Home News वडा अध्यक्ष प*क्राउ | के प्रे’मिकालाई मा*रेकै हुन् त ? यस्तो छ...

वडा अध्यक्ष प*क्राउ | के प्रे’मिकालाई मा*रेकै हुन् त ? यस्तो छ घट’नाको वास्तविकता हेर्नुहोस् Kailai News

227
0

कैलालीमा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । २२ वर्षीया प्रेमिका सञ्‍जिता चौधरी वडाध्यक्षको कोठामा मृत फेला परेपछि सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । युवती चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा मृत फेला परेकी थिइन् ।

कोठाको बाहिरबाट ताल्चा लगाइएको थियो । वडाध्यक्ष र युवतीबीच प्रेम सम्बन्ध रहेको मृतकका आफन्तले बताएका छन् भने वडाध्यक्ष चौधरीले भने केही समयअगाडि अर्की युवतीसंग विवाह गरेका थिए । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको जानकारी दिए । १० वर्ष देखि चौधरीसंग प्रेममा रहेका वडाध्यक्षले हालै अर्की युवतीसंग विवाह गरेको खुलेको छ । उनी श्रीमती सहित सम्पर्क विहिन भएका हुन् ।

चौधरी पा सो लगाएको अवस्थामा वडाध्यक्षको कोठामा फेला परेकी हुन् । तर घटनाको प्रकृति हेर्दा देह त्याग गरेको जस्तो नदेखिएको प्रहरीले जनाएको छ । युवतीको खुट्टाले भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएइएको अवस्थामा देखिएको छ । उक्त वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोनाका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here