Home News गोरखपुर माथि नेपालको दाबि। इन्डियन प्रतिक्रिया?| बार्ता बाट नभए UN जाने |परि...

गोरखपुर माथि नेपालको दाबि। इन्डियन प्रतिक्रिया?| बार्ता बाट नभए UN जाने |परि आए यु*द्ध |अब के हुन्छ ?

277
0

गोरखपुर माथि नेपालको दाबि। इन्डियन प्रतिक्रिया?| बार्ता बाट नभए UN जाने |परि आए यु*द्ध |अब के हुन्छ ?




याे समचार पनि पढ्नुहोस्

देशको शान्ति–सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले धम्की दिएका थिए, ‘मांसाहारीहरूलाई चिडियाखानामा बन्द गर्छु ।’ नेपाली राजनीतिक रङ्गमञ्चमा अहिले गजब–गजबका दृश्य देख्न पाइएको छ । एउटै नाम गरेका दुइटा समूहले मुलुकका ठूला सहरहरूमा दिनदिनैजस्तो नारा–जुलुस गरिरहेका छन् ।



चर्का–चर्का अराजनीतिक र असभ्य भाषणहरूले ध्वनि प्रदूषण बढाइरहेका छन् । प्रदूषण शब्द नमीठो सुनिए पनि यथार्थ यही हो ।

एउटै चुनावचिह्न लिएर जनतामा भोट माग्दा ‘स्थिर सरकार दिन्छौं, सुखी नेपाली समृद्ध नेपाल बनाउँछौं’ भनेकाहरूले झन्डै दुईतिहाइको सरकार बनाए, पार्टी एकता गरे र अहिले दुई समूह भएपछि एकले अर्कालाई न्वारनदेखिको बल लगाएर गालीगलौज गरिरहेका छन् । कसले बढी ‘जनता’ सडकमा ल्याउने र अर्को पक्षका विरुद्ध शब्दकोशमै नभएका विद्रूप शब्दबाण प्रहार गर्ने भन्नेमा दुईपक्षीय प्रतिस्पर्धा भैराखेको छ । नेता–कार्यकर्ता आफूतिर तान्न उनीहरूले पैसा, पद र ‘पावर’ को भरपूर प्रयोग गरेका छन् ।

संसदीय व्यवस्थाको स्थायित्वका लागि कहिल्यै आमहडताल नगर्ने घोषणा गरेकाहरूले नेपाल बन्द आयोजना गरेका छन् । कोभन्दाको कम भनेजस्तै एउटा समूहले जस्तो गर्‍यो, अर्को समूहले पनि त्यस्तै गर्दै आएको छ । संवैधानिक आयोगहरूको नियुक्तिलाई लिएर प्रचण्ड–माधव समूहले २२ गते नेपाल बन्द गर्‍यो भने भोलिपल्ट प्रधानमन्त्रीले नारायणहिटी–सभाबाट फागुन १ गते बुटवलमा बृहत् सभा गर्ने घोषणा गरे ।

२०७५ जेठ ३ गते दुई पार्टीबीच एकता भएपछि लगभग एक वर्ष प्रचण्ड र केपीका बीचमा खासै अन्तरविरोध देखिएको थिएन । उनीहरूको अन्तरविरोधले त्यस बेला विस्फोटक रूप लिन थाल्यो जब भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलले कात्तिक ५ मा आकस्मिक रूपमा काठमाडौं भ्रमण गरे । लामो समयसम्म नेपाल र भारतका बीचमा भएको आउजाउ बन्दलाई गोयलले उद्घाटन गरिदिएपछि केही समय भारतीय पदाधिकारीहरूको लर्कोजस्तै लाग्यो । अहिलेसम्म गोयल किन आएका थिए भन्ने कुरा गर्भमै रहेको छ । भारतीय प्राध्यापक एसडी मुनिले नोभेम्बरमा दिएको एउटा अन्तर्वार्तामा ‘गोयलदेखि भारतीय विदेशसचिव हर्षवर्द्धन शृंगलासम्म आइपुग्दा ओली

सरकार र भारतका बीचमा विकास साझेदारी/सहयोग, बलियो कनेक्टिभिटी नेटवर्क, भौतिक संरचना र आर्थिक परियोजना र नेपाली युवाहरूलाई भारतमा शिक्षामा सहज अवसर दिने कुरा भएको’ जनाएका छन् । तर, यी कुराहरूलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । भारतले पछिल्लो क्रममा नेपाललाई आफ्नो सिकन्जामा कसिराख्न अपनाएको चारखम्बे नीतिको असर भने देखिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता गर्दा जे–जस्ता सहमति भए पनि समयक्रममा दाहाल–नेपाल र ओलीबीचको सम्बन्धमा तुसारोको आयतन बढ्दै गयो । र, त्यसको उत्कर्ष पुस ५ गतेको संसद् विघटनमा अभिव्यक्त भयो । नेपालको संसदीय राजनीतिमा यस घटनालाई लिएर तीव्र प्रतिक्रियाहरू आइरहेका छन् । दिनदिनै सडक आन्दोलन, सभा–जुलुस, जिन्दावाद–मुर्दावाद र गालीगलौजका दृश्यहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । यति मात्र नभएर, नेपाली शब्दभण्डारमा पनि नयाँ–नयाँ शब्दहरू भरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here