Home News आफ्नै छो’रा छो’रीकै सम्मु श*रीर सु*म्पिन बा*ध्य यी महि*लाको कथा, धादिङ्गमा टिप्परमा...

आफ्नै छो’रा छो’रीकै सम्मु श*रीर सु*म्पिन बा*ध्य यी महि*लाको कथा, धादिङ्गमा टिप्परमा भयो यस्तो सम्म,

489
0

आफ्नै छो’रा छो’रीकै सम्मु श*रीर सु*म्पिन बा*ध्य यी महि*लाको कथा, धादिङ्गमा टिप्परमा भयो यस्तो सम्म

याे समचार पनि पढ्नुहोस्
क्युबामा चिकित्सक, इन्जिनियर र वैज्ञानिकहरूले भन्दा बढी ट्याक्सी ड्राइभर, वेटर र पर्यटक गाइडले कमाउँछन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्ला । तर, यथार्थ यही हो । कम्युनिस्ट शासन रहेको याे दक्षिण अमेरिकी देशमा अधिकांश क्षेत्र सरकारी लगानीमा सञ्चालित छन् । त्यसैले अनौपचारिक सेवामा काम गर्ने मजदुरहरूको आम्दानी बढी छ ।

आफ्नो समाजवादी नमुनालाई सुधार गर्नुपर्ने निष्कर्षमा तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले सन् २००७ मै आर्थिक उदारीकरणको नीति ल्याएका थिए । कोरोना महामारी र अमेरिकी नाकाबन्दीले आर्थिक अवस्था नाजुक बन्दै गएपछि त्यो नीति अहिले कार्यान्वयन गर्न खोजिँदै छ । सरकारी स्वामित्वका क्षेत्रमा निजीक्षेत्रलाई प्रवेश गराउन खोजिँदैछ । क्युबामा बिस्तारै पुँजीवादले पाइला टेक्दै छ ।

कारको बिक्रेता बन्न, किताब छाप्न, विदेशमा लगानी गर्न निजीक्षेत्रलाई निषेधित छ । हतियार उत्पादन, पर्यटन क्षेत्रमा पनि निजीक्षेत्रलाई स्वामित्व दिइँदैन । खाद्यक्षेत्रमा मात्र निजीक्षेत्रलाई प्राथमिकता छ । अधिकांश क्षेत्र क्युबामा अझै पनि सरकारी स्वामित्व र नियन्त्रणमै छन् ।

कम्युनिस्ट सरकार बिस्तारै निजीक्षेत्रप्रति उदार बन्न खोज्दै छ । योसँगै सरकारले लगानी गर्न प्रतिबन्ध गरेका क्षेत्रमा निजी लगानी प्रवेश गर्न खोज्दै छन् । क्युबामा निजी लगानी गर्न नपाइने १ सय २४ क्षेत्र छन् । शक्तिशाली मानिने उत्पादक क्षेत्रमा राज्यकै लगानी छ । शिक्षा, स्वास्थ्य र निर्माण जगत्‌मा सरकारले नै हात हालिरहेको क्युबा उदारीकरणतर्फ अघि बढ्दै छ । कोरोना महामारीपछि आर्थिक रूपमा थप आक्रान्त बनेको राष्ट्रलाई उद्धारका लागि उदार हुन लागेको सरकारी प्रतिक्रिया छ ।

सरकारले यो नीति अख्तियार गरेको अवस्थामा क्युबाको आर्थिक अवस्था आशाजनक रूपमा सुधार हुने अपेक्षा राखिएको छ । सरकारले निजीक्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानी गर्न दिने तयारी गरेको छ । तर, कति संख्यामा निजीक्षेत्रलाई उद्योगको जिम्मा दिने भन्ने विषयमा भने सरकार बोलेको छैन । सरकार बढी नै उदार हुनुपर्ने माग कतिपयको छ । ‘अधिकांश क्षेत्र आफ्नो स्वामित्वमा राखेको सरकार उदार हुन खोज्नु राम्रो कुरा हो, तर सरकार अझै उदार हुन जरुरी छ’, आर्किटेक्ट सिरार्दो गेलेनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here