Home News भर्खरै आयो निक्कै ठु’लो दुखद् खबर, नेपाली सुर*क्षाकर्मीमाथि भयं’कर आक्र’मण, सीमा क्षेत्र...

भर्खरै आयो निक्कै ठु’लो दुखद् खबर, नेपाली सुर*क्षाकर्मीमाथि भयं’कर आक्र’मण, सीमा क्षेत्र तना’वग्रस्त

184
0

जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपलाडी बिसनपुरस्थित ओरिया खोलाबाट भारतीयहरूले अवैध तरिकाबाट बालुवा निकाल्ने कार्यलाई रोक्न खोज्दा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर घाइते भएका ५ जना सशस्त्र प्रहरी जवानमध्ये २ जनालाई गम्भीर चोटपटक लागेको छ भने तीन जनालाई सामान्य चोटपटक लागेको छ ।

चलचित्रका सो जस्तै दिनमा तीन पटक मात्रै ढोका खोल्ने पुल पश्चिम नेपालको समृद्धिको बाधक थियो। तर नेपाल सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण गरिरहेको छ। करिब तीन अर्बको लगानीमा २०७४ सालदेखि निर्माण सुरु भएको चार लेनको पक्की पुलको निर्माण ७० प्रतिशतभन्दा बढी भइसकेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधारा र चाँदनी अथवा अहिलेको महाकाली नगरपालिकामा चार लेनको पुल बन्न थालेको हो। सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धि हुने अपेक्षा गरिएको छ।

महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीवासीलाई समेत यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ। भारतका प्रमुख व्यापारिक सहरहरू यहाँबाट छोटो दूरीमा पर्छन्। भारतको राजधानी दिल्ली त्यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ। अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट नजिक छन्।

कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा बन्न लागेको पुल महत्वका साथ हेरिएको छ। हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन्। सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here