Home News भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने...

भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने Rabi Baitadi

174
0

भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने Rabi Baitadi




याे समचार पनि पढ्नुहोस्

सडकमा मार्च गर्ने युवा, पानीको फोहराको झट्का खाने युवा, सडकमा प्रहरीको लट्ठी खाने युवा र झ्यालबाट नियालिरहेका पनि युवा । सबै यही देशका युवा नै हुन् । पढेलेखेका र होनहार । यी युवाको सोचमा यत्रो भिन्नताचाहिँ किन होला ?

किन ती झ्यालबाट नियालिरहेका युवा सडकमा अधिकारका लागि उर्लेका युवासँग मिसिन चाहँदैनन् ? किन रमिते नै रहन चाहन्छन् उनीहरू सधैं ? प्रश्न गम्भीर छ । तर उनीहरूसँग सहज उत्तर छ­ ‘राजनीति फोहरी खेल हो’ । राजनीति फोहरी खेल हो भने यसलाई सफा बनाउने जिम्माचाहिँ कस्को त ? पढेलेखेका, सचेत, समझदार, जेहेनदार युवाहरूकै त हो ।

जो सडकमा छन्, जो राजनीतिक व्यवस्थामाथि आएको संकटको विरोध गरिरहेका छन्, जो लामो संघर्षपछि लेखिएको संविधानमाथि भएको ‘कू’ को विरुद्धमा आवाज उठाइरहेका छन्, जो नागरिकको बोल्न पाउने, लेख्न पाउने, गलतलाई गलत भन्न पाउने अधिकारको रक्षाका लागि सडकमा छन्, जो भ्रष्टाचारका विरुद्ध एकताबद्ध भएका छन्, जो समाजका हरेक तह–तप्कामा भएको अतिराजनीतीकरणको विरोधमा छन्, ती कसरी पाखे र पेड ? अनि ती जो रमिता हेर्छन्, जो राजनीतिमा देखिएको सबै अति मात्र झ्यालमा बसेर नियाल्छन् । के भन्ने तिनलाई ?

सहर प्रश्न गर्छ बेलाबेला– के लछार्‍यो गणतन्त्र आएर ? के दियो नयाँ संविधानले ? के दियो लोकतन्त्रले ? एक राजा हट्यो तर अहिले हरेकलाई राजा बन्ने र राजकीय सोख पाल्ने अभिलाषा जागेको छ । शिक्षा, स्वास्थ्य, निजामती सेवादेखि सार्वजनिक सेवासम्म राजनीतिको फोहर र भ्रष्टाचारले लतपतिएका छन् । सरकार जनतासँग हरेक कुरामा कर माग्छ तर त्यसबापत जनताले पाउनुपर्ने न्यूनतम सुविधाहरूको प्रत्याभूति गर्दैन । ठेकेदारहरू ठेक्का लिन्छन्, भ्रष्टाचार गर्छन् तर काम गर्दैनन् । नेताहरूको आड जो छ तिनीहरूलाई ।

विकासका नाममा सम्पदाहरू मिसिँदै छन् । सम्पदा र संस्कृतिमाथि अतिक्रमण हुने कानुन बनाइएको छ । आधुनिकताका नाममा मौलिकता नासिने विकासले हाम्रो पहिचान नै गुम्ने खतरा बढेको छ । किसानले आफ्नो मिहिनेत, पसिनाको कमाइ नपाउँदा पनि सरकार मिल मालिकहरूलाई कारबाही गर्न आलटाल गर्छ । किसान आन्दोलित हुनुपर्छ । मिल मालिकहरूसँग कमिसन जो खाएका छन् । के दियो संघीयताले, दलका नेता–कार्यकर्ताका लागि खानेबाटोसिवाय ? खोइ विकेन्द्रीकरण ? किन सहरप्रतिको मोह घट्न सकेको छैन ? किन युवा बिदेसिइरहेका छन् अझै, दैनिक हजारौंको संख्यामा ? किन सहरका सडकमा फुटपाथ व्यापारी दिनदिनै बढ्दै छन् ? भएका दुई–चार ठूला उद्योग पनि नामेट हुने गरी बेच्नेबाहेक, के दियो यो लोकतन्त्रले ?

सहरसँग प्रश्नहरूको पुलिन्दा ठूलो छ । असन्तुष्टिको आयतन दिनानुदिन बढ्दो छ । तर ती सब असन्तुष्टिको जवाफ खोज्न पनि त गर्नुपर्ने भनेकै विरोध होइन र ? संविधानको पूरै पाना पल्टिन पनि नभ्याईकन भएको संविधानको उल्लंघनमा सचेत नागरिक स्तरबाट गरिनुपर्ने त विरोध नै त हो । नागरिकले राज्यप्रति असन्तुष्टि पोख्ने माध्यम भनेकै जुलुस र आन्दोलन हो । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै वाक्–स्वतन्त्रता हो । जहाँ हामी प्रश्न गर्न पाउँछौं, विरोध गर्न पाउँछौं । जब प्रश्न गर्न बन्देज हुन्छ, जब विरोधका आवाज दबाइन्छ तब तानाशाहको जन्म हुन्छ । तानाशाहको जन्मले देश र समाजलाई कता लैजान्छ त्यसका थुप्रै उदाहरण इतिहास पढे थाहा पाइन्छ । विरोध नगरिएको भए गुठी विधेयकमा लालमोहर लागिसक्ने थियो । विरोध नगरिएको भए रानीपोखरीले वर्तमान रूप कहिल्यै पाउने थिएन । विरोध र आवाज नउठाएको भए सायद राणाशासन ढल्ने थिएन ।

त्यसैले सहरमा फेरि एकपटक नागरिक अगुवाहरू जुलुसमा छन् । कहिले बालुवाटार, कहिले टेकु, कहिले सिफल, कहिले शोभाभगवती, कहिले पानीपोखरी । नागरिक अगुवाहरूको जुलुस व्यक्तिविशेषमाथि लक्षित हैन, व्यवस्थामाथि भएको, संविधानमाथि भएको कूका विरुद्ध छ । लोकतन्त्रमा कानुन जनपक्षीय हुनुपर्छ । तर वर्तमान सरकार ऐन–कानुन आफूअनुकूल बनाएर, सबै संवैधानिक निकायमा गैरसंवैधानिक प्रक्रियाबाट आफ्ना मान्छे भर्ती गरेर एकाधिकारवादी र तानाशाह बन्ने पथमा छ । विरोध त्यसैले गरिरहेका छन्, नागरिक अगुवाहरू ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here