Home News नेपाली युवा युवतीको चमत्कार नेपालमै बनाए रकेट – अन्तर्वातामै भाबुक पाएन्न सहयोग...

नेपाली युवा युवतीको चमत्कार नेपालमै बनाए रकेट – अन्तर्वातामै भाबुक पाएन्न सहयोग सबै जादैछ्न अमेरिका

333
0

नेपाली युवा युवतीको चमत्कार नेपालमै बनाए रकेट – अन्तर्वातामै भाबुक पाएन्न सहयोग सबै जादैछ्न अमेरिका




याे समचार पनि पढ्नुहोस्

कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा विघटनको कदमलाई अदालतले सदर गरे पनि वैशाखमा निर्वाचन हुनेमा विश्वस्त छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने परिस्थिति निर्माण गरेर संविधानलाई असफल बनाउन खोजिएको त होइन भन्ने सन्देह उनीहरूमा छ ।

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय पनि कांग्रेस र जसपाले त्यसलाई स्वीकार र इन्कार दुवै गर्न सकेका छैनन् । उनीहरू अदालतको निर्णयको पर्खाइमा छन् ।
प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा कांग्रेस नेताहरूको एउटै धारणा बन्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरू दुवै विकल्पले असंवैधानिक कदम सच्चिन सक्ने तर्क गर्दै अदालतको निर्णयको पर्खाइमा छन् ।

दुवै विकल्प भनिए पनि संस्थापन पक्षको झुकाव बढी निर्वाचनतिरै छ । पार्टीको संस्थापनइतर खेमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा अडिग छ । पुनःस्थापनाले मात्रै असंवैधानिक कदम सच्चिन सक्ने दृष्टिकोण वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनीहरूको समूहका नेताहरूले राख्दै आएका छन् । अदालतले विघटनलाई सदर गर्‍यो भने निर्वाचनमै जाने मनस्थितिमा यो पक्ष पनि छ । तर नेकपामा वैधानिकता कुन पक्षले पाउने भन्ने प्रश्न जटिल बन्दै गएकाले पनि वैशाखमा निर्वाचन हुनेमा दुवै पक्षलाई शंका छ ।

कांग्रेस नेता एनपी सावदले अदालतको निर्णय पार्टीका सबै नेताले स्वीकार गर्ने बताए । उनले निर्वाचन आयोगले एकै चरणमा चुनाव गराउन सक्षम रहेको जनाइरहेका बेला दुई चरणमा घोषणा गर्नुले भने आशंका जन्माएको बताए । कांग्रेस पुनःस्थापना र निर्वाचन दुवै मुद्दामा सशक्त देखिन नसके पनि अदालतले प्रधानमन्त्रीको निर्णयलाई सदर गरे वैशाखमै निर्वाचन गराउनका लागि सशक्त दबाब दिने रणनीतिमा देखिएको छ ।

जसपाभित्र पनि कांग्रेसकै जस्तो लाइन देखिन थालेको छ । पार्टी केन्द्रीय कार्यकारिणी समितिले भने असंवैधानिक कदम सच्याउन प्रतिनिधिसभाको पुनःस्थापनालाई मुख्य विकल्प मानेको छ । उसले अन्य दलभन्दा एक कदम अघि बढ्दै प्रतिनिधिसभा विघटनलाई समेत स्वीकार गरेको छैन ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीभित्र दुई धार नरहेको दाबी गरे । ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम सच्याउनुपर्छ । त्यो भनेको पुनःस्थापना नै हो,’ उनले भने, ‘हामीले निर्वाचनको कुरै गरेका छैनौं ।’ अदालतले विघटनलाई सदर गरे जाने कि नजाने भन्नेमा भने जसपाभित्र मतान्तर देखिन्छ । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारीलगायत पूर्वराजपा नेताले त्यस्तो निर्णय अदालतले गरे निर्वाचनका लागि समेत तयारी गर्नुपर्ने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here