Home News यी नै हुन् भा*गरथीको दो*षी ! “कुकुर आउने भएपछि गोठालो गएका दिनेश”...

यी नै हुन् भा*गरथीको दो*षी ! “कुकुर आउने भएपछि गोठालो गएका दिनेश” | १६ बर्षीय दिनेशको यस्तो बयान

303
0

भागरथी भट्टको करणी र ज्या न लि एको अभियोगमा पक्राउ परेका व्यक्ति नाबालिग रहेको पाइएको छ । पक्राउ परेका दिनेश भट्ट एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।

स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ । नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गर्ने तयारी गरेको छ ।

घटना भएको दिन (वारदात समय) माघ २१ गतेलाई आधार मान्दा दिनेश १६ वर्ष पुग्न २० दिन बाँकी रहेको देखिन्छ । अभियोग पुष्टि भएमा उनले पाउने सजायमा अब बालबालिका सम्बन्धी ऐन २०७५ समेत आकर्षित हुने भएको छ । सरकारी वकिलको कार्यालयका एक अधिकृतका अनुसार उमेर पूरा हुन केही घण्टा बाँकी रहँदा समेत बालबालिकासम्बन्धी ऐन आकर्षित भएको नजिर छ ।

याे समचार पनि पढ्नुहोस्
‘३ घण्टाले बालबालिका भएको एउटा मुद्दा छ । त्यहाँ कस्तो छ भने राति १२ बजे उमेर पुग्ने थियो, तर ८/९ बजे वारदात घट्यो । ३ घण्टाले गर्दा बालबालिकासम्बन्धी ऐन आकर्षित भयो र सुधार गृह पठाइयो,’ ती अधिकृतले भने ।

प्रधानाध्यापक भट्टले उपलब्ध गराएको जन्ममितिलाई आधार मान्ने हो भने यस प्रकरणमा बालबालिकासम्बन्धी ऐनको दफा ३६ उपदफा (३) आकर्षित हुने देखिन्छ । चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।

यदि १६ वर्ष पुगेको भए उपदफा (४) आकर्षित हुन्थ्यो । जसमा कुल सजायको ७५ प्रतिशत सजाय हुने उल्लेख छ । बालबालिकासम्बन्धी ऐन आकर्षित हुनेबित्तिकै सजाय भुक्तान बाल सुधारगृहमा नै गर्न पाइने छ । अन्य अ’प’रा’धी जसरी जेल सजाय दिइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here