषणा PM KP Oli




याे समचार पनि पढ्नुहोस्

कवि विनोदविक्रम केसीको ‘जुलुस गइरहने मान्छे’ कविता अहिले चर्चामा छ । कविता पढ्दै गर्दा, सुन्दै गर्दा त्यो जुलुसमा म आफूलाई कवि केसीसँगै पाउँछु । काठमाडौं सहर अहिले जुलुसमय छ । माइतीघर चोकको दक्षिणपट्टिको कुनो जुलुस गर्ने स्थायी ठेगाना बनेको छ ।



विरोधका अनेक रंग र रूप देख्न पाइन्छ त्यहाँ । कहिले किसान, कहिले विद्यार्थी, कहिले अधिकारकर्मी र कहिले नाट्यकर्मी आएर उभिन्छन् त्यहाँ, अनि नारा लगाउँछन् मूर्दावाद–मूर्दावाद । कोही नाटकबाटै मूर्दावाद मञ्चन गर्छन्, कोही गायनबाट अनि कोही कविताबाट ।

माइतीघर चोकको कुनोमा बसेर लगाइएका अनेक शैलीका ती मूर्दावादका नारा सिंहदरबारको कानसम्म भने अझै पुग्न सकेको छैन । सिंहदरबारका झ्यालहरूमा बाक्लो कालो सिसा लगाइएको छ । त्यसैले बाहिर लगाइएका चर्का नारा ती सिसाभित्र पस्दैनन् । अग्ला पर्खालले घेरिएको सिंहदरबारभित्र हामीले नै चुनेर पठाएका प्रतिनिधिहरू बस्छन् । सिंहदरबारबाहिर ती हाम्रा प्रतिनिधि भए पनि दरबारको अजंगको मूलद्वारभित्र प्रवेश गर्नेबित्तिकै ती जनप्रतिनिधिबाट शासकमा परिणत हुन्छन् ।

अजबको वातावरण छ, सिंहदरबारभित्र । सिंहदरबारले नसुनेको आवाज सुनाउन बालुवाटार मार्च गरेका छन् नागरिक अगुवाहरूले । बालुवाटार अर्थात् प्रधानमन्त्रीको सरकारी निवास । केही वर्षदेखि शक्ति केन्द्र बनेको छ बालुवाटार । वर्क फ्रम होमको अनुकरणीय उदाहरण हो, बालुवाटार । हाम्रा प्रधानमन्त्री कार्यालय जाँदैनन्, सम्पूर्ण काम घरबाटै गर्छन् । वर्क फ्रम होमले विश्वभरि नै कार्यालय सञ्चालन र व्यवस्थापनको परिभाषा बदलेको छ । तर हाम्रा प्रधानमन्त्रीहरूले कोभिड प्रकोप सुरु हुनुभन्दा निकै वर्षअघिदेखि नै वर्क फ्रम होमको चलन चलाएका छन् ।

केसीसँगै हिँडिरहेको त्यो जुलुस नागरिकहरूको हो, जो आन्दोलित भएका छन् प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध । बृहत् नागरिक आन्दोलनको तुल अघिअघि छ जुलुसको । पछि­पछि छातीमा, हातमा, निधारमा विरोधका आवाजहरू बोकेर लामबद्ध छन्, आन्दोलनका सहयात्री नागरिकहरू । जुलुसमा युवा छन्, प्रौढ छन्, सेतै कपाल फुलेका केही वृद्धहरू पनि छन् । ती लामबद्ध विभिन्न पेसाकर्मी नागरिकको जुलुसलाई सहर झ्यालबाट नियालिरहेको छ । आन्दोलनका उभार उठ्दा सहर यसरी नै आन्दोलनलाई नियाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here