Home News लाहुरे राहुल र लाहुरेनी स्मिताको बन्यो पहिलो गीत | मन परे सेयर...

लाहुरे राहुल र लाहुरेनी स्मिताको बन्यो पहिलो गीत | मन परे सेयर गर्दिनु होला CHOKHO MAYA |Smita Lama

943
0

लाहुरे राहुल र लाहुरेनी स्मिताको बन्यो पहिलो गीत | मन परे सेयर गर्दिनु होला CHOKHO MAYA |Smita Lama




अर्को समचार पनि पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक मुलुक कतारले आगामी मार्चदेखि श्रमिकको न्यूनतम तलब अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु स्वागतयोग्य छ । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल अर्थात् झन्डै ३२ हजार नेपाली रुपैयाँ दिनुपर्नेछ ।



यस्तै, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल प्रदान गर्नुपर्नेछ । अतिरिक्त समयबापतको रकम अलग्गै हुनेछ । अहिले ९ सय रियाल दिने भनेर लगिएका अधिकांश श्रमिकले ७५० रियालमा काम गर्नुपरिरहेको परिस्थितिमा नयाँ तलबमानले नेपाली कामदारहरू राम्रै लाभान्वित हुनेछन् । कतार सरकारले नै अनिवार्य भनेकाले यो व्यवस्था कार्यान्वयनमा आउने विश्वास गर्न सकिन्छ । तथापि केही रोजगारदाताले निर्णय पालनामा आनाकानी गरे भने उजुरी प्रक्रियामा सहजीकरण गर्नेलगायतका कामदारका हकहितसित जोडिएका अरू पाटोबारे नेपाल सरकार र दोहास्थित नेपाली दूतावासले कूटनीतिक ‘लबिइङ’ जारी राख्नुपर्छ ।

यो तलबमान तल्लो तहका श्रमिकका लागि हो । घरेलु कामदारका हकमा पनि यही नियम लागू हुनेछ । दक्ष तथा सीप भएका कामदारको तलब–सुविधा भने बढी नै हुन्छ, जुन रोजगारदाता कम्पनीसितको सम्झौतामा भर पर्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका अनुसार अब रोजगारदाताले तलब पनि अनिबार्य रूपमा बैंकमार्फत दिनुपर्नेछ ।

कतार सरकारले तलब कार्यान्वयन गर्न नेपाली समुदायको पनि विशेष भूमिका हुन्छ भनेको छ, यसको अर्थ दोहास्थित नेपाली दूतावासले बुझ्नुपर्छ र तदनुरूप परिचालित हुनुपर्छ । तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र बनाएको छ ।

कामदारहरूले सीधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराउन सक्नेछन् । यसका अतिरिक्त, मोबाइल फोनमा ‘अमेर्नी’ नामक एप राखेर त्यसका माध्यमबाट उजुरी दिन पनि सक्नेछन् । उक्त एप नेपाली भाषामा पनि उपलब्ध भएकाले यहाँबाट गएका कामदारलाई सजिलो हुनेछ । त्यसको प्रयोगबारे नेपाली दूतावास तथा त्यहाँस्थित नेपाली समुदायका संघ–संगठनहरूले कामदारहरूलाई प्रशिक्षित गर्नुपर्छ । र, भोलिका दिनमा तोकिएको तलब नपाएमा उजुरी गर्न प्रेरित गर्ने मात्र होइन, सघाउनु पनि पर्छ । दूतावासले कामदारहरूलाई त्यहाँको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बरबारे पनि सुसूचित गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here