Home News कुलमान घिसिङले चलाए फेरि नयाँ अभियान सबैले बिजुलीमा खाना पकाउ ग्यासमा हैन||...

कुलमान घिसिङले चलाए फेरि नयाँ अभियान सबैले बिजुलीमा खाना पकाउ ग्यासमा हैन|| KULMAN GHISING

663
0

कुलमान घिसिङले चलाए फेरि नयाँ अभियान सबैले बिजुलीमा खाना पकाउ ग्यासमा हैन|| KULMAN GHISING

याे समचार पनि पढ्नुहोस्
एकातिर सरकारलाई आफ्ना जनताको बसोबासको जोहो गर्नुपर्ने दबाब थियो र त्यसका लागि ऋण लिएर भए पनि स्रोत जुटाउनुपर्ने थियो भने, अर्कातिर नागरिकहरू अरू लगानी गर्न सक्ने स्थितिमा थिएनन् । पर्यटकहरू आउन कम भएको थियो, आर्थिक चुनौतीले मान्छेहरूको खपत क्षमता घटेको थियो र अन्य पेसामा पनि धेरै खालका चुनौती सुरु भएका थिए ।

भूकम्प गएपछिको केही दिनमै राज्यको सबलता र दुर्बलता दुवै देखिएको थियो । सम्भवत: चोरी र अन्य अराजकताका घटना कम हुनु राज्य बलियो भएको प्रमाण थियो भने, बेलैमा मुलुकभित्रै अन्तर्राष्ट्रिय दाता भेला गर्नु र त्यसका लागि डकुमेन्टहरू तयार गर्न सक्नु पनि मुलुकको सबल पक्ष थियो । कमजोरी पनि थुप्रै भए । भूकम्पको सुरुका केही दिन सबैलाई ‘क्रुसल’ हुन्थ्यो । तर त्यही अवधिमा राज्यले राहत न्यायोचित रूपमा चाहिएका ठाउँमा पुर्‍याउन सकेको थिएन । पहाडमा धेरै ठाउँमा मुहानहरू हल्लिएकाले पानी धमिलिएको थियो । घरमा भएको अन्नमा घर भत्केर माटो, गिटी वा बालुवा मिसिएको हुन्थ्यो । भूकम्पपीडितहरू परकम्पका कारण चर्केका घरमा सुत्न सकेका थिएनन् भने, बाहिर सुत्न सबैलाई त्रिपाल वा अन्य आवश्यक सामग्री पुर्‍याउन नसकिएको अवस्था थियो ।

केहीअघि गोरखामा भेट भएका, सशस्त्र प्रहरी बलमा कार्यरत लोकेन्द्र श्रेष्ठले मलाई भूकम्पपछिको पहिलो एक हप्ताको अनुभव सुनाए । बार्पाकनजिकै एक गाउँका उनले भूकम्पमा आमालाई गुमाएका थिए । बिदा लिएर हतारहतार घर पुग्दा आमा मात्र नभई गाई–भैंसी पनि नरहेको पाए । भूकम्पको क्षतिले गर्दा गाउँ समथर भएको थियो, जमिन हल्लिरहेको थियो । दुई दिनसम्म उनीसहित गाउँलेले शव व्यवस्थापन गर्न पनि सकेनन् ।

राहतको खानेकुरा उनको गाउँमा दुई दिनपछि मात्र झरेको थियो । अर्कातिर, भूकम्पको केही दिनपछि दुर्गम छेकम्बारमा खाद्य पदार्थको राहत बोकेर गएका सेनाका जवानहरूले उक्त गाउँमा पुग्न नसकेपछि कागजमा ‘यो राहत यो गाउँलाई हो’ भनी लेखेर नजिकैको एक ठाउँमा हेलिकप्टरबाट झारेका थिए । गाउँलेहरूले धर्म नछोडी बाँडे होलान् भन्ने तिनले कामना गरेका थिए । पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए) का अनुसार, खोजी र उद्धारका लागि १३४ वटा विभिन्न समूहले ४,२३६ वटा हेलिकप्टर फ्लाइटमार्फत कुल ७,५५८ जनालाई उद्धार गरेका थिए ।

तर त्यसो गर्न ती मिसनहरूका लागि २२,५०० निजामती; ६५,०५९ सेना; ४१,७७६ नेपाल प्रहरी र २३,७७५ सशस्त्रका जनशक्तिको प्रयोग भएको थियो । अर्थात्, धेरैजसो उद्धार खाना र औषधि लैजान भएको थियो । भूकम्पकै बेला स्थानीय अस्पतालहरूलाई पनि समस्या परेको थियो । ४४६ वटा सरकारी र १६ वटा निजी स्वास्थ्य केन्द्रहरू (स्वास्थ्य चौकी, अस्पताललगायत सबै) भत्किएको अनुमान पीडीएनएले गरेको थियो । ७,००० विद्यालयमा भूकम्पको असर परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here