Home News सर्वोच्चमा चीनको स्विकार |नेपालको सिमाना उत्तर तर्फ बिस्तार |नक्साको आकार बढ्यो| Humla...

सर्वोच्चमा चीनको स्विकार |नेपालको सिमाना उत्तर तर्फ बिस्तार |नक्साको आकार बढ्यो| Humla Border Report

323
0

सर्वोच्चमा चीनको स्विकार |नेपालको सिमाना उत्तर तर्फ बिस्तार |नक्साको आकार बढ्यो| Humla Border


याे समचार पनि पढ्नुहोस्
प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभामा अध्यक्ष दाहालले न्यायाधीशहरूले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । ‘मलाई लाग्छ, लाखौं जनताको यो उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि आज राम्ररी देख्नुभएको छ,’ उनले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु, संविधानको अक्षर, भावना र मर्मविपरीत नेपाली जनताको चाहना र आकांक्षाविपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ, त्यो नेपाली जनतालाई सह्य हुनेछैन, नेपाली जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? प्रत्येकले विचार गर्न जरुरी छ ।’

दाहालले अहिले आफूहरू शान्तिपूर्ण राजनीतिमा रहेको उल्लेख गर्दै बुधबारको सभाको उपस्थितिले अदालतलाई फैसला गर्न सजिलो हुन सक्ने बताए । ‘आजको यो उपस्थितिले संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न सम्मानित अदालतलाई सजिलो भएको छ भन्ने म ठान्छु । त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,’ उनले भने, ‘हामीले हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो ? तपार्इं लाखौं जनता हुनुहुन्छ, ग्रिन रिभोलुसन हुन्छ, नेपालमा शान्तिपूर्ण क्रान्ति हुन्छ ।’

उनले संवैधानिक निकायले ओलीले सनकका भरमा गरेको लोकतन्त्रविरोधी निर्णयको पक्षमा डराएर फैसला गर्ला भन्ने आफूले नपत्याएको बताए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जान गरेको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । महिना दिनभन्दा लामो समयदेखि चलिरहेको बहस छिटो टुंगो लगाउनुपर्ने स्वयं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि भनाइ छ । सर्वोच्चबाट फैसला नआउँदा अलमल्लमा परेको राजनीतिले लय समात्न सकेको छैन ।

खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह

प्रधानमन्त्री ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर नेकपाको पहिलो अध्यक्ष आफू रहेको दाबी गर्दै निर्वाचन अवधिमा पार्टीको विवादमा आयोग छिर्न नहुने बताएका थिए । आयोगसम्बद्ध स्रोतहरूका अनुसार आयोगले पार्टीको नाम, झन्डा र चुनावचिह्न ओली पक्षलाई दिन सकिने अवस्था नआउँदा त्यसलाई ‘फ्रिज’ गरेर जान सकिने विकल्पमा पनि छलफल चलाइरहेको छ ।

यसो हुँदा प्रधानमन्त्रीले दर्ता भइसकेको एमाले र उदाउँदो सूर्य चिह्न लिएर चुनावमा जाने र अर्को पक्ष पार्टीविहीन हुने अवस्था आउन सक्छ । नेकपाको विवाद ओलीले अध्यादेश ल्याएपछि नियुक्त गरेका निर्वाचन आयुक्तले नै हेर्न थालेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा सशंकित छन् । दाहालले त्यही आशंकाका अभिव्यक्ति सभामा राखे, ‘ओलीको ठगीधन्दाको पछि लागेर खुट्टा नकमाऊ, निर्वाचन आयोग ।’

राज्यका संवैधानिक निकायहरूप्रति आक्रोशित देखिएका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आयोगलाई धम्की दिएको बताए । ‘मैले आज मात्रै सुनें, निर्वाचन आयोगमा हिजो गएर खबरदार तिमीहरू… यो विवादको ३० दिन कट्यो भनेछन् । यस्तो काइते कुरा गर्ने केपीले आयोगलाई धम्क्याएछन्,’ दाहाल केहीबेर अकमकिए, ‘निर्वाचन आयोग फेरि… आयोगका कोही कोही मान्छे

फेरि… के हो के हो ? अलि बढी नभनौं, भनेपछि फेरि बिग्रिने हो कि ?’ एकछिन रोकिएपछि उनले थपे, ‘तर लक्षण निर्वाचन आयोगले गतिलो देखाएको छैन है… ७० प्रतिशत एकातिर हुँदाहुँदै, हामीले सुरु मै गएर भनेको हो नि हामी हो है केन्द्रीय समिति, हामी हो पार्टी भनेर हामी जाँदा १० दिन पनि पुगेको थिएन । अनि त्यसलाई हिसाब नगर्ने, केपी ओलीले गएर धम्क्याउनेबित्तिकै हिसाब गर्नुभयो भने तपार्इंहरूको खुट्टी पनि देख्छ नेपालले ।’

कांग्रेस र जसपासँग संयुक्त आन्दोलनको प्रस्ताव

गत पुस ७ गते कांग्रेस पार्टी कार्यालय सानेपा बसेको सर्वदलीय बैठकमा ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे छलफल सुरु भएको थियो । कांग्रेसले रुचि नदेखाएपछि अहिलेसम्म संयुक्त आन्दोलन हुने/नहुने ठेगान छैन । पछिल्लो समय आन्दोलन कि चुनाव भन्नेमा जनता समाजवादी पार्टीको एउटा पंक्ति पनि अलमलमा देखिन्छ । दुई पार्टीको यही अलमल चिर्ने प्रयत्नस्वरूप दाहालले सभाबाट उनीहरूलाई आन्दोलनको संयुक्त मोर्चाबन्दीका लागि आह्वान गरेका छन् । ‘लोकतान्त्रिक आन्दोलनको छवि बनाएको कांग्रेस र संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको छवि बनाएको जसपा कुनै भ्रममा पर्न आवश्यक छैन, शान्ति सम्झौतामा हस्ताक्षर सात दलको तर्फबाट गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो ।

यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने कामको नेतृत्व पनि प्रधानमन्त्रीका रूपमा गिरिजा कोइरालाले गर्नुभएको हो । नेपाली कांग्रेसका सबै नेता–कार्यकर्ताले सम्झिनुभएको होला नि यो कुरा,’ उनले भने, ‘यही संविधान प्रधानमन्त्रीलाई विशेष अधिकार दिनुहुन्न भनेर बनाउँदा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । तपाईंहरूले चलाखीका साथ भन्नुभएको थियो संविधानका पिता भनेर, अहिले गिरिजाबाबु पनि हुनुहुन्न, सुशील कोइराला पनि हुनुहुन्न । अहिले शेरबहादुर (देउवा) जी हुनुहुन्छ । अहिले घात हुँदाखेरि त्यो लोकतान्त्रिक पार्टीले संयुक्त आन्दोलन गर्ने र लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने यो अवसर हो, गुम्न नदिनुस्, हामी हातेमालो गर्न तयार छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here