Home News ३ वर्षे कार्यकाल पुग्ने बित्तिकै प्रधानमन्त्री ओलीले गरे यति ठुलो घो*षणा, ओलीको...

३ वर्षे कार्यकाल पुग्ने बित्तिकै प्रधानमन्त्री ओलीले गरे यति ठुलो घो*षणा, ओलीको वि*रोध गर्नेहरु च*कित !

1437
0

उनले आफ्नै पार्टीभित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्‍याए । सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टीभित्रबाट असहयोग हुँदै आएको भन्दै उनले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गरे ।

उनले भने,“आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो । झण्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसद्मा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदूत नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन्, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो,सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफू हरदम सचेत रहेको, अनेकौं लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफू सफल हुन नसकेको उनले बताए । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुःख पूर्ण स्थितिमा सरकार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिँडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उनले उल्लेख गरे ।

संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उनले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै सम्भावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उनले प्रष्ट पारे ।

देश अस्थिरता र अस्थायीत्वतर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने सम्भावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उनले स्पष्ट पारे । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुँदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उनले स्पष्ट पारे । आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उनले राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here