Home News बाघको मुखबाट ब*चेकी आमा यस्तो अवस्थामा भेटिइन। बाघले यसरी झम्तेको रहेछ

बाघको मुखबाट ब*चेकी आमा यस्तो अवस्थामा भेटिइन। बाघले यसरी झम्तेको रहेछ

147
0

बाघको मुखबाट बचेकी आमा यस्तो अवस्थामा भेटिइन। बाघले यसरी झम्तेको रहेछ। Dang News

याे समचार पनि पढ्नुहोस्
नेपालमा राजनीतिक तरलता देखा परेको छ। प्रधानमन्त्री ओलीले संवैधानिक मर्यादा भंग गरेर अलोकतान्त्रिक कदम चालेपछि विभिन्न राजनीतिक दल, कानुनविद् र नागरिक अभियन्ता यो गैरसंवैधानिक कदमविरुद्ध सडकमा उत्रिएका छन्। संसद् पुनस्र्थापना र विघटनका विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीले संविधानविपरीत निरंकुश शैलीबाट संसद् विघटन गरेको घटनालाई लिएर सर्वोच्च अदालतमा दर्जनौं रिट निवेदन परेका छन्।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मध्यावधि निर्वाचन मिति पनि आगामी २०७८ वैशाख १७ र २७ गते तोकिएको छ। निर्वाचन आयोग निर्वाचन प्रक्रियातिर क्रियाशील भइसकेको छ। नेकपा प्रचण्ड–माधव समूह, जसपा र नेपाली कांग्रेस आआफ्नै समूह लिएर संसद् पुनस्र्थापनाको माग गरिरहेका छन्। सडक तात्ने क्रम जारी छ। राजावादीहरू प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमप्रति भित्रभित्रै लड्डु फुटाइरहेका छन्। यो घटनाप्रति अन्तर्राष्ट्रिय जगत् मौन छ। कथित बुद्धिजीवीहरूको राजनीतिक पूर्वानुमान र विश्लेषणले भरपर्दो निष्कर्ष निकाल्न सकेको देखिँदैन।

नेकपाको आन्तरिक जीवनमा मौलाएको चरम गुटबन्दी र सहकर्मी नेताहरूको अवरोधका कारण यस्तो स्थिति उत्पन्न भएको हो भन्ने प्रधानमन्त्रीको कथन कति ठीक र कति बेठीक थियो, आगामी दिनले नै तय गर्ला। तथापि संसद्मा सुविधाजनक मत पाएका प्रधानमन्त्रीले जनादेश र संविधानबमोजिम पाँच वर्षसम्म सरकार चलाउन नसक्नु उनकै अकर्मण्यता हो भन्नुबाहेक अर्को कुनै मान्यता अगाडि सार्न सकिन्न।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार तीन वर्ष पुग्दानपुग्दा ओरालो लागेको छ। प्रचण्ड माधव समूहको गुटउपगुट र टकरावका कारण सरकार चलाउन नपाएको गुनासोलाई हवाला दिएर प्रधानमन्त्री ओलीले संसद् विघटनको घोषणा गरेका छन् र देशलाई मध्यावधि निर्वाचनतिर धकेलेका छन्। यस्तो स्थितिमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कांग्रेसलाई ‘अवसर र चुनौती’ दुवै देखा परेको छ।

डेढ वर्षपछि आवधिक निर्वाचन हुने निश्चितै थियो। प्रचण्ड–माधव समूह र केपी ओली समूहबीच भित्रभित्रै गुम्सिरहेको आन्तरिक खिचातानी, दम्भ र अहंकारको कोकोहोलोले मध्यावधिलाई निर्धारित समयअघि नै निम्त्याएको हुँदा नेपाली लोकतन्त्रको जननी कांग्रेसले यस घटनालाई जिम्मेवारीपूर्वक ग्रहण गर्नैपर्छ।

संसद् विघटनको मुद्दा सदर वा पुनस्र्थापनामाथि बहस छलफल र फैसला गर्ने, सर्वोच्च अधिकारी न्यायालय नै हो। सर्वोच्च अदालतले गरेका निर्णयलाई सबैले स्वीकार गर्नैपर्ने हुन्छ। यस्तो स्थितिमा कांग्रेसको भूमिका महत्त्वपूर्ण हुने हुँदा ‘अवसर र चुनौती’ दुवैलाई कबुल गर्नैपर्छ। ओलीको संसद् विघटनको कदम अलोकतान्त्रिक र विधिसंगत नभएकाले कांग्रेसले त्यसउपर विरोध र भत्र्सना गर्नैपर्ने हुन्छ, गरिरहेको छ पनि। तथापि मध्यावधि निर्वाचन गर्नैपर्ने स्थितिसमेत देखा पर्‍यो भने कांग्रेसले सहर्ष त्यसलाई स्वीकार गर्नैपर्छ, गरिरहेको छ पनि। यी दुवै परिघटनालाई नजिकबाट नियालिरहेको कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने सन्दर्भमा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सौन्दर्य निर्वाचनलाई अंगीकार गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here