Home News Exclusive रबिना बसेलको बुवा पहिलोपटक मिडियामा,छोरी भन्दा बुवाआमा झन तगडा गाउन, Rabina...

Exclusive रबिना बसेलको बुवा पहिलोपटक मिडियामा,छोरी भन्दा बुवाआमा झन तगडा गाउन, Rabina basel family

269
0

Exclusive रबिना बसेलको बुवा पहिलोपटक मिडियामा,छोरी भन्दा बुवाआमा झन तगडा गाउन, Rabina basel family

याे समचार पनि पढ्नुहोस्
मुम्बई मायानगरीका कथा मायावी नै थिए । प्रतिस्पर्धी धेरै थिए । काम सीमित थियो । त्यहाँ मन्दिर, चर्चदेखि मस्जिदसम्म थिए तर श्रद्धालुका सपना विपनामा अनूदित हुन चुक्थे । मलाई लाग्थ्यो, भगवान् पनि माग्ने मान्छेहरूको ट्राफिक समस्यामा फसेको हुनुपर्छ, अन्यथा सबैका हात खाली किन थिए ? एकाधका सपना पूरा हुन हजारका सपना निमोठिनुपर्थ्यो । एउटा परिवार खुसी हुँदा धेरै परिवारमा सपना टुटेको पीडा बर्बराउँथ्यो ।

तर, मुम्बई नगरीको कोलाहलमा पीडाका आवाज सुन्ने कसले ? एउटै घरभित्र रहेका अर्को कोठाका मान्छेको दिनचर्याबाट अपरिचित अर्को एक कोठामा चियाउँदा लाग्थ्यो, त्यो अर्कै टापुमा बसोबास गरिरहेको आदिवासी हो । हामी उसको भाषा बुझ्दैनौँ वा उसको दुःख–पीडासँग हाम्रो कुनै साइनो छैनजस्तो व्यवहार हुन्थ्यो । मेरो अनुभवले भन्छ— संसारका सबै सहरको नियति यही हो कि ! जहाँजहाँ म गएँ, सहरहरू त्यस्तै देखेको छु ।

मेरो कलाकारिता–यात्रा निर्देशनबाट सुरु भयो । सहायक निर्देशकका रूपमा थुप्रै सिनेमामा काम गर्ने अवसर पाएँ । मेरो आम्दानीको अचुक बाटो भने स्टन्ट पेसा नै थियो । रिस्क पनि धेरै हुने, पैसा पनि धेरै हात लाग्ने ! मेरो संघर्ष भनेकै खतरासँग जुध्नुभयो । पहिलेपहिलेको डरपोक केटो म ! पछिपछि त स्टन्ट एउटा आदत बन्न थालिसकेको थियो । स्टन्टको गतिलो सिन गर्न नपाएपछि खालीपना महसुस हुन थाल्थ्यो । भनौं एकखाले नसा बसिसकेको थियो— खतरासँग खेल्ने, मृत्युसँग पौंठेजोरी खेल्ने !

मान्छेहरू कुस्ती वा बक्सिङमा हुटिङ गर्छन् । तर, खतराको सम्भावनालाई हेर्ने हो भने स्टन्टभन्दा अर्को कुनै पेसा छैन । उनान्सय प्रतिशत रिस्कमा रहेर खतरा मोल्नु भनेको चानचुने कुरो होइन, तर म त्यो गर्दै आएँ र अभ्यस्त रहँदै आएँ । अध्ययन गरेको विषय निर्देशन तर काम पर्‍यो स्टन्टको ! ब्रुस ली, ज्याकी च्यानदेखि कैयौं एक्सनका प्रतिमूर्ति मेरा मानक थिए । ती सबैको शैली मभित्र जीवित थियो । र, त म खतरा मोल्न पछि पर्दैनथेँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here