Home News १७ दिन देखि हराई रहेका २ श्री*मतीका श्री*मान हेमराज किरै कि*रा परेको...

१७ दिन देखि हराई रहेका २ श्री*मतीका श्री*मान हेमराज किरै कि*रा परेको अवस्थामा जंग*लमा भेटीए

424
0

१७ दिन देखि हराई रहेका २ श्री*मतीका श्री*मान हेमराज किरै कि*रा परेको अवस्थामा जंग*लमा भेटीए | Dang News


याे समचार पनि पढ्नुहोस्

नेपालको कर्मचारीतन्त्र हदैसम्म स्त्रीद्वेषी छ भन्ने अर्को दृष्टान्त हो– ४० वर्षभन्दा कम उमेरका महिलालाई विदेश जान पालिकाको सिफारिस चाहिने गरी अध्यागमन विभागले तयार पारेको कार्यविधि–मस्यौदा । प्रथम दृष्टिमै खारेजयोग्य यो प्रस्ताव लैंगिक विभेदको पराकाष्ठा हो ।

एक्काइसौं शताब्दीले दुई दशक फटाइसक्दा पनि सरकारी अधिकारीहरूको महिलालाई हेर्ने पूर्वाग्रही सोच यो हदसम्म मध्ययुगीन देखिनु निकै चिन्ताको विषय हो । यो प्रवृत्ति किन डरलाग्दो छ भने, मुलुकको नीति निर्माण तहमा रहेका एक–दुई जनामा देखिएको टीठलाग्दो व्यवहार मात्र होइन यो । राज्यकै नीतिका रूपमा अघि सार्न खोजिएको यो अति पुरातनपन्थी तथा घातक सोच वर्तमान समयको भयंकर विद्रूप चित्र नै हो ।

अध्यागमन विभागले अघिल्लो साता गृह मन्त्रालय पठाएको अध्यागमन कार्यविधि–२०६५ संशोधन मस्यौदामा पर्यटक भिसामा पहिलोपटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने ताजुबलाग्दो प्रावधान छ  । यद्यपि, यो प्रस्तावको चौतर्फी विरोध भएपछि अध्यागमन विभागले आफूलाई विवादमुक्त गर्ने चेष्टा गरेको छ । ‘उक्त विषय समाचारमा आएको जस्तो नभई …आन्तरिक छानबिन कार्यदलका सुझावहरूका रूपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रूपमा छलफलमा रहेको विषयबारे भ्रममा नपर्न’ विभागद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।

एक त, यो मामिला विज्ञप्तिमा दाबी गरिएजस्तो आन्तरिक छलफलमा मात्रै सीमित थिएन । विभागकै सूचना अधिकारीले कान्तिपुर टेलिभिजनसित ‘…जोखिम बढ्ने भएकाले परिवारको सहमति र स्थानीय वडाको सिफारिस ल्याउनुपर्छ भन्ने प्रावधान हामीले अहिले राख्या छौं’ भनेको भिडियो–भनाइ सार्वजनिकै छ । तसर्थ, क्षति नियन्त्रणका लागि मात्रै विभागले ‘छलफलमा रहेको’ भन्दै विज्ञप्ति जारी गरेको प्रस्टै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here